प्रदेश प्रहरी प्रमुख ज्यूबाट नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण भ्रमण | DIG GANESH CHAND |
Автор: Sudurpaschim Province Police
Загружено: 2025-02-04
Просмотров: 62
मिति २०८१।१०।२१ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्द ज्यूले नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, छात्रावास, भान्छा, कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला लगायतका संरचनाहरुको अवलोकन गर्नुभयो ।
निरीक्षण भ्रमणको क्रममा उहाँले स्कुलका समादेशक तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा बिद्यार्थीहरुको सर्वाङ्गिण बिकास स्कुलको मुलभूत उद्देश्य रहेको कुरा उल्लेख गर्दै उनीहरुको रेखदेख, व्यवस्थापन तथा सुरक्षामा कुनै कसर वाँकी नराखी दत्तचित्त भएर लागी पर्न र बिद्यार्थीहरुको शान्त र शौहाद्रपुर्ण पारिवारिक वातावरणमा अध्ययन गर्न पाउने अधिकारको शुनिश्चितता गर्न समेत निर्देशन दिनुभयो ।
निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख ज्यूले बिद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रिया गर्दै सोहार्दपुर्ण वातावरणमा अध्यापन गराउन अनुरोध गर्नुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी स्कुल धनगढीका प्राचार्य हेम बहादुर चन्द, सह-प्राचार्य मनिराज पाण्डे, नेपाल प्रहरी स्कुल धनगढीका समादेशक प्रहरी निरीक्षक हरि प्रसाद पुन लगायत कार्यरत प्रहरी कर्मचारीहरु तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: