नेपाल संम्वत ११४६। न्हू दँ या भिंतुना । Kathmandu । Nepal । Newaculture । Tradition ।
Автор: Purna kalash Online media
Загружено: 2025-10-22
Просмотров: 158
नेपाल संम्वत ११४६। न्हू दँ या भिंतुना । Kathmandu । Nepal । Newaculture । Tradition ।
#nepal #kathmandu #Newa Culture #festival #Nepal Sambat
नेपाल सम्वत् (छोटकरीमा : नेसं) नेपालमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् हो। नेपाल सम्वत्का प्रवर्तक शङ्खधर साख्वाः हुन्। उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो। भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.सं. ९३६ र सन् ८७९ अक्टोबर २० का दिन देखि सुरुवात भएको थियो। नेपालमा औपचारिक रूपले यो सम्वत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो। अहिले ११४१ हो।
इतिहास
पहिलो ज्योतिषका अनुसार शङ्खधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो। त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए। अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ।[१] अर्को किंवदन्ती अनुसार शङ्खधर भन्ने एक व्यापारी थिए। उनी धेरै धनी थिए। शङ्खधरका साथीहरू पनि व्यापारी थिए। तर शङ्खधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो। ती साथीलाई शङ्खधरको व्यापारप्रति डाह भयो। उनीहरूले जालसाजी गरेर राजालाई 'यसले अनैतिक व्यापार गरेको छ' भनी पोल लगाइदिए। यो उजुरीपछि राजाले शङ्खधरको सम्पत्तिमाथि अतिक्रमण गरे। यसबाट विचलित शङ्खधर जोगीजस्तै भएर हिँड्न थाले। पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो। राजाले पश्चताप गर्दै 'तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ' भने। गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शङ्खधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे। सबै जनताको ऋण मोचन भयो। त्यस आधारमा पनि नेपाल सम्वत् चलेको भनाइ छ।[१]
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: