Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

Raat Bhari Huri Chalyo (रातभरि हुरी चल्यो)... Full Story... Recitation.. CBSE, Class -X

Автор: Biren Rai Official

Загружено: 2023-07-24

Просмотров: 2296

Описание:

     रातभरि हुरी चल्यो  -   इन्दबहादुर राई

१)’रातभरि हुरी चल्यो’ कस्तो कथा हो ?

उत्तर- सामाजिक यथार्थवादी कथा ।

२)' रातभरि हुरी चल्यो' कथामा हामीले कस्तो-कस्तो हुरीको चित्रण पाउँछौं?

उत्तर- प्रस्तुत कथामा हामीले दुई प्रकारका हुरीको चित्रण पाउँछौं। एकातिर प्राकृतिक (Naturally) रूपमा आएको हुरी-बतासको चित्रण पाउँछौं भने अर्कोतर्फ यस कथाको भुक्तभोगी पात्राद्वय कालेका बाबा र आमाको मनमा प्राकृतिक रूपमा आएको हुरी-बतासले सृजना गरेको डर, त्रास, चिन्ता, पश्चताप औ रीसको हुरीको पनि चित्रण पाउँछौं।

३) 'रातभरि हुरी चल्यो' कथामा कथाकारले के सन्देश दिन चाहेका छन्?

उत्तर-प्राकृतिक आपद्-विपद् जुन सुकै ठाउँमा पनि आउँन सक्छ-चाहे गाउँ होस्-चाहे शहर होस्;जहींकहींका मानिसहरूले पनि प्राकृतिक आपद्-विपद्हरूको सामना गर्नु पर्ने हुन्छ तर प्राकृतिक आपद्-विपद्हरूको आयो भनेर भागेर होइन, हिम्मत राखेर कसरी हुन्छ त्यसको सामना गर्दै जीवनप्रति सदैव आस्थावान् भएर, आशावादी बनेर जिउँन सक्नुपर्छ भन्ने सन्देश दिनुभएको छ कथाकारले यस कथामा।

४) "बडा बारी गर्ने भइस्! ठूलो भाग खालिस्।उ अझै फतफतायो रीसले।"

क) उक्त गद्यांश भएको पाठ सहित रचनाकारको नाम लेख्नुहोस्।

उत्तर:- उक्त गद्यांश भएको पाठको नाम ‘रातभरि हुरी चल्यो' अनि रचनाकारको नाम हो – इन्द्रबहादुर राई ।

ख) बारी गर्नु भनेको के हो?

उत्तर:- बारी गर्नु भन्नाले कृषि तथा खेतीपाती गर्नु बुझिन्छ।

ग) उक्त भनाईको वक्ता को हुन्?

उत्तर:- कालेको बाबा।

घ) यहाँ 'उ' पात्र रीसले फतफताउनुको कारण के थियो?

उत्तर:-उक्त कथाको ' उ ' पात्र अथवा कालेको बाबा आफ्नी स्वास्नीको जिद्धीको कारणले खेतीपाती तथा गाई-पालन गरेर जीवन धान्ने विचार गरेर शहरबाट पहाडी भेकको आफ्नो गाउँमा बसाइँ सर्छ तर यता गाउँमा दिन-रात हुरी बतास औ झरीले दु:ख दिन्छ उनीहरूलाई। यसैकारण, कालेको बाबाले दिक्क मान्दै आफ्नी स्वास्नीप्रति रीस पोखाउँछ फतफताउँदै।

५) ‘रातभरि हुरी चल्यो' कथाको  पात्र/पात्राहरू को को हुन्?

उत्तर- कालेका बाबा र आमा(मुख्य पात्र-पात्राहरू)

काले र उसकी बहिनी, पी.बी. गुरुङ र उसकी श्रीमती, दोरंगा-दोरंगिनी, मोक्तान बाबु (गौण पात्र-पात्राहरू)

६)”हे महाकाल बाबा ! तिमी छौ राख्ने- बचाउने ।“ यहाँ महाकाल बाबालाई पुकार्ने व्यक्ति को हुन्? उसले किन महाकाल बाबालाई पुकारेका  हुन् ?
उत्तर- यहाँ महाकाल बाबालाई पुकार्ने व्यक्ति कालेको बाबा हुन् । रातभरि आएको त्यो हुरी बतासदेखि आतंकित भएर (डराएर) उसले महाकाल बाबालाई पुकारेका हुन्।

७) आफूले कस्तो निर्णय गरेपछि कालेकी आमाको मनमा ढुक्क लाग्यो?
उत्तर- दूध बेच्न बजार जाने क्रममा कालेकी आमाले गाउँमा भएको घर, गोठ, गाई-वस्तु, रूख-पात, जमीन सबै बेचेर फेरि बजारमा भाडाको कोठामा बस्ने, आफूले चाहिँ ठूलीकी आमाले जस्तो सब्जी-पसल थाप्ने, अनि आफ्नो लोग्नेलाई चाहिँ चौकीदारको काम नभए बढई काम गर्न लाउने साथै छोराछोरीलाई बजारकैमा पढाउने निर्णय गर्छिन् मनमनै । यस्तो निर्णय गरिसकेपछि का आमाको मनमा ढुक्क लाग्यो।

८)कालेकी आमाले बजारमा कसलाई कोठा हेरी मागिन् ?
उत्तर- कालेकी आमाले भुजा पसलमा फूल मिठाई किन्न आएकी एक जना आइमाईलाई बजारमा कोठा हेरी मागिन् ।

९)पी.बी. गुरूङको कहाँ केको पसल थियो?
उत्तर-पी.बी. गुरूङको लेडेनला सडकमा ड्राइ क्लिनको दोकान थियो ।

१०)पी.बी. गुरुङकी श्रीमतीको मृत्यु कसरी भयो?
उत्तर- रात्रीको हावापानीमा बिरालो खोज्न बाहिर जाँदा चप्पल चिप्लिएर लडेर पी.बी. गुरूङकी श्रीमतीको मृत्यु भयो।

११) “जाबो बिरालोले गर्दा पो रैछ त! कालेकी आमाले बिस्तारै भनी”- जाबो बिरालोले गर्दा के भएछ?
उत्तर:-  जाबो बिरालोले गर्दा पी.बी. गुरूङकी श्रीमतीको लडेर मृत्यु भएछ ।

१२)कालेकी आमाले शहर छोडेर किन गाउँमा बसोबासो गर्ने निर्णय लिइन्?
उत्तर- कालेको बाबा शहर बस्दा पुलिसको काम गर्थ्यो तर बढ्दो महंगाईमा उसको एक्लो कमाइले आफ्नो परिवारको गुजारा चलाउनु एकदमै हम्मे- हम्मे परिरहेको थियो।यसैले, गाउँमा भएको दुई ऐकर जत्ति जमीनमा खेतीपाती औ गाईवस्तु पालन गरेर जीविका चलाउने उद्देश्यले कालेकी आमाले शहर छोडेर गाउँमा बसोबासो गर्ने निर्णय लिइन् ।

१३)शहरमा बस्दा कालेको बाबाले के काम गर्थ्यो?
उत्तर:- पुलिस काम गर्थ्यो।

१४) प्रस्तुत कथामा निनीकी आमा भनेर कसलाई चिनिन्छ?
उत्तर:- पी. बी. गुरूङकी श्रीमती।

१५) “तेरै जिद्धीले यस्तो ठाउँमा घर बनाको”- यहाँ कसको जिद्धीले कहाँ घर बनाउने काम भएको छ ?
उत्तर:- यहाँ कालेकी आमाको जिद्धीले पहाडी बस्तीमा घर बनाउने काम भएको छ।

१६)कालेकी आमाले कथाको अन्तमा के गर्ने विचार गरेकी छे? किन?
उत्तर:- कालेकी आमाले कथाको अन्तमा फेरि गाउँ-बस्तीमा नै बसेर आफ्नो घर बारी स्याहार्ने विचार गरेकी छे किनकि जब उसले हुरी-बतासको कारणले पी.बी. गुरुङकी श्रीमतीको मृत्यु भएको खबर सुन्छिन् तब उसलाई ज्ञात हुन्छ कि प्राकृतिक आपद- विपद त जहीं पनि आउँदो रहेछ- चाहे गाउँ होस्- चाहे शहर- कोही पनि अक्षुण्ण छैन रहेछ ।

१७) प्रस्तुत कथामा निनीकी आमा भनेर कसलाई चिनिन्छ?
उत्तर:- पी.बी. गुरुङकी श्रीमती ।

कथा विश्लेषण तथा सम्भावित प्रश्नहरूका लागि निम्न भिडियो हेर्नुहोस्:-
   • Raat Bhari Huri Chalyo(रातभरि हुरी चल्यो)-...  
   • Raat Bhari Huri Chalyo.... Possible Questi...  

Raat Bhari Huri Chalyo (रातभरि हुरी चल्यो)... Full Story... Recitation.. CBSE, Class -X

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

Raat Bhari Huri Chalyo(रातभरि हुरी चल्यो)- इन्द्रबहादुर राई, CBSE, Nepali, Class-X...

Raat Bhari Huri Chalyo(रातभरि हुरी चल्यो)- इन्द्रबहादुर राई, CBSE, Nepali, Class-X...

СЪЕДЕННЫЕ СИФИЛИСОМ: 10 звезд СССР, чьи лица и разум разрушила «грязная болезнь».

СЪЕДЕННЫЕ СИФИЛИСОМ: 10 звезд СССР, чьи лица и разум разрушила «грязная болезнь».

रातभरि हुरी चल्यो || Ratbhari Huri Chalyo || Indrabahadur Rai ||

रातभरि हुरी चल्यो || Ratbhari Huri Chalyo || Indrabahadur Rai ||

ВАЖНО!

ВАЖНО! "Увы, предпосылок нет": что доложили Путину, как ударили по Киеву, гибель Капустина, Орешник

दशौं कक्षाविषय: नेपाली, कविता: मेरो बचाइको एक दिन।

दशौं कक्षाविषय: नेपाली, कविता: मेरो बचाइको एक दिन।

कथाः हवल्दार । कथाकारः महानन्द पौड्याल । Story: Hawaldar By Mahananda Poudyal

कथाः हवल्दार । कथाकारः महानन्द पौड्याल । Story: Hawaldar By Mahananda Poudyal

Если у тебя спросили «Как твои дела?» — НЕ ГОВОРИ! Ты теряешь свою силу | Еврейская мудрость

Если у тебя спросили «Как твои дела?» — НЕ ГОВОРИ! Ты теряешь свою силу | Еврейская мудрость

Nepalai Narahe / नेपालै नरहे(गीत ) - माधव प्रसाद घिमिरे  Class 11/12

Nepalai Narahe / नेपालै नरहे(गीत ) - माधव प्रसाद घिमिरे Class 11/12

Class 11 RAAT BHARI HURI CHALYO|

Class 11 RAAT BHARI HURI CHALYO|"रात भरि हुरी चल्यो " full audio

Classes 11 & 12 Nepali Topic: तेस्रो घर

Classes 11 & 12 Nepali Topic: तेस्रो घर

CLASS X NEPALI / DESH MAHIMA

CLASS X NEPALI / DESH MAHIMA

ТОП 10 АКТРИС КОТОРЫЕ ОТДАВАЛИСЬ ВЛИЯТЕЛЬНЫМ ЛЮДЯМ ИЗ СССР

ТОП 10 АКТРИС КОТОРЫЕ ОТДАВАЛИСЬ ВЛИЯТЕЛЬНЫМ ЛЮДЯМ ИЗ СССР

Paral Ko Aago (परालको आगो)- Full Story....Recitation... CBSE, Class -X

Paral Ko Aago (परालको आगो)- Full Story....Recitation... CBSE, Class -X

НИЩИЕ В США: 10 ЗВЕЗД СОВЕТСКОГО СПОРТА, КОТОРЫЕ ПОЖАЛЕЛИ ОБ ЭМИГРАЦИИ!

НИЩИЕ В США: 10 ЗВЕЗД СОВЕТСКОГО СПОРТА, КОТОРЫЕ ПОЖАЛЕЛИ ОБ ЭМИГРАЦИИ!

10 народных любимцев СССР, умиравших от сифилиса в полном одиночестве

10 народных любимцев СССР, умиравших от сифилиса в полном одиночестве

Придуманное Рождество: как было на самом деле? — о. Алексей Уминский и Андрей Десницкий, FR ENG SUBS

Придуманное Рождество: как было на самом деле? — о. Алексей Уминский и Андрей Десницкий, FR ENG SUBS

Raatbhari Huri Chalyo | रातभरि हुरी चल्यो (Audio Book) l Indrabahadur Rai | HSEB | Sabaiko Nepali

Raatbhari Huri Chalyo | रातभरि हुरी चल्यो (Audio Book) l Indrabahadur Rai | HSEB | Sabaiko Nepali

Почему Азовское море — самое опасное в мире

Почему Азовское море — самое опасное в мире

ОН СБЕЖАЛ ПО ДОКУМЕНТАМ

ОН СБЕЖАЛ ПО ДОКУМЕНТАМ

SIPAHI || सिपाही कथा ||कथाकार : विश्वेश्वर प्रसाद कोइराला || Nepali AudioBook || Rj Samir

SIPAHI || सिपाही कथा ||कथाकार : विश्वेश्वर प्रसाद कोइराला || Nepali AudioBook || Rj Samir

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]