यात्रा दुप्चेश्वर महादेव | Yatra Dupcheshwar Mahadev | भाग-२०
Автор: NEPAL YATRA ENTERTAINMENT
Загружено: 2025-11-30
Просмотров: 262
किम्वदन्ती अनुसार करिब ४०० वर्ष अगाडि एक स्थानीय तामाङ गोठालोले आफ्नो गाई हराएको र गाई कतै पनि नभेटी थकीत भई घर फर्के
राति सपनामा एक जोगीले उसलाई भने
“तिम्रो गाई एउटा पवित्र ढुङ्गामा गई दूध चढाउँदैछ। भोलि बिहान त्यहीँ जाऊ।”
सपनामा भनेझै भोलीप्लट विहान गोठालो तेहि पहाडमा गयो पहाडको ढुङ्गामा स्वयम्भू रूपमा बनेको शिवलिङ्ग थियो।
र गाई साँच्चै त्यही ढुङ्गामा दूध चढाइरहेको थियो। तेसवेला मानिसहरूले यसलाई “दूधेश्वर महादेव” भन्न थाले समयक्रम सँगै उच्चारण फेरिएर दुप्चेश्वर महादेव वन्न पुग्यो। यो किम्वदन्ती आज पनि स्थानीयको श्रद्धा र विश्वासको केन्द्र वनेकोछ।
सत्य युगमा समुद्रमन्थनपछि कालकुट विष पिएका शिवले आफ्नो पीडा घटाउन गोसाइकुण्डको यात्रा गरेका थिए ।
भन्छन कालकूट विष पिएर व्यथित भगवान शिव यहाँ बसी, ध्यान धारण गरि यहीँबाट गोसाइँकुण्डतर्फ प्रस्थान गरे भन्ने जनविश्वास छ।
त्यसकारण दुप्चेश्वर महादेवलाई “शिवको तपोभूमि” पनि भनिन्छ।
दुप्चेश्वर केवल हिन्दुहरूको मात्र मन्दिर होइन। यहाँ हिन्दु र बौद्ध दुवै धर्मालम्बीले समान रूपमा पूजा आजा गर्ने गर्छन्।
त्यसैले, दुप्चेश्वर महादेव धार्मिक समानता, सहिष्णुता र एकता को ज्वलन्त उदाहरण हो ।
सन्तान प्राप्ति, परिवारिक सुख–शान्ति,
स्वास्थ्य लाभ, व्यापार–व्यवसायमा सफलता, नकारात्मक शक्तिबाट मुक्ति पाउने विश्वासका साथ मन्दिर दर्शनको लागी आउने गर्दछन ।
भन्छन्
“दुप्चेश्वर पुगेका भक्तजनहरू खाली हात फर्किदैनन्।”
विशेष गरी महाशिवरात्रि, मङ्सिर पूर्णिमामा, तिज, बलाचतुर्दशी र गंगा दशहरामा यहाँ हजारौं भक्तजनहरूको भीड लाग्ने गर्दछ। दुप्चेश्वर महादेव लाई दोश्रो पशुपति नाथ पनि भनिन्छ ।
#vlog #travel
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: