तनहुँकाे माझिलाङमा सामूहिक कोदो खेती
Автор: National News Agency (RSS)
Загружено: 2025-12-04
Просмотров: 81
डुम्रे (तनहुँ), १६ मङ्सिर ः रैथाने बाली कोदो खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङ सामूहिक कोदो खेती गरिएको छ । म्याग्दे गाउँपालिकाको सहयोगमा दुई रोपनी क्षेत्रफलमा सामूहिक कोदो खेती गरिएको हो ।
कोदो खेतीको प्रवद्र्धन तथा कृषकलाई आकर्षण गर्ने लक्ष्यका साथ गाउँपालिकाले राष्ट्रिय कोदो दिवस (विसं २०८२ साउन १६) मा रोपिएको कोदो भित्र्याउन कृषक व्यस्त छन् । यसअगाडि यस ठाउँमा कृषकले आ–आफ्नै बारीमा मात्रै कोदो खेती गर्दै आएकामा यसवर्षदेखि भने सामूहिक रूपमा कोदो खेतीलाई अगाडि बढाइएको हो ।
गाउँपालिकाले आठ थरीका बिउ उपलब्ध गराएको थियो । समूहमा सम्बद्ध कृषकले यहाँ उत्पादित कोदोलाई ब्राण्डिङ गरेर निर्यात गर्ने जनाएको छ ।
विगतमा यस क्षेत्रमा झाम्रे, ठूलो मुडे, सानो मुडेलगायत यहाँका रैथाने प्रजातिका कोदो लगाउने गरिएको छन् । गण्डकी प्रदेशले रैथाने बालीको प्रवद्र्धन गर्दै स्थानीय मदिरा उत्पादनलाई ब्राण्डिङ गरी आयस्रोतसँग जोड्ने निर्णय गरेसँगै यहाँको कृषक उत्साहित बनेका छन् ।
यहाँ उत्पादित कोदोको ब्राण्डिङ गरी खरिद तथा बिक्रीका लागि प्रवन्ध मिलाउने भएपछि किसानलाई प्रेरित गरेको छ । कम लागतमा उत्पादन गर्न सकिने र भण्डारणमा अन्य बालीको तुलनामा कम क्षति हुने भएकाले यसको खेतीमा फाइदा रहेको जनाइएको छ । कोदोलाई स्वस्थकर खाद्यको रुपमा पनि लिइन्छ ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: