भारत–नेपाल सीमामा सुरु भयो OKT United Boys Club खुल्ला नगद फुटबल प्रतियोगिता
Автор: Mirik ko serofero
Загружено: 2025-11-16
Просмотров: 230
#mirikkoserofero #miriknews
भारत नेपाल सीमामा अवस्थित ओकेटी बीच गाउँ खेल मैदानमा आइतबारदेखि ओकेटी युनाइटेड बाेइज क्लबकाे आयाेजनामा खुल्ला नगद राशी फूटबल प्रतियोगिता शुरू भयाे।क्लबका अर्पण राई अनि अम्बिका थापाले संचालन गरेकाे प्रतियोगिता उद्धघाटन समाराेहका अध्यक्ष शिक्षक बबिन गुरूङ थिए भने स्थानीय जेष्ठ नागरिक,गण्यमान्य ब्याक्ति अनि फुटबल प्रेमीहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।प्रतियोगिताको पहिलाे खेल नेपाल बगानबेली फूटबल दल बनाम नाम्सु एफसी माझ भयाे। जसमा दुईकाे विरूद्ध तीन गाेल दागेर नाम्सु एफसी विजय बनी प्रतियोगिताको अघिल्लाे चरणमा पुगेकाे छ।आयाेजक समितिका सचिव विकाश गिरी अनि मिडिया प्रभारी अर्पण राईले युवाहरूलाई असल मार्गनिर्देशन गर्न अनि फूटबल खेलाडीहरूलाई प्राेत्साहन गर्न उक्त प्रतियोगिताको आयाेजना गरिएकाे जसमा भारत अनि नेपालका नामि दामी फूटबल दलहरूले सहभागीता जनाएकाे बताए।द्वयले मंगलबारदेखि उक्त मैदानमा नियमित खेल हुने जसमा सबै खेलप्रेमीहरूलाई उपस्थित भएर खेलकाे आनन्द लिने अनुराेध पनि गरे।
Follow facebook Page : / bishanraivlog
Instagram :https://surl.gd/sjaqha
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: