म मानिसलाई चम्काएर वा उक्साएर राजनीति गर्दिनँ मेरो काम मन परे भोट दिनुहोस् नत्र नदिनुहोस्:अनित थापा
Автор: HG NEWS
Загружено: 2025-11-16
Просмотров: 45
लोवर बडा सिटोङमा नयाँ बाटो शिलान्यास : अनित थापाको सम्बोधनमा विकास र मताधिकारमाथि जोड
लोवर बडा सिटोङ, १७ नोभेम्बर । गत चुनावमा ‘नो रोड, नो भोट’ आन्दोलन गरी मतदान बहिष्कार गरेको लोवर बडा सिटोङमा आज नयाँ बाटोको शिलान्यास भएको छ । कार्यक्रममा बोल्दै जीटीए प्रमुख अनित थापाले यो घटनालाई ऐतिहासिक बताएका छन् ।
उनले भने, “धेरैले बाटो बनाइदिन्छु भन्दै भोट लिएर गए, तर बनाएनन् । जुन गाउँले भोट नै हालेनन्, त्यहीँ गाउँमा आज बाटो बनिँदैछ । यो इतिहास हो ।” थापाले ‘नो रोड, नो भोट’ आन्दोलनले मतदाताको अधिकारसमेत गुमाएको उल्लेख गर्दै भने, “भोट मलाई नै हाल्नुपर्छ भन्ने छैन, तर आफ्नो भोट दिने अधिकारबाट कोही वञ्चित हुनुहुँदैन ।”
चुनाव नजिकिँदै गर्दा जात र माटोको कुरा उठ्ने तर बाटोको मुद्दा बिर्सिने प्रवृत्तिमाथि उनले चिन्ता व्यक्त गरे । “भावनामा बगेर गलत ठाउँमा भोट हाल्नुहुँदैन,” उनले भने । थापाले आफू कामबाटै मूल्यांकन हुने विश्वास व्यक्त गर्दै थपे, “म मानिसलाई चम्काएर वा उक्साएर राजनीति गर्दिनँ । मेरो काम मन परे भोट दिनुहोस्, नत्र नदिनुहोस् ।”
कार्यक्रमले स्थानीयको वर्षौँदेखिको माग पूरा गरेको सन्देश दिएको छ ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: