कठै ! आयो है ? श्यामप्रसाद श्रेष्ठको कठैको घुम्टो खोलियो !
Автор: E-Guru Techno Plus
Загружено: 2025-04-19
Просмотров: 80
श्यामप्रसाद श्रेष्ठको कथा सङ्ग्रह "कठै" कृति विमोचन समारोह सम्पन्न भएकोछ । प्रमुख अतिथी वरिष्ठ कथाकार मधुवन पौडेल,प्रमुख वक्ता अर्थात समिक्षक वरिष्ठ समालोचक प्राडा भरत कुमार भट्टराई,विशीष्ट अतिथी भागिरथी श्रेष्ठ ,श्रीओम श्रेष्ठ रोदन,अतिथी डा शेखर कुमार श्रेष्ठ ,कृष्ण प्रधान, जयदेव भट्टराई ,हरेन श्रेष्ठ आमन्त्रित साहित्यकारहरु मनीष कुमार शर्मा,दिपक लोहनी,कात्यायन,दिव्य गिरी, ध्रुवराज थापा, रासा, सत्या अधिकारी, बिमल कुमार ताम्राकार, प्रार्थना खनाल, महेन्द्र न्यौपाने, बिरेन मालाकार, मिथिला अधिकारी, राजेशमान केसि लगाएत ६० जना भन्दा वढी साहित्यकारहरुको उपस्थित रहेको थियो।
कार्यक्रममा कृतिको स्रष्टाको संक्षिप्त परिचय साहित्यकार किशन पौडेलले , स्वागत मन्तव्य लघुकथाकार ध्रुबराज थापाले गर्नु भएको थियो।पुतली सडक स्थित ग्रीनलिफ फुडमा सञ्चालन गरिएको उक्त कार्यक्रमको सञ्चालन आयोजक संस्थाको सदस्य सुदिप हाडाले कुशलता पुर्वक गर्नु भएको थियो।कार्यक्रम सृजनाअभियानको आयोजनामा संस्थाको सचिव बरिष्ठ साहित्यकार श्री ध्रुव मधिकर्मीको सभाध्यक्षतामा सञ्चालन गरिएको थियो।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: