अम्बिका अर्यालकाे पुस्तक "भावदीप" विमाेचन कार्यक्रम/ Book Lunch of Dr. Ambika Aryal
Автор: Ambika Aryal
Загружено: 2024-10-05
Просмотров: 81
अम्बिका अर्यालकाे पुस्तक "भावदीप" विमाेचन कार्यक्रम
Book Lunch of Dr. Ambika Aryal
आयाेजक : ज्ञानचक्षु साहित्य प्रतिष्ठान
प्रकाशक : सङ्गम बुक्स पब्लिकेसन्स
#children #enjoy #family #literature #poem #viralvideo ##news
गाेरखाली चेली डा. अम्बिका अर्यालको मुक्तकसङ्ग्रह “भावदीप” को विमाेचन
 गोर्खा संसार
१८ आश्विन २०८१, शुक्रबार २२:२०
नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अम्बिका अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसङ्ग्रहको २०८१ असोज १७ गते घटस्थापनाका दिन काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पस, डेनिस हलमा भव्य समारोहबिच सार्वजनिक गरिएको छ । नारी साहित्यकार एवम् समालोचकहरूद्वारा स्थापित ज्ञानचक्षु साहित्य प्रतिष्ठानले यसको आयोजना गरेको हो। भिन्न शैलीमा गरिएको यस कार्यक्रममा अपेक्षा बास्तोला, सोनु श्रेष्ठ, दिया थापा, दर्शना थापा, प्रसिका गौतम, श्रीसा श्रेष्ठ, विद्या पौडेल, विपश्वी ढकाल, यमुना शाह, अस्मिता बस्नेत, सम्भवी ढकालसहित एघार जना कन्याहरूको हातबाट उक्त कृतिको विमाेचन गरिएको थियो ।
नेपाली साहित्यमा नारी सहभागितालाई प्रभावकारी बनाउने उद्देश्यले स्थापित प्रतिष्ठानको आयोजना भएकाले उक्त कार्यक्रमका अध्यक्ष, सञ्चालक एवम् समीक्षक तथा विमाेचनका लागि उपस्थित अतिथि समेत नारीहरू नै रहेका थिए । कार्यक्रमका अध्यक्षता डा. शान्तिमाया गिरी र सञ्चालन उषा आचार्यले गरेका थिए । हाल त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत समीक्षक द्वयमध्ये उपप्रा. मनमाया पोखरेलले यस कृतिले नेपाली मुक्तकलेखनका इतिहासमा महत्त्वपूर्ण ईँट थप्ने काम गरेको दाबी गर्दै नारीचेतनाका दृष्टिबाट विश्लेषण गर्नुभएको थियो भने उपप्रा. दिव्येश्वरी जोशीले शिल्पपक्षका आधारमा लोकार्पित कृतिको गहन समीक्षा गर्नुभएको थियो । यस्तै समालोचक डा. शान्तिमाया गिरीले विषयवस्तु र समसायिकताबारे प्रकाश पार्दै विविध विषयलाई समेटिएको समसामयिक कृतिका रूपमा यसको समीक्षा गर्नुभएको थियो ।
कृतिसमीक्षाका अन्तरालमा प्रतिष्ठानका तर्फबाट राधिका गुरागाईं र रमा के.सी.ले लोकार्पित कृतिका मुक्तक वाचन गर्नुभएकोा थियो भने सहभागीका तर्फबाट साहित्यकार एवम् सञ्चारकर्मी द्वय हेम भण्डारी र भगवती बस्नेत साथै साहित्यकार तथा सङ्गीतकार सन्तोष श्रेष्ठले पनि केही मुक्तक वाचन गरेका थिए । वरिष्ठ साहित्यकार पुष्कर लोहनीले शुभकामना मन्तव्य दिनुभएको थियो । यस कार्यक्रममा विभिन्न विषयका प्राध्यापक, चर्चित साहित्यकार, संस्कृतिविद, इतिहासविद, समालाेचक, सङ्गीतकार, सञ्चारकर्मी अादिको उपस्थितिले हल खचाखच थियो । नेपाली नारीस्रष्टाका उपन्यासमा नारीचेतना विषयमा विद्यावारिधि गरेकी र त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली विभागकी विभागीय प्रमुख गाेरखा पालुङटारमा जन्मिएकी गाेरखाली चेली डा. अर्यालका यसअघि “अविश्रान्त” (२०७५) उपन्यासलगायत आधा दर्जनजति समालोचना कृति प्रकाशित भइसकेका छन् । ‘भावदीप’ मुक्तकसङ्ग्रह सङ्गम बुक्स पब्लिकेसनले २०८१ सालमा प्रकाशित गरेको हो ।
- गाेरखासंसार डट कम
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: