CHHORA | A SONG FROM MY DAD | OFFICIAL VIDEO
Автор: DRSxKilleryt
Загружено: 2025-06-05
Просмотров: 106443
यो गीत मेरो छोराप्रति समर्पित छ, जो एक इस्पोर्ट्स खेलाडी हो। तर यस गीतको भाव केवल उनि मै सीमित छैन। यो सबै आमाबाबु र अभिभावकहरुको लागि हो, जसले आफ्ना सन्तानहरूलाई आफूभन्दा धेरै अगाडी पुगुन् भन्ने सपना देख्छन्—जसले आफ्नो सन्तानलाई गगनचुली महानता प्राप्त गर्न सकुन् र जीवनमा सबै कुरामाथि जित्न सकुन् भन्ने चाहना राख्छन्।
यो ती आमाबाबुहरूप्रति समर्पित छ, जसले सन्तानको एउटा सपना पूरा गर्न आफ्ना हजारौं सपनाहरू त्याग्न तयार हुन्छन् । ती आमाबाबुहरू जो कसैसँग हार्न चाहदैनन् तर आफ्नै सन्तानले आफुलाइ जित्दा खुशी हुन्छन्। जसले आफ्ना सन्तानको सानो उपलब्धिलाई पनि उत्सवजस्तै मनाउँछन्, आफ्ना सन्तानले पार गरेका हरेक चुनौतिहरुमा गर्वका आँसु खसाल्छन्।
सबैभन्दा महत्वपूर्ण कुरा, यो गीत एक बुबाको हृदयबाट बगेको छ—एक यस्तो माया, जो अडिग, निःस्वार्थ र सीमाहीन छ ।
Lyrics : Shanta Bhandari
Vocal : Pratap Das
Music arranged: Sanjal Bhandari
Compose : Chandra Sirmal and Shanta Bhandari
Concept : Shanta Bhandari
Direction: Nita Rai Esaya
Edit/Camera: Isak Jabegu
Make up: Sandhya Rai
Actors: Shahas Bhandari,Hanna Bhandari, Arush Magar, Mayans
Special thanks
Prakash Pakhrin
Love Light Society
Lyrics:
छोरा, तिमी जित्दै जीउ
तिम्रो सानो हात पक्रेर, ताती गराउँदै डोर्याएको,
तिम्रा साना साना प्राप्तीहरूमा, खुशीहरू मनाएको ।
तिम्रा हरेक संघर्षहरूमा, म संगै हुने छु,
तिमी लड्दा म पहिला रूनेछु, तर उठ्न सिकाउने छु ।
छोरा, तिमी जित्दै जीउ,
हर सफलता मेरो उत्सव हुनेछ ।
तिम्रा हरेक जीतहरूमा,
म गर्वले आँसु खसाउने छु ।
तिमीले आकाश छुने लक्ष्य राख्दा, म खुशी हुन्छु,
तिम्रो एक सपना पूरा गर्न, मेरा हजार सपनाहरू त्यागी दिन्छु ।
तिमी अघि बढ्दा संसारले रोकेता पनि,
म तिम्रो हरेक पाइलामा हौसला दिनेछु
तिम्रा हरेक जीतहरूमा, मेरा हारहरूलाई,
सहर्ष स्वीकार गर्ने छु ।
तिमी जहाँ पुगे पनि, छोरा,
मेरो आशीर्वाद सधैँ तिमी संगै हुनेछ ।
छोरा, तिमी जित्दै जीउ,
हर सफलता मेरो उत्सव हुनेछ ।
तिम्रा हरेक जीतहरूमा,
म गर्वले आँसु खसाउने छु ।
Lyrics:
Son, Keep Winning
Holding your little hand, guiding you with warmth,
Celebrating your small achievements with joy.
In every struggle you face, I will always be with you,
When you fall, I will cry first, but I will teach you to rise.
Son, keep winning,
Every success of yours will be my celebration.
With every victory you achieve,
I will shed tears of pride.
When you dream of touching the sky, I will be happy,
To fulfill even one of your dreams, I will sacrifice a thousand of mine.
Even if the world tries to hold you back,
I will be there, cheering you on with every step.
For every victory of yours,
I will gladly accept my losses.
No matter where life takes you, my son,
My blessings will always be with you.
Son, keep winning,
Every success of yours will be my celebration.
With every victory you achieve,
I will shed tears of pride.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: