Poem Collection - Prema Sirpali | SHORT CLIP | On Air With |
Автор: On Point
Загружено: 2024-05-05
Просмотров: 142
#onpoint #trending
Poem Collection - Prema Sirpali | SHORT CLIP | On Air With |
ON POINT युट्युव च्यानल SUBSCRIBE गर्न नभुल्नुहोला । धन्यावाद
मितिः २०८१ बैशाख २२ गते शनिबारको दिन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको त्रैमासीक कार्यक्रम अन्तर्गत एकल रचना वाचनको ३० औं श्रृङ्खला जिल्ला समन्वय समिति रुकुम पश्चिमको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षता रहेको सो कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहकार एवम मध्यपश्चिम विश्वविद्यालय मुसीकोट खलङ्गा रुकुम पश्चिमका उपप्राध्यापक तथा पूर्व क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो । विशेष अतिथिहरूमा इच्छुक सांस्कृतिक प्रतिष्ठानका प्राज्ञ सदस्य खगेश्वर भण्डारी, एकल रचना वाचक साहित्यकार प्रेमा सिर्पाली हुँनुहुन्थ्यो ।
अन्य अतिथिहरूमा प्रगतिशील लेखक सङ्घ नेपाल रुकुम पश्चिमका अध्यक्ष खेमराज खड्का, जनविकास पुस्तकालय रुकुम पश्चिमका उपाध्यक्ष नारायणप्रसाद शर्मा, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका उपाध्यक्ष एक्कबहादुर केसी, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रुकुम पश्चिमका सदस्य एवम् रेडियो सानीभेरीका पत्रकार परिचन्द्र खत्री, मध्यपश्चिम विश्वविद्यालय मुसीकोट खलङ्गा रुकुम पश्चिमका स्ववियू सह–सचिव नरेन्द्र खड्का, कोषाध्यक्ष दूर्गा विश्वकर्म, सदस्य लोकेन्द्र बिक, साहित्यप्रेमी अमृता पुन, कृष्ण बुढाथोकी, फलिराम सिर्पाली लगायतका हुनुहुन्थ्यो । औपचारिक रुपमा सुरु भएको सो कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सह–सचिव सीता बुढाको स्वागत भाषण रहेको थियो भने कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो ।
एकल रचना वाचक स्रष्टा सिर्पालीले विभिन्न शीर्षकका ३ वटा कविता, १० वटा गजल र १९ वटा मुक्तक तीन चरणमा वाचन गर्नुभएको थियो । स्रष्टा सिर्पालीद्वारा वाचित सम्पूर्ण रचनाको समीक्षा साहित्यकार एवम् समालोचक मुकुन्दप्राद शर्माले गर्नुभएको थियो । उक्त अवसरमा परिचन्द्र खत्री, खेमराज खड्का, दूर्गा विश्वकर्र्मा, नारयाणप्रसाद शर्मा, खगेश्वर भण्डारी, मुकुन्दप्रसाद शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो । सो अवसरमा अन्य स्रष्टाहरू क्रमशः दूर्गा बिश्वकर्म, सीता बुढा, खेमराज खड्का, एक्कबहादुर केसी, नारायणप्रसाद शर्मा, खगेश्वर भण्डारी, ओमबहादुर खत्री, मुकुन्दप्रसाद शर्मा लगायतले रचना वाचन गर्नुभएको थियो ।
#foryou #youtubeshorts #viral #01_on_trending_for_literature @onpoint7251 #onpoint #onpoint7251 #नेपाली साहित्य #नेपाली_गजल_मुक्तक_कविताहरु #nepaligajal
About Channel
1.upload action movie,clip
2.upload new news
3.upload unique news
4.upload tech tips
5.upload scienceficate magic
6.upload funny videos
7.upload Prank,comedy,high tech videos
8.How to high tech
9.how to earn mony
10.how to sucess life street
Naya Naya News
Location on Rukum west Nepal,
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: