K Chha? [Reboot] Nepali Rap 2025 | shahnTED ft. Sumit Pathak
Автор: Aankha Frameworks
Загружено: 2025-10-01
Просмотров: 2364
K Chha? (Reboot) | shahnTED ft. Sumit Pathak – Official Lyrics Video | Nepali Rap 2025, Gen-Z Revolt — a studio-polished reboot of the original raw cut that amplifies the voice of a generation. From hajurba’s fight for prajatantra to today’s Gen-Z revolt, this track is an anthem for Nepalis who leave home for work, carry family responsibility, and still ask: K Chha? Listen, read the lyrics below, share, and join the movement. #NepaliRap #Nephop #NepaliHipHop #GenZRevolt #Reboot #RapAnthem #NepalMusic #Revolution #shahnTED #SumitPathak #NepaliRap2025
🎧 Song: के छ ? (K Chha? - Nepali Reality Rap)
🎤 Rap & Lyrics: shahnTED (@shahnted)
🎶 Chorus Singer / Music Producer: Sumit Pathak (@officialsumitpathak)
🎚️ Mixing/Mastering: Kobid Bazra (@kobidbazra)
📽️ An Aankha Frameworks (@aankhaframeworks) Presentation
Lyrics:
के छ ?
आइजो भन्दा, के छ ? भन्छ
समुन्द्रको छाल गन्छ,
हिमालैमा के छ ? भन्छ,
हावापानी, बादलै ले,
खान–लाउन दे’छ ? भन्छ ।
के छ ? - के छ ?
उहिलेदेखि दिन्छु भन्या,
अमनचैन खै त ? भन्छ,
बिपना थ्यो पैले फेरि,
सपना भो अहिले भन्छ ।
के छ ?
आइजो, आइजो, आइजो, आइजो,
आइजो भन्दा, के छ ? भन्छ
समुन्द्रको छाल गन्छ,
पहाडैमा के छ ? भन्छ,
हावापानी, बादलै ले,
खान–लाउन दे’छ ? भन्छ ।
के छ ? – के छ ?
जनवादी सरकार जित्या,
हजुरबाले ताली पिट्या,
१०० थरी शासन फेर्दै,
शताब्दिका वर्षौं बित्या,
वर्ग, जाति, लिङ, भाषी
लडिरा’को बुझ्या खै त ?
कुना–ताकी मिलोमतो,
जनमतमा सुझ्या खै त ?
के छ ? – के छ ?
न आश छ, न बास छ,
न फर्किने विश्वास छ
बचन छ, कसम छ,
एउटै त जीवन छ ।
के छ ?
आइजो भन्दा, के छ ? भन्छ
गगनचुम्बी टावर गन्छ,
तराईमा के छ ? भन्छ,
हावापानी, बादलै ले,
खान–लाउन दे’छ ? भन्छ ।
२५, २६, २७ गन्छ,
तिसै काटी बसेकालाई किन बस्या ए ? भन्छ,
उसले दिएको उमेरैको हर्जना पो दे ! भन्छ,
ए? – के छ ?
दरबारमै बसेकाले
सुख पाए के ? भन्छ
मागी खान परे पनि,
दुख छैन रे भन्छ,
के छ ?
हिमालैमा के छ ? भन्छ,
पहाडैमा के छ ? भन्छ,
तराईमा के छ ? भन्छ,
के छ ?
न आश छ, न बास छ,
न फर्किने विश्वास छ
बचन छ, कसम छ,
एउटै त जीवन छ
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: