त-ल्होछर (घोडा वर्ग) स्पेसल मंङकी हिल २०२६ जनवरी-१ part-1
Автор: Padam Gurung Hong-Kong
Загружено: 2026-01-03
Просмотров: 4199
हार्दिक धन्यवाद🙏🙏🙏🙏🙏
-तमु ट्हो ह्युल हङकङद्वारा आयोजित त-ल्होछार कार्यक्रममा विशेष "ईभेनको रूपमा रहेको तमु झाँकि प्रतियोगितामा" निरन्तर हामी यचके ताङतिङ परिवारले आफ्नो विरासत कायम गर्दै यो साल त-ल्होछारमा पनि पहिलो स्थान हासिल गर्न सफल भएको छ। यचके ताङतिङ परिवारको एकता, सहनसिलता, मिहिनेत र अदभूत कलाकौशलताले मात्रा यो सातौं पटकको ऎतिहासिक सफलता प्राप्त भएको हो। यो ऎतिहासिक जीतकोलागि सम्पूर्ण यचके ताङतिङ परिवारलाई हृदयदेखि आभार प्रकट गर्दछु । साथै हाम्रो यो कला, संस्कार संस्कृति, हाम्रो क्षमता र पहिचानलाई हङकङमा मात्र नभएर सारा विस्वा भरी चिनाउन यो झाँकि प्रतियोगिता मार्फत सुनौलो मौका प्रदान गर्नुहुने आयोजक संस्था तमु ट्हो ह्युल हङकङप्रति पनि बिशेष धन्यवाद व्यक्त गर्दछौं।
हामीले हाम्रो क्षमताले भ्याएसम्म हरेक सालको झाँकि प्रतियोगिताहरुमा तमुहरुको जिबनसैली जन्म देखि मृत्यु सम्ममा भोगचलन गर्ने हरेक प्रकारको हाम्रो संस्कृति र संस्कारलाई कलात्मक ढंगबाट सन्देशको रूपमा प्रस्तुत गर्दै आइरहेका छौं। त्यस आधारमा पनि हामी अरु भन्दा केहि पृथक र उत्कृष्ट साबित हुँदै आएका छौं ।। यसअर्थमा हाम्रो प्रस्तुतिलाई हरेक पटक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हेरेर मुल्यांकन गर्नुहुने र सकारात्मक सल्लाह सुझाव दिएर सहयोग गरिरिरहनु हुने सम्पूर्णमा अन्तर हृदयदेखि मुरी मुरी धन्यवाद प्रकट गर्दछौं।।।
"संक्षेपमा यो पटक हामीले प्रस्तुत गरिएको हाम्रो झाँकि कन्सेप्ट सिम्पल र सरल थियोे"।
©©©~विभिन्न नारा सहितको प्लेकार्ड,हामीले उपभोग गर्ने सरसामानहरु बोक्दै, चिटिक्क एकनासे भेषभुषा अनिवार्य शिर देखि पाँउसम्म मिलेको चालीस देखि पचास जना सम्मको संख्या । जसमा झाँकिको अग्रपंक्तिमा तमुहरुको एक मात्र संस्कार र संस्कृतिलाई कार्यान्वयन गर्दै जिवित रूपमा चलयमान गरिरहनुहुने तमु संस्कारको साक्षी हाम्रो खेगीहरु पज्यु चिव, क्ल्होरी चिव र लम चिवलाई राख्ने । त्यस पछि खेगीहरुले तान्त्रिक बिधिद्वारा मन्त्राएर बनाएको भग्योलाको काठ तासेर बनाएको वार धजापत जस्तो बनाएर ब्यनर सहित सिमेभुमे देबिदेबता सम्झिदै धुपधार गरि अगाडि बढ्ने । जब स्टेजमा प्रवेश गर्छौं, पहिला हाम्रो खेगीहरुले आ-आफ्नै तरिकाबाट तान्त्रिक बिधिले त्यो ठाउँमा शुद्धता गर्दछ्न अर्थात त्यहाँ केही अदृश्य शक्तिहरुछन कि भनेर पन्छाउने काम गर्दछ। त्यसपछि हाम्रो कलाकारीता र कथा सुरु हुन्छ। पाँच जना रिमैं महिला र पाँच जना पुरुष मुयुमैंले डोको स्याखु सहित स्टेजमा हुरी गर्ने चलन वा (नोकुर लब) (परमा लगाने) सामुहिक काम) ठट्यौली पारामा स-प्रसंग सहित सम्बाद गर्दछ। हुरी हाल्ने मुलघरधनीले (स्वरु) खानको लागि प्रतेक सदस्यलाई बाड्दछ। (स्वरु बिहान पहिलो चरणमा खाने खाजा) एक हिसाबले कति सदस्य हुरीमा आए वा के काम कसरी गर्ने भन्ने मोर्निङ बृफिङको लागि यो खाजा स्वरु खाने चलन चल्दै आएको छ। केही मिठो सम्बाद पछी दिउँसोको खाजा ढिंडो खाने बेला हुन्छ। त्यही स्टेजमै ढिंडो केराको पातमा राखेर टिम्मुरको छोंप संग मीठो तरिकाले खाजा खान्छन् ।
त्यहीँ क्रममा हुरी हाल्ने मुलघरको साईला बाजेको नातीको छेबर गर्ने रे भन्ने कुरा चल्दछ। केही सम्बादमै सबैलाई छेबरमा आउने निम्तो सुनाउँछ। (विडम्बना छेबर गर्ने नाती केटा जन्मजात मुख बोल्न सक्नुहुन्न)। ३ बर्ष देखि छेबर गर्ने सुभसाईत पनि निक्लेको हुदैन। तर भाग्य भनौं या सौभाग्य यो बर्ष बर्ग फेरिए पछि संयोगले छेबर गर्ने साईत जुर्दछ। बिधिपुर्वक छेबर गर्दछ र अन्तमा आमाले रुपा लगाई स्वाई स्वाई स्वाई गरि तिनपटक स्वाई गर्दा अचानक दस बर्षमा पहिलो पटक मां मां भनेर नातीको बोली पुट्दछ। नाति केटाको सौभाग्य भनौं या बिधिपुर्वक गरेको कार्यले भनौं वा हाम्रो धार्मिक आस्थाले भनौं बाबु बोल्न सक्ने हुन्छ। त्यसपछि यो खुसियालीमा नाचगान गर्ने सल्लाह हुन्छ। साईला बाजेको बिशेष आग्रहमा गाउँमा रहेको पुरानो सोराठी नाच नाच्ने तयारी हुन्छ। र यो लोपोन्मुख अवस्थामा रहेको यो सोराठी नाच प्रस्तुत हुन्छ। यसरी हाम्रो झाकी समाप्त हुन्छ।
यही कथा र विषयवस्तुमा रहेर प्रस्तुत गरेको हाम्रो झाकी सर्वोत्कृष्ट ठहरिएको छ।
फेरि पनि सम्पूर्णलाई धेरै धेरै धन्यवाद ।।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: