चौरस्ताकाे भानु सालिग, दार्जिलिङबाट BGPM का केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलको विरोध अभिव्यक्ति
Автор: sparsh channel kalimpong
Загружено: 2024-11-08
Просмотров: 9
विज्ञप्ति
चौरस्ताकाे भानु सालिग, दार्जिलिङबाट BGPM का केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलको विरोध अभिव्यक्ति
"नेपाली साहित्य सम्मेलन, नेपाली साहित्यकार, साहित्यप्रेमीलाई अपिल गर्दछु कि भाजपाका सांसद राजु विष्टले भानुभक्त प्रति गरेको अपमानको विरोध भएको होस।"केशवराज पोख्रेल, केन्द्रिय प्रवक्ता, बिजिपिएम
बीजेपीले भानुभक्त आचार्यको प्रयोग गरेर चुनाव प्रचार गर्नु गोर्खा प्रति अपमान हो। ( नोट: आज वीर पाडामा राजु बिष्टले भानु भक्त को सम्मानमा आयोजन गरेको कार्यक्रममा भानुको सालिक मा BJP काे झण्डा अनि व्यानर राखिएको देखियो। : source: राजु विष्ट पेज)
के राजु विष्ट साँच्चै गोर्खाका सन्तान हुन्? मलाई शंका लागेकाे छ। के उसले कवि रवीन्द्रनाथ ठाकुरको प्रतिमा अघि यस्तो काम गर्नु सक्छ? गोर्खा किन हेपिन्दैछ?
अलिपुरद्वार जिल्लामा गोर्खा उम्मेदवार दिन्छु भनेर हल्ला गर्ने BJP ले मदारीहाटमा उम्मेदवार त दिएनन्। गोर्खालाई जनजाति बनाउछु भन्ने BJP ले मदारीहाटमा खोइ दिएको गोर्खा उम्मेदवार?
आज राजु विष्टले भानुभक्तको अपमान गरेको छ। उनले सम्पूर्ण भारतीय गोर्खा समुदाय अनि विशेष गरी मादारीहाट विधान सभा क्षेत्रका गोर्खालाई माफ माग्नु पर्छ।
नेपाली साहित्य सम्मेलन, नेपाली साहित्यकार, साहित्यप्रेमीलाई अपिल गर्दछु कि भाजपाका सांसद राजु विष्टले भानुभक्त प्रति गरेको अपमानको विरोध भएको होस।
भाजपाको प्रतिनिधि अनि राजु विष्टले यो अपमानको माफी मागेको हुनुपर्छ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: