CBSE NEPALI-CLASS XII-LEKH NATH POUDYAL-PRATIVA PARICHAYA -लेखनाथ पौड्याल-प्रतिभा परिचय- कक्षा बाह्र
Автор: Nepali TEACHER
Загружено: 2020-08-07
Просмотров: 8810
लेखनाथ पौड्याल - प्रश्न उत्तर -
1) लेखनाथ पौड्यालको जन्म कहाँ अनि कहिले भएको थियो ?
उत्तर - वि.स. १९४१ पुस १४ गते पोखराको कास्की जिल्लामा पर्ने अर्घाअर्चले भन्ने गाउँमा पण्डित दुर्गादत्त पौड्याल र माता वसुन्धरादेवीका कोखबाट जन्म भएको थियो ।
2)उनका कृतिहरूका नाम लेख ।
उत्तर - कृति - ऋतु विचार, बुद्धि-विनोद, सत्यकलिसम्वाद, लालित्य (भाग १,२) तरूण तपसी, सत्यस्मृति, मेरो राम, गंगा - गौरी , लक्ष्मी - पूजा, अभिज्ञान शाकुन्तल, गीताञ्जलि, त्याग र उदयको सन्देश, गीतासार, भर्तिहरि निर्वेद, पञ्चतन्त्र आदि ।
3) उनको साहित्यिक प्रवृत्ति लेख ।
उत्तर -अध्यात्मवादी पौड्यालका कवितामा मानवप्रेमको सन्देश पाइन्छ। उनका कृतिहरूमा ऋतुविचार र तरूण तपसी प्रशंसनीय कृति हुन् । ऋतुविचारमा छ : ऋतुहरूको वर्णन गरिएको छ । शोषणको अन्त्य गरेर समानताको स्थापना गर्ने पक्षमा उनी छन् । अभिव्यक्तिको श्रेष्ठता नै उनको विशेषता हो ।
4) उनके पिञ्जराको सुगाको के विशेषता छ ?
उत्तर - राणाकालीन नेपालको जर्जर एकतन्त्रिशासनलाई खिल्ली उडाउन पिंजराको सुगा ' जस्तो प्रतिकात्मक कविता रचेर राणाहरूको खुल्ला विरोध गरेका छन् ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: