2학년 20과 3rd राधा र कृष्ण 라다와 끄리스나
Автор: Daily Nepali Bible
Загружено: 10 февр. 2022 г.
Просмотров: 36 просмотров
तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
माछामासु : .............. डाँडामाथि : .............. घाँसदाउरा : .............. साथीभाइ : ..............
पालैपालो पढ्नुहोस् :
राधा र कृष्ण
कृष्ण : हिजोआज त देख्दिनँ त राधा तिमीलाई ? के काम गर्दै छ्यौ ?
राधा : आजभोलि निकै काम छ । धेरै पढ्नु छ । लेख्नु पनि छ । मैले धेरै सिक्नु छ ।
कृष्ण : त्यही भएर रहेछ । हिजोअस्ति पनि तिमीलाई खोजेको थिएँ । तिमी त रातदिन पढ्ने लेख्ने काम गर्दै रहिछौ । खुसी लाग्यो ।
राधा : रातदिन त होइन । दिनभर चाहिँ हो । साँझपख घुम्न जान्छु । राती त सुत्नु पर्यो नि ।
कृष्ण : काम सकिएपछि भोलिपर्सि भेटौँ है । धेरै कुराकानी गर्नु छ ।
राधा : हुन्छ । म खबर गरौँला ।
खाली ठाउँमा मिल्ने शब्द लेखी वाक्य बनाउनुहोस् :
काँक्राफर्सी किताबकापी दौरासुरुवाल जुत्तामोजा
(क) बुबाले दौरासुरुवाल लगाउनुभयो ।
(ख) बहिनीले जुत्तामोजा लगाई ।
(ग) मैले झोलामा किताबकापी राखेँ ।
(घ) खेतालाले बारीमा काँक्राफर्सी रोपे ।
शब्द छुट्याएर लेख्नुहोस् :
(क) पल्लो गाउँमा जात्राछ ।
(ख) सुमन अघि गयो ।
(ग) मेरा राम्रा अक्षर छन् ।
(घ) मलाई खुवाउन पर्दैन ।
(ब) तिमी मसँग हिँड ।
साथीले पढेको सुनी कापीमा लेख्नुहोस् :
विद्यार्थीहरू धारामा हात धुन लाइनमा बसे । लाइनमा छ जना थिए ।
अमर अगाडिबाट तेस्रो स्थानमा थिए । उनका अगाडि दुई जना थिए ।
उनका पछाडि तीन जना थिए ।
अमरले साथीलाई भने दुईतीन त अघिपछि आउँदो रहेछ ।
फत्तेमानले भने “तीनचार, चारपाँच, पाँचछ, छसात, सातआठ, आठनौ पनि अघिपछि आउँछन् ।”
अमरले सातको अघि र पछि के आउँछ भनी सोधे ।
उनको चतुर साथीले सात अघि छ र पछि आठ आउँछ भने ।

Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: