मानव बेचबिखन विरुद्ध नेपाल प्रहरी
Автор: Nepal Police
Загружено: 2025-02-05
Просмотров: 1298
मानव बेचबिखन अनुसन्धान ब्युरो
Website: https://ahtb.nepalpolice.gov.np
परिचय:
मानव बेचबिखन तथा ओसारपसार मानवता विरुद्धको जघन्य अपराध हो । शुरुमा मानव बेचबिखन दास (Slavery) र बंधुवा श्रमिक (Bonded Labor) वा यौन दासीको रुपमा मात्र सीमित थियो भने हाल यो अपराध विश्वभर आधुनिक दासता (Modern Slavery) को रुपमा फैलिएको छ । अवैध लागु औषध (Illegal Drugs) र हात हतियार (Illegal Weapons) कारोवार पछि विश्वमा तेस्रो ठूलो संगठित अपराधको रुपमा मानव बेचबिखन तथा ओसारपसार देखिएको छ । महिला तथा बालबालिका र वयस्क पुरुष समेत यस अपराधबाट अत्याधिक रुपमा पीडित भएका छन् । कमारा कमारी, बंधुवा तथा दास प्रथा हुँदै आजको युगमा आधुनिक दासता (Modern Slavery) को रुपमा मानव बेचबिखन तथा ओसारपसारलाई लिन सकिन्छ । नेपालबाट विशेष गरी भारत, खाडी मुलुक, अफ्रिकन देशहरू, युरोपियन तथा अमेरिकन देशहरूमा विभिन्न स्वरुप तथा प्रकृतिमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि अपराधहरु भईरहेका छन । मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि अपराध नियन्त्रण गर्न एउटा विशिष्टिकृत एंव साधनस्रोत सम्पन्न ईकाईको आवश्यकता महसुस गरी सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममूखी बनाउन नेपाल प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहने गरी मानव बेचबिखन अनुसन्धान ब्युरोको गठन भएको हो ।
स्थापना :
मिति २०७५ साल जेठ २७ गतेको नेपाल सरकार (मन्त्रीपरिषद) को निर्णयानुसार मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना गरिएको हो । व्यूरोले मिति २०७६ साल वैशाख २९ गतेबाट कानून किताब व्यवस्था समितीको भवनमा कार्यालय स्थापना गरी कार्यारम्भ गरेको छ । ब्युरोको कामलाई विशिष्टिकृत गर्दै मिति २०७६ भदौ ४ गतेको नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय भई प्रहरी नियमावली २०७१ मा सातौ संशोधन गरी यस ब्युरोको लागि कार्यादेश प्राप्त भएको हो ।
उदे्श्यहरु (Objectives):
१) मानब बेचबिखन तथा ओसारपसार सम्बन्धि अपराधको प्रभावकारी रोकथाम र अनुसन्धान गर्ने,
२) मानब बेचबिखन र ओसारपसारबाट भएका पीडितहरुको उद्धार र संरक्षणमा सहयोग, र समन्वय गर्ने,
३) मानब बेचबिखन सम्बन्धमा अन्य प्रहरी कार्यालयहरुबाट भए गरेका कार्यहरुको सुपरिबेक्षण, अनुगमन, सहयोग र समन्वय गर्ने,
४) मानब बेचबिखन विरुद्ध जनचेतनामूलक र सशक्तीकरणका कार्यक्रमहरु संचालन गर्ने,
५) मानब बेचबिखनको सम्बन्धमा अन्तराष्ट्रिय समन्वय र साझेदारी कायम राख्ने,
कार्यादेश: मिति २०७६ भदौ ४ गतेको नेपाल सरकार (मन्त्रीपरिषद्) बाट निर्णय भई प्रहरी नियमावली, २०७१ मा सातौ संशोधन गरेर यस व्यूरोको लागि निम्नानुसारको कार्यादेश प्राप्त भएको छ ।
• मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसूर गर्न / हुन नदिने,
• मानव बेचबिखन सम्बन्धि कसुरको अनुसन्धान गर्ने, पीडितको उद्धार एवं संरक्षणको व्यवस्था मिलाउने,
• मानब बेचबिखन सम्बन्धमा अन्य प्रहरी कार्यालयबाट भए गरेका कार्यहरुको सुपरिबेक्षण, अनुगमन, समन्वय गर्ने र
• मानव बेचबिखन तथा ओसारपसार सम्बन्धमा अभिलेख व्यवस्थापन गर्ने ।
कानूनी अधिकार :
• मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को परिच्छेद २ दफा ४ ले तोकेका कसूरहरुको अनुसन्धान गर्ने,
• नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णयबाट प्रहरी नियमावली, २०७१ मा सातौ संशोधन भई प्राप्त कार्यादेशको कार्यान्वयन गर्ने ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: