Shyadar Pidar - 2017 / श्याँदर पिदार - ५०७७
Автор: NIK-WAK Group
Загружено: 2018-08-03
Просмотров: 503
नेपालको आदिवासी जनजाति मध्ये एक कोइँच (सुनुवार) जातिमा प्रचलित चाड श्याँदर पिदार प्रकृति तथा पितृको पुजा आरधनामा सुंगुर, राँगा, भेंडा लगायतलाई बलि दिंदै ढोल झ्याम्टा बजाएर नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने मौलिक परम्परागत चाड हो ।
श्याँदर पिदारको सम्बन्ध मुइलिसँग छ । कोँइचहरुमा जति मुइलि छ, त्यति नै किसिमको श्याँदर पिदार पाइन्छ । मुइलि मुख्यतः तीन किसिमको हुन्छ - सरिङमुइलि, जत्नमुइलि, दुमामुइलि; कतै-कतै जत्नमुइलिलाई खुँपोमुइलि पनि भन्ने गरेको पाइन्छ । सरिङमुइलिको श्याँदरलाई सिरि श्याँदर भनिन्छ; जसको बलि दिने पशु राँगा हुन्छ । जत्नमुइलिको श्याँदरलाई जसि श्याँदर भनिन्छ; जसि श्याँदरमा सुँगुर र राँगा बली दिने गरिन्छ भने, दुमामुइलिको श्याँदरलाई गिल श्याँदर भनिछ; गिल श्याँदरमा भेंडा र सुँगुर बलीदिने गरिन्छ ।
कोइँचको मुख्य भूमी रामेछाप, दोलखा, ओखलढुंगामा परम्परागत रुपमा मानिँदै आएको श्याँदर पिदार हाल सिन्धुली, पाँचथर, इलाम, काठमाडौं, ललितपुर लगायतका कोइँच बसोबास भएको स्थानहरुमा यसको विस्तार भएको छ ।
कोइँचहरु बसोबास, रोजगारी, शिक्षा लगायतका कारणले स्थानान्तरण हुँदै गर्दा श्याँदर पिदारलाई यथासम्भव समय सापेक्ष बनाउँदै मनाउने गरिएको छ । राज्यले लादेको नीति, बसाइँसराइ लगायतका कारण आफ्नो मौलिक परम्परा भुल्दै गएका कोइँचहरु पछिल्लो समयमा आएको जागरण चेतनाले मौलिक संस्कृतिप्रतिको आकर्षण बढ्दोक्रममा छ ।
स्रोत : कोइँचको महान चाड शाँदर पिदार एक अदेखा मुक्दुमी सत्य - ईश्वरकिरण सुनुवार 'अतीत'
नोट : मुइलि भन्नाले कोँइच जातिभित्रको बंशक्रम हो ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: