रुम्जाटार र राडीपाखी । Rumjatar Ra Radhipakhi
Автор: Padam Yatri
Загружено: 2022-01-12
Просмотров: 2697
सिद्धिचरण नगरपालिकाको पर्यटकीय गन्तव्य
भेडापालन र राडीपाखी
घुमिफिरी रुम्जाटार । जसरी रुम्जाटारबारे यो उखान चर्चित छ, उसैगरी रुम्जाटारको भेडापालन व्यवसाय र राखीपाखी उद्यम चर्चामा रहँदै आएको छ ।
रुम्जाटारका गुरुङ समुदायको पुख्र्यौली पेशाका रुपमा स्थापित यी दुवै व्यवसाय अहिले पनि सञ्चालनमा छन् । राडीपाखी उद्यम र त्यसको कच्चा पदार्थका लागि गरिने भेडापालन व्यवसाय रुम्जाटारको पहिचान हो । यहाँका ३ दर्जन बढी महिला उद्यमीहरुले तान लगाएर हातैले राडीपाखी बुन्दै आएका छन् ।
रुम्जाटारमा आधा दर्जन भेडीगोठ छन् । भेडीगोठ हिउँद याममा उदयपुर तथा सिन्धुलीका विभिन्न क्षेत्र र वर्षा याममा सोलुखुम्बुका लेकाली क्षेत्रमा सारिने गरेको छ ।
नेपालका प्रमुख टारहरुमध्ये रुम्जाटार आफैँमा सुन्दर ठाउँ हो । त्यसमाथि महिला उद्यमीहरुको हबका रुपमा परिचित छ यो ठाउँ । रुम्जाटारका गुरुङ समुदायको रहन सहन, संस्कृति र उद्यमले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । रुम्जाटारलाई राडीपाखीले थप आकर्षण थपेको छ । सय वर्षभन्दा लामो समय टिकाउ हुने गुणस्तरीय राडीपाखी सुलभ मूल्यमै पाइन्छ यहाँ । यहाँ उत्पादित राडीपाखी देश विदेशमा कोशेलीको रुपमा निर्यात हुने गरेको छ ।
यहाँ सिंगल राडी, डबल राडी, चारपाटे राडी, पाँचपाटे राडी, अबडा, घुमराडी, कुसनलगायतका वस्तुहरु उत्पादन हुन्छन् । राडीपाखी र भेडापालन प्रबद्र्धनका लागि सिद्धिचरण नगरपालिका र घरेलु कार्यालयले विभिन्न चरणमा प्रविधि हस्तान्तरण तथा तालिम समेत दिँदै आएको छ । जसले गर्दा महिला उद्यमीहरु र नयाँ पुस्तामा समेत सकारात्मक प्रभाव परेको छ । यहाँ उत्पादित घुमिफिरी रुम्जाटार, मेरो प्यारो ओखलढुंगा, मेरो प्यारो रुम्जाटार लेखिएका राडीपाखीको अत्यधिक माग हुने गरेको छ ।
रुम्जाटार पुग्नका लागि ओखलढुंगा सदरमुकामबाट वर्णालु– सानीटार हुँदै पक्की सडकमार्गबाट रुम्जाटार जान सकिन्छ । यस्तै ओखलढुंगा सदरमुकामबाट चित्रे, देउराली सानीटार हुँदै रुम्जाटार पुग्न सकिन्छ ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: