Nepali Christian Movie | सुनारको आगो | Faith Testimony of a Christian Being Persecuted
Автор: सर्वशक्तिमान् परमेश्वरको मण्डली
Загружено: 2025-05-18
Просмотров: 18499
Nepali Christian Movie | सुनारको आगो | Faith Testimony of a Christian Being Persecuted
मण्डली अगुवा चेन सिन्जीलाई आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सन् २००६ मा चिनियाँ कम्युनिस्ट पार्टी पुलिसले पत्ता लगाउँछ र निगरानी गर्छ। अन्त्यमा उनी मण्डली डिकन झाओ गुइलानसँगै गिरफ्तार हुन्छिन्। अन्य मण्डली अगुवाहरूबारे जानकारी प्राप्त गर्ने र मण्डलीको कोष कहाँ राखेको छ भनेर जान्ने प्रयासमा, पुलिसले सोधपुछ गर्छ र उनीहरूलाई मुख खोल्न लगाउन पिट्ने र हतकडीमा झुन्ड्याउने जस्ता युक्तिहरू समेत प्रयोग गर्छ। चेन सिन्जीले मुख खोल्न इन्कार गरेको देखेर, तिनीहरूले उनलाई सोधपुछ गर्ने गोप्य स्थानमा लान्छन्, उनको अपमान गर्न उनको सबै लुगा फुकाल्छन् र बेहोस नहोउञ्जेल उनलाई करेन्ट लगाउँछन्। आफू जीवन-मरणको दोसाँधमा परेकी महसुस भएपछि उनले आखिरी शक्ति लगाएर परमेश्वरलाई प्रार्थनामा पुकार्छिन्। बेहोस हुँदा, उनले स्वर्गदूतहरूको झुन्डले उनलाई प्रोत्साहन दिन परमेश्वरका वचनको भजन गाइरहेको देख्छिन्, जसले गर्दा उनी मृत्युको मुखबाट फिर्ता आउँछिन्। उनी आफ्नो विश्वासमा दृढ रहन्छिन् र शैतानलाई लज्जित पार्न परमेश्वरको गवाही दिने प्रतिज्ञा गर्छिन्। आफ्नो क्रूर यातना विधिहरू उनमा काम नलागेको देखेर, पुलिसले उनका श्रीमान् मार्फत उनलाई परमेश्वर र मण्डलीलाई धोका दिन लगाउन बलजफती गर्ने र प्रलोभनमा पार्ने प्रयास गर्छ। पुलिसले दुई पटक चेन सिन्जीको नजिक हुन र मण्डलीको जानकारी प्राप्त गर्न जासूसहरू पठाउँछ। परमेश्वरमा भर परेर, उनी शैतानको चालमा फस्दिनन्, तर पुलिस अझै पनि हार मान्दैन। त्यसपछि, हावाहुरी चलेको र हिउँ परेको एक दिन, तिनीहरूले चेन सिन्जी र झाओ गुइलान दुवैलाई श्रम शिविर मार्फत पुनर्शिक्षामा पठाउँछन्, जहाँ उनीहरूलाई सयौँ कैदीहरूको अगाडि आफ्नो लुगा फुकाल्न बाध्य पारिन्छ, तिनीहरूको नग्न शरीरलाई सबैको अगाडि खुलासा गरिन्छ। …
कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: