New Christmas Song/ Yeshuko janmale khishiyali lyayo by KR
Автор: Nepali Christian Worship Songs
Загружено: 2025-11-18
Просмотров: 357
#song
#christmas
#christmassong
#christmascarol
#love
बेतलेहेमको त्यो सानो गोठमा,
आशाको ज्योति फैलियो।
स्वर्गदूतले खबर सुनायो,
“उद्धारकर्ता जन्मिनुभयो!”
यही खुशीयाली गीत बनेर,
आज हाम्रो हृदयमा गुन्जिरहेछ।
येशूको जन्मले खुशीयाली ल्यायो,
हृदयमा उज्यालो नयाँ आशा जगायो।
शान्ति र प्रेम लिएर जगतमा आउनु भयो,
होसन्ना, प्रभु येशू जन्मिनु भयो!
होसन्ना, प्रभु येशू जन्मिनु भयो!
गोठाला दौडिए आनन्द भएर,
राजा भेट्न त्यो सानो बालकलाई।
पूर्वका ज्ञानी ज्योतिषीहरु,
उपहार लिएर आए भेट्न उहाँलाई।
त्यो रातको महिमा आज पनि,
हाम्रो जीवनमा बोलिरहेछ।
येशूको जन्मले खुशीयाली ल्यायो,
हृदयमा उज्यालो नयाँ आशा जगायो।
शान्ति र प्रेम लिएर जगतमा आउनु भयो,
होसन्ना, प्रभु येशू जन्मिनु भयो!
होसन्ना, प्रभु येशू जन्मिनु भयो!
अँध्यारो मेटाइ आशा दिएर,
प्रेमको बाटो देखाउनुभयो।
हामीलाई जीवन दिनु भनेर,
स्वर्गबाट पृथ्वी आउनुभयो।
हामीलाई जीवन दिनु भनेर,
स्वर्गबाट पृथ्वी आउनुभयो।
येशूको जन्मले खुशीयाली ल्यायो,
हृदयमा उज्यालो नयाँ आशा जगायो।
शान्ति र प्रेम लिएर जगतमा आउनु भयो,
होसन्ना, प्रभु येशू जन्मिनु भयो!
होसन्ना, प्रभु येशू जन्मिनु भयो!
येशूको जन्मले खुशीयाली ल्यायो,
विश्वासको नयाँ दीप जलायो।
सबैका मनमा आनन्दको स्वर,
येशू जन्मिनुभयो—होसन्ना राजालाई!
परमधाममा परमेश्वलाई महिमा
पृथ्वीमा मानिसहरुलाई शान्ती
होसन्ना येशू राजालाई
होसन्ना येशू राजालाई
येशूको जन्मले खुशीयाली ल्यायो,
हृदयमा उज्यालो नयाँ आशा जगायो।
शान्ति र प्रेम लिएर जगतमा आउनु भयो,
होसन्ना, प्रभु येशू जन्मिनु भयो!
होसन्ना, प्रभु येशू जन्मिनु भयो!
Keshab Rai
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: