लङभ्यूका चिया श्रमिकहरूले खर्साङ कोर्टबाट पाए सामूहिक बेल
Автор: sparsh channel kalimpong
Загружено: 2025-05-08
Просмотров: 13
लङभ्यूका चिया श्रमिकहरूले खर्साङ कोर्टबाट पाए सामूहिक बेल
फस्ट फ्लसको समय लङभ्यू चिया बगानका श्रमिकहरूले पत्ति टिप्न अघि पीएफ, ग्रयाचुटी, एरियर लगायतका जम्मै जम्मै बकाया राशीहरू बारे छलफल गर्न बैठक राखिनुपर्ने माग गर्दै कम्पनीलाई 19 बुँदे चाटर अफ डिमान्ड पेश गरेका थिए। कम्पनीले श्रमिकहरूले उठान गरेको मागहरू बारे सम्बोधन नगरि बलपूर्वक बगानमा पत्ति टिपाउने काम भएको थियो। पञ्चायत प्रधान मणीराज डुम्जन साथै तथाकथित युनियन नेतृत्वहरूले कम्पनीको पक्ष लिँदै बगानमा बलपूर्वक पत्ति टिपाउने कार्य गरेका थिए।
यता हिल प्लान्टेसन एम्प्लोइज युनियनको अगुवाईमा श्रमिकहरूले भने 16 - 17 करोड रुपियाँ रकम बारे छलफल हुनु पर्ने मागमा गेट मिटिङ शुरू गरेका थिए। सोही अवधि बगान प्रबन्धक एपी सिंहले दर्जनौ श्रमिकहरू विरूद्ध मुद्दा दर्ता गरेका थिए।
अधिवक्ता अनुपा तामाङले आज खर्साङ न्यायालयबाट श्रमिकहरूले बेल प्राप्त गरेको बारे जानकारी दिएकी छन्।
यता श्रमिक प्रतिनिधिहरू निश्चल पाखरिङ र लक्ष्मी छेत्रीले अजसम्म पनि श्रमिकहरूले ज्याला र तलब नपाएको गुनासो राख्दै बलपूर्वक बगान खोल्ने पञ्चायत प्रधान र तथाकथित युनियन नेताहरूले यसको दायित्व लिनु पर्ने बताएका छन्।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: