रमाइलो होला (Ramailo Hola) || Loknath Manaen || Khristiya Bhajan Virtual Choir || Chelaz
Автор: Moa Jamir
Загружено: 2023-09-10
Просмотров: 3894
रमाइलो होला (Ramailo Hola)
Cover Song by Khristiya Bhajan Virtual Choir and Chelaz
Composer: Loknath Manaen
Audio and Video Works: Moa Jamir
Project Coordinator: Merina Tamang and Bijay Tamang
Special Thanks to Darshan Tamang
Singers:
1. Roshan Maharjan
2. Sushant Majhi
3. Sanjana Lama
4. Sameer Majhi
5. Sagar Katwal
6. Rick Gurung
7. Nishan Rai
8. Jenas
9. Dipen Lama
10. Darshan Tamang
11. Bikay Deula
12. Bijay Lama
13. Bikky Rokka
14. Salina Rokka
15. Bishal Rokka
16. Raj Shahi
17. Neeru Shahi
18. Debora Tiwari
19. Daniel Tiwari
20. Merina Tamang
21. Parbat Basnet
22. Srijana Rai
23. Yamima Bomjan
24. Munu Ang
25. Lebez Maharjan
26. Priskeela Tiwari
27. John Das
28. Hanna Biswokarma
29. Esther Dangol
30. Sophia Gurung
31. Paul Lakandri
32. Lal Bahadur Suna
प्रभुका प्रिय यी दुई छोराहरू अर्पण र अलकेशको सम्झनामा ख्रीष्टिय भजन क्वाएर र चेलाज समूहद्वारा गाइएको भजन तपाईंहरू माझ प्रस्तुत गर्दैछौं।
वि.सं. २०४१ साल असार २३ गतेका दिन बुबा पास्टर तारा कुमार तामाङ र आमा तुलसा तामाङको कोखबाट ३ छोराहरू मध्ये कान्छा छोराको रूपमा अर्पण तामाङको जन्म भएको थियो। उहाँ सानैदेखि नै मिलनसार, मेहनेती, सहयोगी, प्रभुको भयमा जिउने, बचनमा जरा गाडिएको, ख्रीष्टियन गीत-संगीतलाई माया गर्ने साथै गीत संगीतमा अति नै रूची राख्नुहुन्थ्यो।
मानिसहरूलाई प्रभाव पार्न सक्ने अगुवापनको क्षमताभएको प्रभुको असल छोरा हुनुहुन्थ्यो। समयको निकै ख्याल राख्ने, सबै कामहरूलाई संयमित र सुव्यस्थित ढंगमा मिलाएर राख्न सक्ने, संचार माध्यममा अब्बल, ज्ञानले पूर्ण, सबै उमेर समुहमा घुलमिल हुन सक्ने र सबैलाई प्रभाव पार्न सक्ने प्रभावशाली, असल व्यक्तित्वको धनी हुनुहुन्थ्यो। अर्पण, नामले मात्र अर्पण नभएर प्रभुमा साँच्चै नै सम्पूर्ण तवरले अर्पण भएका र समर्पित परमेश्वरका छोरा हुनुहुन्थ्यो। सबैको प्यारो अर्पण परमेश्वरको पनि अति नै प्यारो हुनुभयो ।
उहाँ आराधना अगुवाई गर्ने, संगीत सिकाउने कार्यमा पोख्त हुनुहुन्थ्यो ।
उहाँ आबद्ध रहनुभएको क्षेत्रहरू यस प्रकार छन्:
नेइम ज्ञानेश्वर चर्च, आराधना झुण्ड र जवान संगतिमा अगुवाइ
ख्रीष्टिय भजन क्वाएरमा अगुवाई
OIC Ministry मा अगुवाई
धुलाबारी टाउन मण्डली र आबद्ध मण्डलीहरूमा अगुवाई
स्प्राउट टेक्नोलोजी / क्लाउड फ्याक्ट्री
उहाँ धेरै व्यस्तताको बावजुद पनि समय निकालेर मण्डलीको सम्पूर्ण सेवा-संगति, प्रार्थना संगतिहरूमा सहभागी हुने गर्नु हुन्थ्यो र अरूहरूलाई पनि यसो गर्नलाई निरन्तर उत्साह दिने गर्नु हुन्थ्यो।
संगति र संगीतको दौरान धेरै भाइहरू उहाँसँग धेरै नजिक भए। प्रभु येशू पुनरुत्थान हुनुभएको दिन (इष्टर)मा रमाउदै संगतिको लागि १२ जना भाइहरूको समूह गोदावरी पार्कमा जानुभयो, अनि त्यहीँ दिन उक्त समुह चेलाज समुहको रूपमा नामाकरण हुन गयो ।
अर्पण तामाङ र अलकेश थापाको सम्बन्ध एकदमै प्रगाढ थियो। दुई दाजु-भाइ नङ र मासुको सम्बन्ध जस्तै गरि आखिरी घडीसम्मै रहे।
अलकेश थापाको जन्म वि.स. २०४५/०८/०१ गतेका दिन श्रीमती रन्जिता थापाको कोखबाट भएको थियोे। अलकेश भाइ पनि मिलनसार, सहयोगी व्यक्ति हुनुहुन्थ्यो। उहाँले आफ्नो काम सँगसँगै सेवकाईमा निरन्तरता दिइराख्नुभयो ।
उहाँ सहभागी हुनुभएका क्षेत्र यस प्रकार छन्;
नेइम ज्ञानेश्वर मण्डली (आराधना झुन्ड र जवान संगति)
ख्रीष्टिय भजन क्वाएर
धुलाबारी टाउन मण्डली, झापा
अर्पण तामाङ र अलकेश थापा चेलाज समूहमा रहेर समूहका एक-अर्कालाई उत्साह प्रदान गर्नुका साथै प्रभुका गीतहरू सिकाउने, प्रार्थनामा सहभागी हुने, वचनबाट उत्साह दिने कार्यमा सधैं तम्तयार हुनुहुन्थ्यो। चेलाज समूह, धुलाबारी टाउन मण्डली र टोक्ला मण्डलीका जवानहरूसँगै मिलेर संगति गर्नका लागि काठमाडौंबाट २० जनाको समूह झापा गएर फेरि काठमाडौंतर्फ फर्कने क्रममा अर्पण तामाङ र अलकेश थापालाई परमेश्वरले उहाँहरूको जीवनको दौड पूरा गराइ आफ्नो अनन्तको घरमा लैजानुभयो ।
अय्यूब १:२१ "ख" ले भन्दछ;
"परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्।”
मत्ती ६:२७ ले भन्दछ;
तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ?
यशैया ५७:१ "ख" ले भन्दछ;
भक्त मानिसहरू उठाइलगिन्छन्, तर कसैले बुझ्दैन कि दुष्टदेखि जोगाइनलाई धर्मी मानिस उठाइलगिन्छन्।
यर्मिया २९:११ ले भन्दछ;
किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई।
माथी उल्लेख गरिएका यी र यस्तै परमेश्वरको जिवित बचनहरूबाट शान्ति र साहस अनुभव गरि एकदिन फेरि अनन्तको लागि भेट्ने नै छौं भन्ने आशामा हामी पनि आफ्नो दौडमा अघि बढिरहेका छौं।
परमेश्वरले आफ्नो योजना अनुसार उहाँका असल छोराहरूलाई उहाँको योजना पूरा गराउनुभएर लानुभयो। उहाँलाई जे असल लाग्यो, उहाँले त्यहीँ अनुसार गर्नुभयो।
उहाँहरूको जीवनको लागि परमेश्वरलाई सधैं धन्यवाद दिइ नै रहन्छौं। उहाँहरू सधैं हाम्रो सम्झनामा रहिरहनुहुनेछ। परमेश्वरले जुन योजना उहाँहरूको जीवनमा पूरा गर्नुभयो । परमेश्वरलाई धन्यवाद छ। हामीहरू पनि परमेश्वरले दिनुभएको जिम्मेवारी पूरा गर्न सकौं, प्रभुको महिमा हाम्रो जीवनबाट भएको होस् ।
धन्यवाद ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: