बद्ली रहने ऋतु | Nepali Christian Song 🎶
Автор: Mero Avas
Загружено: 2025-12-29
Просмотров: 79
जीवनको सोच, मुल्य-मान्यता,चाहाना र आवश्कता, खाँचो पुरा गर्न गरेका प्रयासहरू र त्यसले उब्जाउने निरासापन, रित्तोपना बिच परिस्थितीहरू बद्ली रहन्छ यद्दपी, येशू संधै समान र एकनाशको हुनुहुन्छ । उहाँको बचन कहिले नफेर्ने र स्थिर छ जस्ले हामीलाई जिउन शाहास दिन्छ। उहाँमा सुरक्षाको अनुभुती पाउँछौं।
#बद्लीरहनेऋतु #christiansong #nepalichristian
🔶🎼🔶🔶🔶🎼🔶🔶🔶🎼🔶🔶🔶🎼🔶
गीतका शब्दहरू:-
बद्ली रहने ऋतु जस्तो होइन जीवन
अन्योलतामा बाँचीरहने जीवन पनि होइन
येशू सदा सर्वदा समान छ
कहिले नफेर्ने एकनाश छ
येशू सदा सर्वदा समान छ
कहिले नफेर्ने एकनाश छ
बद्ली रहने ऋतु जस्तो होइन …
सुख र बिलाश खोज्दा खोज्दै
अभावको तरङमा घुमि रहन्छ
आफैलाई भेटाउन खोज्दा खोज्दै
संसारको सागरमा हराई दिन्छ मान्छे
तर येशूको प्रेम कहिले हराउँदैन….
बद्ली रहने ऋतु जस्तो होइन …
हिजो र आज भन्दा भन्दै
बितेर जान्छ छोटो जीवन
मानिसको चोला भोलीलाई भन्दा भन्दै
यो संसारबाट बिदा हुन्छ
तर उहाँको बचन कहिले बितेर जाँदैन…
बद्ली रहने ऋतु जस्तो होइन …
हाँस्ने र खेल्ने एक समय छ
सुख र बिलाशको अर्को समय छ
सुस्केरा र सोकको समय पनि छ
तर,… येशू सधैभरि हामीसंगै छ
येशू सदा सर्वदा समान छ
हिजो र आज एकनाश छ
हाम्रो साथ सधै भरि छ….
हा…हा…हा (हुम…हा…हा…हा)
बद्ली रहने रितु जस्तो होइन जीवन
अन्योलतामा बाँचीरहने जीवन पनि होइन
येशू सदा सर्वदा समान छ
कहिले नफेर्ने एकनाश छ
येशू सदा सर्वदा समान छ
कहिले नफेर्ने एकनाश छ
बद्ली रहने ऋतु जस्तो होइन …
हा…हा…हा (हुम…हा…हा…हा)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: