Khokana/Kabina n Birthday in Newa style
Автор: Kabina singh and Family
Загружено: 2019-10-15
Просмотров: 1109
म सानैछँदा देखि भाषा, कला, संस्कार र संस्कृति प्रति लगाव रहेको र आप्mनो क्षमताले भ्याएसम्म संरक्षण र सम्बद्र्धन गर्नुको साथसाथै गर्व गर्दै आइरहेकी म कविना महर्जन हाल सात समुन्द्र पारी अमेरिका आएपछि पनि विगत ९ वर्षदेखि नेवाः भाषा, कला, संस्कार र संस्कृति सम्बन्धि विविध क्रियाकलापमा निरन्तर सक्रिय हुँदै आइरहेकी छु ।
सोही क्रममा म जन्मेको ठाउँ नेपालको ललितपुर जिल्लाको “खोकना”को बारे र नेवार समुदायले जन्मदिन मनाउने मौलिक “सगुन परम्परा” र सो सम्बन्धि चलि आएको धार्मिक मान्यता र प्रचलनलाई प्रचारप्रसार गर्ने उद्देश्य सहित “How to do a Newar Birthday Celebration” बारे Riviving Nepalbhasa Team सँग मिलेर तयार पारेको सामाग्री Youttube र Facebook मा एक वर्ष भित्र करिव १ लाख ७७ हजार पटक हेरिसकेकोमा मलाई निकै खुशी र गर्व महशुस भइरहेको छ ।
मेरो यो प्रयासलाई साथदिने Riviving Nepalbhasa Team लाई हृदय देखि आभार प्रकट गर्दछु । साथै हेरि दिनुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: