Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

३३ बर्षाको लामो समय पछी तेल्मे दाजुभाईहरुको आर्गुम्(पै)कार्यक्रम सम्पन्न || KAULE-SIRSEKOT- 1st Day

Автор: Tagaaro Entertainment

Загружено: 2025-07-04

Просмотров: 218

Описание:

३३ बर्षाको लामो समय पछी तेल्मे दाजुभाईहरुको आर्गुम्(पै) कार्यक्रम सम्पन्न||तमुहरुले गर्ने पितृकार्यको केहि झलकहरु ..

नमस्कार छ्याँजालो, सम्पूर्ण, आफन्तजन, चेलिबेटी जवै तक्राली मावाली, खेगी गुरु, पच्यु, क्ल्हाप्री, भान्जा भान्जी लगायत ईष्टमित्र हरुमा स्याङजा जिल्ला वालिङ नगरपालिका १२ काहुले गाउँका तेल्में भाई खलकको आज मिति २०८१ पौष २० देखि २०८१ पौष २४ गते सम्म सञ्चालन हुन गइरहेको चौथो पित्री कार्य (पै) अर्घुंमा पाल्नुहुने सम्पूर्णमा हार्दिक हार्दिक स्वागत गर्दछौ ।
पछिल्लो पृष्ठभूमिलाई नियालेर हेर्दा गुरुङ (तमु) समुदायहरुको संस्कार रिति रिवाज अनुसार मानिसको मृत्यु पश्चात, तत्काल वा केही समयपछि व्याक्तिगत अथवा सामुहिक रुपमा पित्रीकार्य अर्घुं (पै) गर्ने गरिन्छ । कुुनै बेला (रहे) पितृको संख्या थोरै वा एक, दुई वटा हुंदै गरिन्छ भने कुनै वेला, पित्रीको संख्या धेरै संख्या पुगी सक्दा पनि अर्घुं (पै) गर्ने अवसर हुदैन । त्यो समय परिस्थिती र दाजुभाईको सल्लाह अनुसार नै हुन्छ । भन्नुपर्दा गुरुङ, तमुहरुले गर्ने पित्रीकार्य आर्घुं (पै) गर्दा आर्थिकको धेरै आवश्यक पर्दछ । साधारणत ९÷१० लाखदेखि उच्च स्तरको ३०÷३५ लाख सम्म खर्च हुने गर्दछ । सोही कुरालाई मध्येनजर गर्दै तेंल्मे दाजुभाई भाई खलकको सल्लाह अनुसार धेरै वर्ष पछि आजको पित्रीकार्य आर्घुं (पै) सञ्चालन गर्न गइरहेको हो ।
आज हुन गइरहेको यो पित्रीकार्य आर्घुं (पै) हाम्रो भाइखलकको चौंथो पित्रीकार्य हो । यसभन्दा अगाडी तीन वटा पित्रीकार्य सम्पन्न भइसकेको छ ।
पहिलो र दोश्रो पित्रीकार्य आर्घुंको बारे खासै विस्तृत रेकर्ड नरहेको भएतापनि तेश्रो पित्रीकार्यको भने हामीसंग रेकर्ड उपलब्ध रहेकोे छ । तेस्रो पित्रीकार्य आर्घुं (पै) ३६ घरधुरी तेंलमे भाइखलकद्धारा सञ्चालित ३०४८ पौष ११ गतेदेखि २०४८ पौष १५ गते सम्म आयोजना गरिएको र कुल पित्रीहरुको संख्या ५९ जना जसमा खे ( पुरुष पित्री ३२ जना मा महिला पित्री २७ जना रहेको रेकर्ड रहेको छ । लगभग ३३ सालको अन्तरालपछि आजको दिनमा हामी दाजुभाइको संख्या ७० घरधुरी पुगेका छ । र आज गर्न गइरहेको पित्रीकार्य पै आघुृृमा जम्मा पित्रीको संख्या ८१ जना रहेको छ ।
जसमा खे पुरुष पित्री ४४ र महिला पित्री ३७ रहेको छ । आज २०४८ सालदेखि २०८१ सम्म लगभग ३३ बर्षको लामो अन्तराल पछि गर्न गइरहेको पित्रीकार्य आर्घु पै भव्य र सभ्य रुपमा सम्पन्न गर्न गइरहेको हुंदा सम्पुर्ण,ईष्टमित्र आफन्तजन महानुभावहरुलाई साथ सहयोगको लागी र्हार्दिक अनुरोध गर्दछौ । धन्यवाद ।
छ्याजलो, जै मुलवाशी मंगोल, जै कुल पित्री ।
नौ थुम तमु समाजको पृष्ठ भुमि
नेपालका पश्चिम भेगमा अवस्थित तमुहरु द्धारा तत्कालीन नौ थुम वा गाउँ मिलेर गठन गरिएको एउटा संस्था हो नौ थुम तमु समाज ।
यो संस्थामा स्याङजा, पर्वत र गुल्मीका केही गाउँहरु समावेश छ । नौ थुम भित्र (गुरुङ) तमुहरुको संस्था न्यायपालिकाको रुपमा पनि चिनिन्छ ।
यस समुदाय भित्र बढ्दो विवाह, ढोगभेट को संस्कार (छया) अनि घट्दोमा मृत्यु संस्कार र (पै) आर्घुंको संस्कार (छया) मा महत्वपूर्ण भुमिका छ । प्रत्येक (छया) संस्कार, संस्कृतमा नीति नियममा आफ्नै तरिकाले लेखा जोखा गरि नियन्त्रण गर्ने गरिन्छ ।
त्यस्तै तमु (गुरुङ) हरुको पितृ कार्य (पै) आर्घुं पनिको आफ्नै भुमिका छ । पै (आर्घु) को शुरुको दिन संस्थाको पदाधिकारीहरु र सम्पूर्ण सदस्यहरु उपस्थित हुन्छन ।
उक्त दिन दिन हेराउने कार्य गरिन्छ । त्यस दिन दाजुभाई, चेलिबेटी, भान्जाभान्जी, मावली, तक्राली, मुस्याती र खेगी पच्यु, क्याप्री उपस्थित भइ म्होसी त्हें शुरु गरिन्छ । त्यस बखत अर्घुंको दिन हुने कार्यक्रमको बारेमा संस्कार र नीतिनियम विपरित काम नगर्न संस्थाले सुझाव दिने गर्दछ । (पै) अर्घुंमा नौ थुमले राखेको नियमको पालना गर्ने र नियम विपरित काम गर्छ या गर्दैन सबै रेखदेखको जिम्मा पनि नौ थुमका सदस्यहरुले लिने गर्दछ र नैतिक भौतिक रुपमा पै (अर्घुं) मा जरुरत वा सक्दो सहयोग पनि यो संस्थाले गर्ने गर्दछ । शुरु देखि अन्तिम दिन सम्मको गतिविधीबारे नौथुमको भेलाको दिनमा लेखाजोखाबारे छलफल गर्ने गर्दछ । त्यस्तै प्रकार राम्रो गरेको भए धन्यवाद नराम्रो गरेको भए दण्डीत समत गरेको हुन्छ । नौ थुम तमु समाजको भुमिकाको पनि अर्घुं (पै) गर्ने दाजुभाई द्धारा धन्यवाद दिने गरिन्छ ।


Don't forget to like, share & subscribe our channel ..

"Tagaaro Entertainment is a dynamic media company dedicated to producing innovative and engaging content across various platforms."

TAGAARO ENTERTAINMENT Is All About | CULTURE RELATED VIDEOS | PROGRAM DANCE VIDEOS | LIVE CONCERT| LIVE PROGRAM | ORGINALS/COVERS VIDEOS | GAME VIDEOS | ADVERTISEMENT | DOCUMENTRY And Many More...

To stay updated please CLICK HERE to SUBSCRIBE:    / @tagaaroentertainment3584  

Plz. Feel Free To Join Our Channel & If You Have Anything To Say Abt Our CHANNEL Please Let Us Know.

३३ बर्षाको लामो समय पछी तेल्मे दाजुभाईहरुको आर्गुम्(पै)कार्यक्रम सम्पन्न || KAULE-SIRSEKOT- 1st Day

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

Akrang Jhakri BJeko Pooja 2082-08-09

Akrang Jhakri BJeko Pooja 2082-08-09

गुरुङ्हरुको आफ्नै मौलिक भाकामा रमाईलो गित गाउदै बाबा आमाहरु || शुभ-ढोगभेट कार्यक्रम

गुरुङ्हरुको आफ्नै मौलिक भाकामा रमाईलो गित गाउदै बाबा आमाहरु || शुभ-ढोगभेट कार्यक्रम

हजारौं जनतामाज मेयर साम्पाङले कुलमान घिसिङको असली रुप उदाङ्गो पारिदिए

हजारौं जनतामाज मेयर साम्पाङले कुलमान घिसिङको असली रुप उदाङ्गो पारिदिए

ngày 1 tháng 12, 2025

ngày 1 tháng 12, 2025

नेपाललाई माया गर्ने Bangladesh कि चेलि Bhagya Neupane Bangladesh New Video Part-15

नेपाललाई माया गर्ने Bangladesh कि चेलि Bhagya Neupane Bangladesh New Video Part-15

श्रीनाथकोट नोगी मेला दर्शन | गाउँघरमा जात्राको माहोल | Rey Zr Off-road Performance | Bishaley vlog |

श्रीनाथकोट नोगी मेला दर्शन | गाउँघरमा जात्राको माहोल | Rey Zr Off-road Performance | Bishaley vlog |

उडिमा आयो पुतली फरर - Udima aayo || Raju Pariyar Live Performance - 2082

उडिमा आयो पुतली फरर - Udima aayo || Raju Pariyar Live Performance - 2082

Мери Бассай | Мой Бассай | Эпизод 935 || Непальский комедийный сериал, новый эпизод || Мастер Рад...

Мери Бассай | Мой Бассай | Эпизод 935 || Непальский комедийный сериал, новый эпизод || Мастер Рад...

30.11.25. Биатлон. Кубок мира. Смешанная Эстафета. Трансляция из Эстерсунда.

30.11.25. Биатлон. Кубок мира. Смешанная Эстафета. Трансляция из Эстерсунда.

दमकका मेयर राम थापाले स्टेजमा हर्क साम्पाङलाई अंकमाल गरे ।उपमेयर पनि सहभागी,जितेन वान्तवाले गीत गाए

दमकका मेयर राम थापाले स्टेजमा हर्क साम्पाङलाई अंकमाल गरे ।उपमेयर पनि सहभागी,जितेन वान्तवाले गीत गाए

GH 226 || Who actually are the Thakali? | Origin of Thakali | Thakali People of Nepal | Thakali ||

GH 226 || Who actually are the Thakali? | Origin of Thakali | Thakali People of Nepal | Thakali ||

NOGI MELA || SRINATHKOT || GORKHA

NOGI MELA || SRINATHKOT || GORKHA

नुन यसरी बन्छ हेर्नुहोस Salt Farming Video Bhagya Neupane Bangladesh Tour Part-12

नुन यसरी बन्छ हेर्नुहोस Salt Farming Video Bhagya Neupane Bangladesh Tour Part-12

episode -6 Damfula kai // sangram lama & kram lal काे प्रस्तुति तेमाल जात्रा

episode -6 Damfula kai // sangram lama & kram lal काे प्रस्तुति तेमाल जात्रा

मेयर बालेन शाहका बुबालाई पशुपति आर्यघाटमा अन्तिम विदाई, बालेन शाह भावुक बने ! Balen Shah

मेयर बालेन शाहका बुबालाई पशुपति आर्यघाटमा अन्तिम विदाई, बालेन शाह भावुक बने ! Balen Shah

पोखरा महानगरपालिका मा आग्ज-नी  ||  GEN-Z PROTEST - 2nd Day In Pokhara

पोखरा महानगरपालिका मा आग्ज-नी || GEN-Z PROTEST - 2nd Day In Pokhara

30.11.25. Биатлон. Кубок мира. Одиночная Смешанная Эстафета. Трансляция из Эстерсунда.

30.11.25. Биатлон. Кубок мира. Одиночная Смешанная Эстафета. Трансляция из Эстерсунда.

मेरो बिहे यसरी भयो | Love Story – Nepali Girl Nepal to Bangladesh | Bhagya Neupane Video Part–7

मेरो बिहे यसरी भयो | Love Story – Nepali Girl Nepal to Bangladesh | Bhagya Neupane Video Part–7

##भाई शिब र बहिनि प्रबिका लाई बैबाहिक जिबनकाे सुभकामना ##

##भाई शिब र बहिनि प्रबिका लाई बैबाहिक जिबनकाे सुभकामना ##

चुचो नाक र थेप्छे नाक कहिले होत मिसाउने भन्दै कलाकारद्व्य सिद्वार्थ आले र रेनुका भट्टराई बिच दोहोरी

चुचो नाक र थेप्छे नाक कहिले होत मिसाउने भन्दै कलाकारद्व्य सिद्वार्थ आले र रेनुका भट्टराई बिच दोहोरी

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]