IT EDUCATION NEPAL - कम्प्युटर शिक्षा सबैको लागि |


IT Education Nepal - कम्प्युटर शिक्षा सबैका लागि एक गैर-नाफामूलक, स्वयंसेवी संस्था हो, जसले विश्वभरिका विद्यार्थी, दाजुभाई तथा दिदीबहिनीहरूलाई स्थान, पृष्ठभूमि र परिस्थितिको कुनै बाधा नराखी स्तरीय, व्यवहारिक र जीवन उपयोगी कम्प्युटर शिक्षा निःशुल्क प्रदान गर्ने उद्देश्य बोकेको छ।
हामी सैद्धान्तिक ज्ञान र व्यवहारिक सीपबीचको दूरी घटाउँदै, विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक आईटी (IT) बजारमा आत्मनिर्भर र सक्षम बनाउने दिशामा अग्रसर छौं। हाम्रो उद्देश्य केवल शिक्षा प्रदान गर्नु मात्र नभई, सकारात्मक र सहयोगी सिकाइ वातावरणमार्फत विद्यार्थीहरूको व्यक्तिगत र व्यावसायिक क्षमता विकासलाई प्रवर्द्धन गर्नु हो। प्राविधिक शिक्षा र आत्मविकासको यात्रा हामीसँग सुरु गर्नुहोस्—संगै सिकौं, संगै बढौं!
Link:
Website: https://iteducationnepal.org/
LinkedIn:www.linkedin.com/in/iteducationnepal
Facebook: https://www.facebook.com/iteducationinnepal
Instagram: https://www.instagram.com/iteducationnepal/
Telegram: https://t.me/iteducationnepal

Thank you for support and co-operation.