सुन्दरीजलमा बागमती नदि।bagamati
Автор: Kapanonline
Загружено: 2020-11-02
Просмотров: 41
कपन अनलाइन
काठमाडौं ,कार्तिक १८।
शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको बुढानिलकण्ठ-मुलखर्क सडक खण्ड निर्माणमा बेवास्ता गरिएको छ। काठमाडौं उपत्यकाको उत्तरी पर्वत शृंखला शिवपुरी क्षेत्रमा रहेको बुढानिलकण्ठ पानी मुहान देखि सुन्दरीजलको मूल खर्क सम्म रहेको सडक खनिएको निकै लामो समय भएपनि यसको विस्तार र थप सुधारको पहल भए भएको छैन।
ककनी- गुर्जे भन्ज्याङ - बुढानिलकण्ठ डांडागाउँ -पानी मुहान -नागी गुम्बा ,तारेभिर हुदै तिन जिल्लाको संगम चिसापानी सम्मको साहसिक र पर्यटकीय यात्रा तथा पदयात्राका लागि धेरैको रोजाई बन्ने सम्भावना हुँदा हुँदै पनि सो सडक सरोकारवाला निकायको बेवास्ताका कारण ओझेलमा परेको छ।
काठमाडौं उपत्यकाका जुन सुकै स्थान बाट करिव १ घण्टाको यात्रामा पुगिने रास्ट्रिय निकुन्ज भित्रको सो सडकमा हिउँदमा जेनतेन सवारी साधन चलाउन सकिए पनि वर्षातको समयमा भने सो सडक खण्ड पूर्ण रुपमा बन्द रहने गरेको छ।
यहाँ क्लिक गर्नुहोस :
https://kapanonline.com/archives/98207
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: