Timro Jasto Mutu | तिम्रोजस्तो मुटु | Ramesh Poudel | Male Version
Автор: Aawaran Creation (आवरण क्रियशन)
Загружено: 2026-01-07
Просмотров: 1610
~गीत~
तिम्रोजस्तो मुटु भए, जिउन गार्हो हुने थे 'न
धरधरी फाट्दा मन, सिउन गार्हो हुने थे' न
आफ्नो भने स्वार्थी मुटु, ढुङ्गाजस्तै बनाएर
छाडी दियौ भूइँ झरेको, थुङ्गाजस्तै बनाएर
अपमानका प्यालाहरू, पिउन गार्हो हुने थे' न
तिम्रोजस्तो मुटु भए, जिउन गार्हो हुने थे' न
जस्तो तिमी बन्दै गयौ, त्यस्तै बन्न सक्तिन म
चुलिएको विश्वाश ढाल्न, जगै खन्न सक्तिन म
भत्किएको मनको भित्ता, लिउन गार्हो हुने थे' न
तिम्रोजस्तो मुटु भए, जिउन गार्हो हुने थे' न !
*************************
रचना : © रमेश पौडेल
स्वर / सङ्गीत / सुनो एआई
विशेष धन्यवाद : अमित घिमिरे
भिडियो सिर्जना : आवरण क्रियशन Aawaran Creation
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: