नेपाल,राष्ट्रप्रेम,यहाँको विरासत र अद्वितीय पहिचान

नमस्कार!
नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
यो च्यानल नेपालको साँचो इतिहास, लुकेका सत्य, वैदिक बिरासत, हिमालयको गौरवशाली संस्कृति, राजसंस्था, हिन्दु राष्ट्रको पहिचान, पशुपतिनाथ–माता पार्वतीको कृपा, गौतम बुद्धको जन्मभूमि र नेपालीहरूको अपार राष्ट्रप्रेमको लागि समर्पित छ।
यहाँ तपाईंले पाउनुहुनेछ:
🔥 नेपाल नै वैदिक सभ्यता र पूर्वीय दर्शनको मुटु हो भन्ने प्रमाणहरू
👑 किन राजसंस्था नेपालको अपरिहार्य आवश्यकता हो?
🙏 पशुपतिनाथ, शक्तिपीठहरू, कुमारी, दशैं – जीवित वैदिक परम्पराको गाथा
🗿 पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको गौरव गाथा
🌏 नेपाललाई विश्वमा अद्वितीय बनाउने लुकेका तथ्य र शिलालेखहरू
🇳🇵 हिमाल, पहाड, तराई – सबै नेपालीको एकताको सन्देश
हामी न त डराउँछौं, न झुकाउँछौं – केवल सत्य बोल्छौं, राष्ट्रलाई माया गर्छौं र नेपालको गुम्दै गएको गौरव फर्काउन आवाज उठाउँछौं।
हरेक नेपालीको मनमा एउटै सपना छ –
"जय पशुपतिनाथ, जय माता पार्वती, जय वैदिक नेपाल, जय राजसंस्था, जय नेपाल!"