बृहतर क्षेत्र बिकास परिषद अध्यक्ष शितल साहको गम्भीर खुलासा
Автор: Journalist Pramod
Загружено: 2025-07-14
Просмотров: 287
सिडिओको आर्थिक प्रस्ताव अस्वीकार गरेपछि झुटा मुद्दा लगाएको वृहत्तरका अध्यक्ष साहको आरोप
जनकपुरधाम ।वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहले आफूमाथि लागेको कृते हस्ताक्षरको आरोप तत्कालीन धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले षड्यन्त्रपूर्वक लगाएको दाबी गरेका छन् ।
सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै अध्यक्ष साहले माघ १६ गते विदाको दिन सिडिओ कडरियाले आफूलाई आफ्नो निवासमा बोलाएर आर्थिक प्रस्तावसहित वृहत्तर जनकपुर क्षेत्रमा आफ्ना नजिकका व्यक्तिलाई नियुक्त गर्न दबाब दिएको आरोप लगाए । “मैले उक्त प्रस्ताव अस्वीकार गर्दा सिडिओसँग मनमुटाव भयो,” साहले भने, “त्यसपछि झोकमा उनले आफ्नो अफिसका केही कर्मचारीहरूलाई प्रयोग गरी षड्यन्त्रपूर्वक मुद्दा लगाएका छन् ।”
अध्यक्ष शितल साहले आफूमाथि लागेको मुद्दाबारे तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तत्काल जानकारी गराएको बताए ।
उनले भने, “मैले गृहमन्त्रीलाई फोनमार्फत भनेँ — म पनि राज्यमन्त्रीसरहको मान्छे हुँ, तर एउटा सिडिओले मलाई आर्थिक प्रस्ताव राख्दै नियुक्तिको कुरा गरे । त्यस विषयमा म तपाईंलाई भेटेर कुरा गर्न चाहन्छु ।“ उनका अनुसार गृहमन्त्रीको तर्फबाट सकारात्मक प्रतिक्रिया आए पनि केन्द्रको राजनीतिक खिचातानीका कारण मुद्दा बेवास्ता भयो ।
साहले सिडिओ कडरियाले सरुवा हुनु अघि तत्कालीन एसपी भुवनेश्वर तिवारीलाई प्रभावमा पारेर जबर्जस्ती मुद्दा दर्ता गराएको आरोप पनि लगाए । उनका अनुसार, कुनै पनि मुद्दा दर्ता हुनु पूर्व छानबिन हुनु पर्नेमा पदको दुरुपयोग गर्दै मुद्दा दर्ता गरिएको थियो । “म बाध्य भएर जिल्ला प्रहरी कार्यालय धनुषामा आत्मसमर्पण गरें,” उनले भने । थुनामा ६ दिन बसेपछि हस्ताक्षर आफूले नगरेको प्रमाणित भएपछि आइतबार हाजिरी जमानीमा रिहा भएको जानकारी पनि दिए ।
साहले आफू सञ्चालक रहेको रेडियो जनकपुरमा प्रहरीले जबर्जस्ती छापा मारी ४ घण्टासम्म वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कागजात खोजी गर्दा पनि कुनै संचारमाध्यमले आवाज नउठाउनु दुःखद भएको टिप्पणी गरे ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा आफु अध्यक्ष भएको तीन वर्ष भएपनि आन्तरिकद्धन्द्धका कारण केहि गर्न नसकेको बताउदै उनले अब जनकपुरधामको कायापलट गर्ने योजनाहरु कार्यान्वयनमा ल्याउन लागेको बताए । भारतीय एम्वेसीबाट २ अर्वको बजेट लगभग अन्तिम चरणमा रहेको बताउदै जनकपुरधाममा मेरिज डेस्टीनेसन बनाउनका लागि ३ करोड,जानकी मन्दिर लगायत मन्दिरको सरसफाईका लागि ३ करोड र आठ देशको पर्यटनमन्त्री सम्मेलीत अन्तराष्टिय सम्मेलन गर्नका लागि १ करोड बजेट छुटयाइएको बताएका छन् ।
उनले लामो समय देखि कर्मचारीहरुले तलव नपाएको सम्वन्धमा एउटा पनि कर्मचारीको दरवन्दी स्वीकृत नभएको गम्भीर खुलासा गरे । उनले भने,ऐनको दफा २५ मा वृहत्तरले एन बनाउन सक्ने र उक्त ऐन नियम मन्त्रीपरिषदबाट पारित भएपछि नियम लागु हुने प्रावधान रहदै आएकोमा वृहत्तरमा २०५८ सालमै बनेको नियमावली अहिले सम्म मन्त्रीपरिषदबाट पारित नभए पनि जवरजस्ती २०६७ सालमा गरिएको छनोटमा दरवन्दी स्वीकृत गर्नुपर्नेमा नगरिएको बताए ।
कर्मचारीहरुलाई नियुक्तीको फाईल माग गरेपछि कसैले दिन नमानेको उनले बताए । वर्षो देखि गरिदै आएको चलेखेलमाथि आफु अध्यक्ष भएपछि रोक लगाउदा कर्मचारीहरुले आफनो प्रवेस निषेध सम्म गरेको दुखेसो पोखेका थिए ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: