छातीकोटको इतिहास बोकेको दोहोरी // Min Bishwakarma VS Renuka Thapa // Dur Darpan 2082
Автор: Dur Darpan
Загружено: 2025-06-30
Просмотров: 3663
Dur Darpan Presents :-
🎶 Audio Credits:-
Nepali Song - Jhalko Lali Othako
➤ Singer – Milan Lama & Devi Gharti Magar
➤ Lyrics – Milan Lama
➤ Music – Milan Lama
• Jhalko Lali Othako - Milan Lama & Devi Gha...
----------------------------------------------------------------------
Live Creation:
Lead Male Singer
🎤Min Bahadur Bishwokarma
Lead Female Singer:
🎤Renuka Thapa
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
©Dur Darpan,2020
नेपालका मल्ल बंश बन्धुहरू पढ्नैपर्ने आलेख
बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका वडा नं ५ छातीकोट मा रहेको पर्यटकीय धार्मिक स्थल सम्बन्धी इतिहास ३३ कोटी देवता जुन त्यो ठाउँमा बसोबास गर्दै आउनुभएका मल्ल राजा शान्ति बम मल्लको २० औं शताब्दीमा निर्मित पालादेखि बसोबास रहेको पाइन्छ। गर्वको कुरा त यो छ कि विभिन्न राजा रैतीहरू छातिकोटमा राज गर्न खोज्दै जाँदा विभिन्न खालका समस्याहरू उत्पन्न भएको पाइन्छ। सो ठाउँमा एउटा राक्षस बस्ने गर्दथियो। सो राक्षस अजिंकरको रूप धारणा गरी सो छातिकोट दरबारमा रहेका राजा हरूलाई एकै रातीभित्र आहारा गर्ने गर्दथे। हजारौँ राजाहरू त्यस राक्षस अजिंकरको आहारा बन्न पुगे यस्ता कष्टहरू सहन नसकेर त्यहाँका राजाहरू त्यो ठाउँ छोडेर विस्थापित भएको हुँदा सो दरबारमा लामो समय सम्म राज गर्न कसैले पनि नसक्ने कुराहरू थाहा भएपछि मल्लवंश राजा शान्तिबम मल्ल दुल्लु हुँदै जुम्ला राज्य चलाउँदै गर्दा सो कुराहरू शान्ति बम मल्ल राजा कहाँ पुग्यो कुण्डा क्षेत्र राजा काजी रैतीले शान्ति बम मल्ललाई छातीकोट दरबार सम्म ल्याउने निर्णय प्रस्ताव गरे जुम्ला राज्य छोडेर शान्तिबम मल्ल नवदुर्गा भगवती अवतारसँगै राजा मल्ल बाजुरा जिल्लाको पिपल डाली भन्ने ठाउँ एउटा सभाखलो थियो। सो ठाउँमा उपस्थित भए पिपलडाले कार्की रैती काजी रहने गरी मल्ल राजा शान्ति बम मल्ल छातीकोटदरबारमा प्रस्थान गरियो। सो ठाउँमा पुगिसकेपछि पोरख्या देखि पिलुचैर सम्मका विभिन्न काजी रैतीहरू भन्न थाले अब राजा त ल्यायौं भोलि बिहानसम्म जीवित रहँदैनन्। भन्ने कुराहरू आपसमा काजी रैतीहरूको खन्दन चलिरह्यो।
छातीकोट दरबारबाट साँझ सबै काजी रैती हरू आआफ्नो घरतिर फर्कि सकेपछि साँझको १२ :३० बजे सो ठाउँको विशाल राक्षस अजिङगरको रूप धारणा राजालाई सिध्याउँछु भनेर राजदरबार पुग्गेपछि हाम्रो मान्य देवता नवदुर्गा भुवानी कालिका देवी बरम मष्टा देवताहरूको अद्भुत शक्ति कालिका देवीको अवतार ले गर्दा रातभर युद्ध सञ्चालन भयो सो युद्ध देवीदेवताको रक्षाले गर्दा त्यो राक्षेस अजिङ्गरलाई राजा शान्तिबम मल्ल इस्पात त्रबारले सात टुक्रामा विभाजन विजय हासिल गरे जब बिहान सूर्योदय भयो सम्पूर्ण काजी रैतीहरू छातीकोट राजादरबारमा उपस्थित भए हेर्दा राजा जीवित देखें सम्पूर्ण काजी रैती मिलेर त्यो दिनदेखि राजदरबारमा शान्त भएर राज्य चलाउने हुकुम भयो
त्यसपछि छातीकोटदबारको जनसङ्ख्या दिनप्रतिदिन बढ्दै गयो सो ठाउँबाट मल्लहरू विभिन्न ठाउँमा बसाईसराई गर्ने प्रचलन रह्यो। छिमेकी जिल्ला मुगु डोल्पा डोटी बझाङ डडेलधुरा डोटी हुम्ला कालिकोट जस्ता थुप्रै जिल्लामा छातीकोटबाटै मल्ल राजाहरू गएको एउटा इतिहास पाइन्छ।
कतिपय मल्लहरूले थरमा मल्ल नलेखाएर छत्याल लेखाउने प्रचलन पनि देखिन्छ। छत्याल भनेको शब्द छातीकोट बाट गएको हुँदा छत्याल लेखिएको भन्ने कुराहरू सुन्नमा पनि आइरहेको छ छातीकोटमा बिभिन्न देवीदेवताको धार्मिक स्थल रहेको छ जसमध्ये नब दुर्गा भगवति कालिका मस्टो ब्रह्मष्टो कालासिल्लो भैरव देवता लागो धल्पुरो कुराडेमस्टो छडा खेती मस्टो दुधे मष्टो देवताहरूको बासस्थान रहेको र मस्टो भवानी कलासिल्लो देवताको आफ्नो इतिहास पनि रहेको पाइन्छ ईतिहास सुदूरपश्चिम प्रदेशमा मनाइने महत्त्वपर्व भुओ पर्वको विशेष महत्व रहेको छ।
भनेको त के छ जुन छातीकोटमा मस्टो देवताका धामी रेठु मल्ल राजाले त्यहाँको राक्षससँग युद्ध लडी छातीकोटका थुप्रै सन्तानहरू बचाएको इतिहास पनि पाइन्छ र नव दुर्गा भगवतिको आफ्नो पहिचान छुट्टै छ किन भनें जब कल्यालीराज्य थियो तब जुम्लाबाट कल्याली राजाको टोली छातीकोट मा पुग्यो छातीकोटको राजदरबार कब्जा गर्न आक्रमण सुरु गर्यो सुरु हुने के क्रममा त्यस दरबार का राजा शान्तिबम मल्ल लाई आक्रमण गरियो। गर्ने क्रममा राजाका सबै परिवारहरू त्यसमा सखाप गरिन्छ असफल भएर कल्याली राजा पुन जुम्लातिर फर्के।बाँच्न सफल एउटा गर्भवती रानी मात्र लुकेर बसेको हुँदा त्यहाँ को भगवती दैविक शक्ति का कारणले बाँच्न सफल रानी त्यो ठाउँबाट (जगन्नाथ ) ढाँडाकोटी गाउँ पुग्नुभयो। पुगेपछि त्यहाँका बिष्टहरूले हाम्रो रानी लाई लुकाएर छिपाएर राखेको हुँदा गर्भ धारणा भई मल्ल राजाशान्ति बम मल्लको सुपुत्र जन्मिए पुन राज्यसत्ता उहाँको हातमा सुम्पियो। पुन फेरि राज्य सत्ता कब्जा गर्न भनी फेरि प्रवेश गरियो। प्रवेश गर्दै क्रममा नवदुर्गा भुवानी को थानबाट भगवती सहित रक्तियाखण्डा दुध्याखाडा आशा गुर्जा लाई आफ्नो कब्जामा लिए कल्याली राजा लिएर जाँदै गर्दा बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका को पिपलडाली भन्ने ठाउँमा भगवतीले विछल देखाएको पाइन्छ। अरिङ ग्याल बिच्छीको रूप धारणा गरी एउटा ठूलो पत्थरमा होल बनाएर बस्न सफल भएको इतिहास पाइन्छ। त्यसले गर्दा हाम्रा पूजनीय ब्राह्मण बढीमालिका उखाडी निवासी पण्डित जी लाई सपना देखाई उनीहरूलाई भन्नुभएको थियो। म नवदुर्गा भगवती हो। म यस्तो ठाउँमा विभिन्न प्रजातिको रूप धारणा गरेर बसिरहेकी छु यो कुरा छातीकोटका राजा काजी रैती हरूलाई मेरो विषयमा कुराहरू सुनाइदिनु भनेर उहाँले सपना देखाउनुभयो। त्यसपछि पण्डित गएर छातीकोटका राजा काजी रैतीहरू कहाँ बिन्ती बिसाउनुभयो त्यसपछि छातीकोटबाट सम्पूर्ण उपस्थित भई उक्त डोली का साथ सो भगवतीको बास बसेको ठाउँसम्म पुग्दै गर्दा एउटा अजिङ्गर को रूप धारणा गरी उक्त डोलीसँगै पुन छातीकोटमा फर्किए पछि पुन ः पाठ पूजा सुरु भयो।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: