Elder Buddi Raj Sunuwar एज्रा 3:7. 9परमप्रभुका भवनको निर्माण को काम.....
Автор: Sapaniya and Prerna
Загружено: 2025-12-28
Просмотров: 91
Elder Buddi Raj Sunuwar एज्रा 3:7तिनीहरूले डकर्मी र सिकर्मीहरूका निम्ति रुपियाँ अनि सीदोन र टुरोसवासीहरूलाई लेबनानबाट समुद्रको बाटो भएर योप्पासम्म देवदारुका काठहरू ल्याउन तेल र खाद्य दिए, किनभने तिनीहरूले फारसका राजा कोरेसबाट यसो गर्ने अनुमति पाएका थिए।
8यरूशलेममा भएको परमेश्वरको भवनमा फर्केर आएका दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले र तिनीहरूका बाँकी दाजुभाइहरू, अर्थात् पूजाहारीहरू र लेवीहरू र कैदबाट यरूशलेममा फर्केर आएका सबै जनाले काम सुरु गरे। परमप्रभुका भवनको निर्माण-कार्यको रेखदेख गर्न बीस वर्ष र त्यसभन्दा उँभोका लेवीहरूलाई तिनीहरूले नियुक्त गरे। 9परमप्रभुका भवनको निर्माण गर्नेहरूको रेखदेख गर्ने काममा येशूअ र तिनका छोराहरू र भाइहरू, र कादमीएल र तिनका छोराहरू (होदबियाका सन्तानहरू), र हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र भाइहरू— जो सबै लेवी थिए— एकसाथ लागेका थिए।
10जब बनाउनेहरूले परमप्रभुका मन्दिरको जग बसाले, तब पूजाहारीहरूले आफ्ना पोशाक लगाएर तुरहीका साथमा, र लेवीहरू (अर्थात् आसापका छोराहरू) झ्यालीको साथमा इस्राएलका राजा दाऊदले तोकिदिएको रीतअनुसार परमप्रभुको प्रशंसा गर्न आ-आफ्ना स्थान लिए। 11तिनीहरूले स्तुति गर्दै र परमप्रभुलाई धन्यवाद दिँदै यसो भनेर गाए,
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: