छठ पर्वको अवसरमा शेख रुस्तमद्वारा आमा–दिदीबहिनीहरूलाई लुगा र सामग्री वितरण
Автор: Nepal Mission News
Загружено: 2025-10-26
Просмотров: 0
मन्सुर खान बिरगंज कात्तिक ९ गते । हरेक वर्षझैँ यस वर्ष पनि छठ पर्वको अवसरमा वडा नं.१३ का प्रत्यासी तथा समाजसेवी शेख रुस्तमले आफ्नै व्यक्तिगत खर्चमा मुर्ली नयाँ टोल र राधेमाई टोलमा रहेका आमा–दिदीबहिनीहरूलाई लुगा तथा छठ पर्वमा आवश्यक विभिन्न सामग्रीहरू वितरण गर्नुभयो।स्थानीय बासिन्दाहरूले शेख रुस्तमको यस उदार र मानवीय कार्यको उच्च प्रशंसा गर्दै उहाँको समाजसेवाप्रतिको समर्पण र निष्कपट सेवाभावको सराहना गरेका छन्। उनीहरूका अनुसार, शेख रुस्तमजस्ता व्यक्तिहरूले समाजमा आपसी एकता, सहकार्य र मानवीयताको भावनालाई मजबुत बनाउँदै आएका छन्।कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय सहभागिता रह्यो। वितरणका क्रममा छठ पर्वले सामाजिक एकता, सद्भावना र धार्मिक सहिष्णुताको सन्देश पनि प्रवाह गरिएको थियो।वडा नं.१३ का प्रत्यासी तथा समाजसेवी शेख रुस्तमले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवसेवामूलक कार्यहरू आफ्नै खर्चमा गर्दै आइरहनुभएको छ । उहाँका अनुसार,समाजको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म हो । उहाँले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: