2 Sisters Vlog

नमस्कार

हामीले बालबालिका बिकास क्रमसंगै बालबालिका र परिवार विचको संलग्नता र सम्बन्धको बारेमा जानकारी दिन यो च्यानलमा बिभिन्न यी २ बालबालिका संग सम्बन्धित गतिबिधिहरु राख्ने गरेका छौ ।

बालबालिकाको गतिबिधि र बालबालिकासंग परिवारको जीवनयापनका बारेमा जानकारी दिन यो च्यानल संचालन गरेका हौ ।

सामान्य भाषामा भन्नु पर्दा बालबालिको समय अनुसार केकस्ता परिवर्तन र बिकास हुन्छ वा हुनुपर्छ । बालबालिकाले आफ्नो उमेर अनुसार के कस्तो ब्यवहार र सिकाइ समाजबाट हासिल गर्छ भन्ने जानकारी दिनको लागि यो च्यानलमा बिभिन्न भिडियोहरु राख्ने गर्दछौ ।

तपाइले यस च्यानलमा भएको भिडियो हेरेपछि पक्कै थाहा पाउनु हुने छ । यी दुइ दिदी बहिनी बिच सिकाइमा कति फरक छ र यस्तै तपाइ र तपाइको छरछिमेकमा भएका बालबालिकामा पनि यस्तो एउटै उमेरको भएता पनि बालविकास र बालबालिकाको बुझाइमा फरक हुन्छ भन्ने बुझ्नुहुने छ भन्ने अनुमान हामीले गरेका छौ ।

कृपया हाम्रो यो च्यानल Subscribe गरिदिुनु होला र साथीभाइलाइ पनि Share गरिदिनु होला ।

यी दुइ मा एउटाको सामान्य बिकास छ भने अर्को बिशेष बिकास छ त्यहि फरक भिडियोमा समाबेश हुनेछ ।