किरात
Автор: Aamsanchar
Загружено: 2025-12-04
Просмотров: 374
किरातीहरुको महान चाड #साकेला उधौली ५०८५ को सबै-सबैमा हार्दिक शुभकामना 🙏🏻
#साकेलामा
साकेला नाच/शिली किरात राई समुदायको सबैभन्दा प्रमुख, पवित्र र सांस्कृतिक पहिचान बोकेको सामूहिक नृत्य हो। यसलाई सिलोछार–उधौली पर्व–उभौली पर्व पनि भनिन्छ। यहि नाच मार्फत प्रकृतिलाई धन्यवाद, पूर्वजप्रति सम्मान र समुदायको एकता व्यक्त गरिन्छ।
#साकेला नाच/शिली
साकेला नाच/शिली किरात राईहरूको मौलिक धार्मिक–सांस्कृतिक नृत्य हो। जसमा जंगलको छेउ वा फेदमा,नदि-खोलाको छेउछाउ, वा खुल्ला चौरको पवित्र , खुला र प्राकृतिक ऊर्जा भएको ठाउँ धामी (नछुङ/नाक्छों/बुँझुं) ले स्थान शुद्धता जाँचेर अनुमति दिईन्छ र साकेला थान बनाईन्छ। जस्मा किरात राईहरुको धामी (नछुङ//नाक्छो/बुँझुं)ले पूजा गरेर सुरु गरिन्छ। साकेला थानलाई वरिपरि समूहमा गोलो भई हातमा सेउला,चौरीको पुच्छर,ढोल झ्याम्टा बजाएर गोलबध्दरुपामा नाचिन्छ।
#साकेला_शिली
साकेला शिली भनेको साकेला नाचमा नाचिने विभिन्न चाल, मुद्रा, हाउभाउ वा शैलीहरू हुन्।
शिलीहरूले किरात राई समुदायको दैनिक जीवनमा गरिने क्रियाकलापहरु जस्तै खेती–पाती, जनावरहरूको चाल, प्रकृतिको रूप, युद्धकला, प्रेम–सम्बन्ध, भावनात्मक अवस्थादेखि धार्मिक दर्शनसम्मलाई अभिनय गरेर देखाउँछन्। प्रत्येक शिलीको आफ्नै अर्थ, कथा र सांस्कृतिक सन्देश हुन्छ।
#साकेलाका दुई पर्व
साकेला वर्षमा दुई पटक मनाइन्छ:
१) साकेला उभौली (बैशाख–जेठ)
– खेतीको सुरुवात, वर्षा ऋतुको स्वागत
– मातृभूमि, प्रकृति र जल–वन–डाँडालाई आशीर्वाद मागिन्छ
२) साकेला उधौली (मंसिर–पुष)
– बाली भित्र्याएको खुसी
– वर्षभरि सुरक्षित राखिदिएको प्रकृतिलाई धन्यवाद
#साकेला नाचको महत्त्व
१) सांस्कृतिक पहिचान
राई समुदायको पहिचान झल्काउने प्रमुख सांस्कृतिक चिनारी यही नाच हो।
२) प्रकृति पूजाको दर्शन
साकेला प्रकृतिसँग मेलमिलाप, वन–जङ्गल, पानी–माटो, सूर्य/घाम–चन्द्र/जुनको सम्मान र संरक्षण गर्न प्रेरित गर्छ।यसो भन्नुको तात्पर्य जलबायुलाई सन्तुलन राख्ने गरिन्छ।
३) सामाजिक एकता
सबै उमेर समूहको र सामूहिक घेरामा सबैजना एक भाका, एक शैलीमा नाच्ने हुँदा एकता, भाईचारा र प्रेम बढ्छ।
४) इतिहास र जीवनशैलीको अभिलेख
सिलिमार्फत राईहरूका पुराना काम, युद्धकला, कृषि, सिकाइ, बसाइँ तथा प्रकृतिसँगको सम्बन्ध जिवन्त रूपमा देखाइन्छ।
५) कला, संगीत र सौन्दर्य
ढोल–झ्याम्टाको धुन र सामूहिक तालले सौन्दर्य र आध्यात्मिक ऊर्जा प्रदान गर्छ।
यसले युवामा मौलिक संस्कृतिप्रति गर्व र प्रेरणा जगाउँछ।
६) धार्मिक आस्था
साकेला नाच सुरु हुनु अघि धामी (नछुङ/नाक्छों/बुँझुं)ले प्रकृतिदेवता र पित्रीहरुलाई सम्झेर पूजा गर्छन्। त्यसैले यसमा आध्यात्मिकता गहिरो हुन्छ ।
...... #र
साकेला नाच केवल नृत्य मात्र होइन—
यो किरात राईहरुको इतिहास, धर्म, संस्कृति, पहिचान र प्रकृति–प्रेमको जिवन्त अभिव्यक्ति हो।
पुस्तौँदेखि चल्दै आएको यस नृत्यले राई समुदायलाई एक ठाउँमा जोडेर राख्ने महत्वपूर्ण पुलको काम गर्छ। #aamsanchar #revulotion #harkasampang #nepal #kathmandu #maato #gorkhachautari #balenshah #fivem #genz
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: