रेबिजमुक्त पहाड़ बनाउने लक्ष्यमा मिशन रेबिज कार्यक्रम
Автор: The Himal World
Загружено: 2025-12-01
Просмотров: 86
रेबिजमुक्त पहाड़ बनाउने लक्ष्यमा मिशन रेबिज कार्यक्रम
रेबिजमुक्त पहाड़ बनाउने लक्ष्यलाई अघि राख्दै कालेबुङ एआरडी विभागीय प्रेक्षागृहमा सोमबार मिसन रेबिज कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा कालेबुङ जिल्लापाल कुहुक भुषण, एआरडी विभागका डेपुटी डाइरेक्टर डा. देवेन्द्र प्रधान, जीटीएका कार्यकारी सभासद् कमल सुब्बा, मिशन रेबिजका प्रतिनिधि अश्विन थापा तथा दार्जीलिङ गुडविल एनिमल सेन्टरका डीपी पाण्डे विशेष रूपमा उपस्थित थिए।
कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै डेपुटी डाइरेक्टर डा. देवेन्द्र प्रधानले दार्जीलिङ पहाड़लाई रेबिजमुक्त बनाउने लक्ष्यसहित विभिन्न योजनाहरू अघि बढाइरहेको जानकारी दिए। यसैगरी, सभासद् कमल सुब्बाले पनि मिशन रेबिजको पहलले मानव तथा पशु स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान दिने उल्लेख गर्दै स्थानीय निकाय र सर्वसाधारणको सक्रिय सहकार्य आवश्यक रहेको मन्तव्य पोखे।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: