डा. नितीश भारद्वाज | Dr. Nitish Bharadwaj | Speech in Nepal
Автор: Swasti Panthaa
Загружено: 2022-06-01
Просмотров: 304
जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बागमती प्रदेशको १२औं वार्षिकोत्सव समारोह कार्यक्रममा प्रमुख अतिथिका रूपमा डाक्टर नितीश भारद्वाज भारद्वाज (निर्देशक, तथा महाभारत टेलिशृङ्खलामा श्रीकृष्ण एवं विष्णुपुराणमा भगवान् श्रीविष्णुको भूमिका निर्वाह गर्नुभएका अभिनेता)को उद्बोधन ।
०००
भगवान् श्रीपशुपतिनाथको गुरु–स्वरूपलाई हामी दक्षिणामूर्ति भन्ने गर्दछौँ । ती दक्षिणामूर्तिलाई सर्वप्रथम नमस्कार । मध्यकालमा सनातन हिन्दू दर्शनमा जति मतप्रवाह आएका थिए, तिनले गर्दा अध्यात्मलाई लिएर जेजति संभ्रमको स्थिति बनेको थियो । ती संभ्रमलाई पन्छाएर अद्वैत वेदान्त दर्शनको माध्यमबाट सबै मतप्रवाहलाई सनातन दृष्टि प्रदान गर्ने भगवान् श्री आदिशंकराचार्यज्यूलाई नमस्कार । र, मेरा गुरु तथा समस्त गुरु परम्परालाई नमस्कार गर्दछु । समर्पित जीवनको प्रतिनिधित्व गर्ने सबै महानुभावलाई सादर नमन गर्दछु ।
वेदान्तमा हामी भाग्यलाई मान्दैनौँ । प्रारब्धलाई मान्छौँ । प्रारब्धको माध्यमबाट वेदान्तमा पुरुषार्थलाई मान्यता दिएको छ ।
जेजस्तो क्रियमाण कर्म गर्दछौ त्यसलाई सञ्चित फलका रूपमा तिमीले भोग्नैपर्छ ।
•●| अध्यात्ममा लोकसंग्रह|●•
•| नेपालमा आएर मैले राजर्षि जनकलाई स्मरण गर्नैपर्छ । भगवान् श्रीकृष्णले पनि गीतामा राजर्षि जनकले झैँ कर्म गर्नु भन्नुभएको छ ।
कर्मणैव हि संसिद्धिमास्थिता जनकादयः।
लोकसंग्रहमेवापि संपश्यन्कर्तुमर्हसि।।
•| भगवान् भन्नुहुन्छ लोकसंग्रहका लागि कर्म गर ।
•| कति मानिसको जीवनको स्तरलाई तपाईँले माथि उकास्नुभयो ? कति मानिसलाई सहयोग गर्नुभयो ? कति मानिसलाई सही बाटो देखाउनुभयो ? कति परोपकार गर्नुभयो ? अध्यात्ममा यसलाई भनिन्छ लोकसंग्रह ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: