Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

KALIKA MAII KI JAY / NAIKAP JATRA / NHEGA JATRA

Автор: PUNTAY DIARIES (INSIDE STORY)

Загружено: 2021-12-15

Просмотров: 7036

Описание:

बखुँमल अष्टमी / न्हय्‌गां जात्रा (सात गाउँ जात्रा) :
काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्ह्वःकोट, बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरुलाई सात गाउँले भन्दछन् । यस ठाउँको बखु खोला (इन्द्रमती खोला)को पूर्व उत्तरमा रहेको एक दोभानलाई बखु भन्दछन् । यो एक पीठ हो र यस पीठमा रहेको मुख्य देवीलाई विष्णुदेवी (वैष्णवी) भनी पूजी आएका छन् । यस देवीको वार्षिक जात्रालाई बखुमद जात्रा भन्दछन् ।
बखुमद:
काठमाडौंको पश्चिमतिर शोभागवती र गुहेश्वरी नजिक अस्तमात्रिका मध्ये एक तान्त्रिक देवी ‘लुंटीअजिमा’ इन्द्रायणी देवीको पीठ रहेको छ । यस पीठमा बाला चतुर्दशीका दिन हवन् (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन्मा चढाउने गर्दछन् । एक साल होममा चढाएका मध्ये परेवा बाहिर उडी गएको र त्यही परेवा बसेको ठाउँलाई नै बखु भनेको हो । यसरी परेवा उडी कीर्तिपुरतिर गएदेखिन त्यहाँ परेवा बली दिन छाडेका छन् । ‘बखु’ भनेको परेवा हो । परेवा खोज्दा खोज्दा भेटाउन नसकेकोले परेवा पाएन भनेकै नेवारीमा बखु मदु भनेको र त्यसको अपभं्रस भई ‘बखुमद’ भनी आएको हो । हाल यस ठाउँलाई बल्खु भनी आएका छन् । आफ्नो गाउँ ठाउँ अनुसार विष्णुदेवी, इन्द्रायणी, ब्रम्हायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, आदि अष्टमात्रिकाको पूजा गरी यस बखुमद जात्रा मान्ने गर्दछन् ।
जात्रा पर्व :
यस गाउँको विष्णुदेवी र बालकुमारी मुख्य देवता भएकोले वर्षको एकचोटी खटमा विराजमान गराई पूजा आजा गरी गाउँ परिक्रमा गराई स्थानीय जात्रा मनाउने गरी आएका छन् । पहिले पहिले गाउँमा परिआएको सबै कार्यहरु गुठी मार्फत् गठियारहरु मिली चलाउने गर्दथे । हाल आएर गाउँ विकास समिति, नगरपालिकाहरु गठन भएपछि विकास निर्माणका कार्यहरु स्थानीय निकायले संचालन गर्ने गरिआएका छन् । तापनि गाउँमा परी आउने जात्रा पर्वहरु र अन्य कार्यहरु गुठीहरुले चलाउने गरिआएका छन् । पाँगाको भाजँगालमा विष्णुदेवी र दिउखेलमा बालकुमारीको गरी दुई वटा पीठहरु छन् । पाँगाको मुख्य चोक लाछीमा मन्दिर बनाई यी दुई पीठबाट देवता साधना गरी स्थापना गरी नित्य पूजा गरी आएका छन् । यही देवी र कुमारीलाई खटमा राखी गाउँ परिक्रमा गराई जात्रा मनाउने गरी आएका छन् । नेपाल सम्बत्को महिना थिंल्लाथ्व चौथी देखिन् यस जात्राको लागि आवश्यक व्यवस्था मिलाउने गर्दछन् । सुरुमा बालकुमारीको हवन् पूजा गर्नलाई मण्ड म्य् अर्थात् राँगोको व्यवस्था गर्ने गर्दछ । यसको लागि खड्गी गुठीले छान्न मिल्ने गरी दुई/तीन वटा राँगोको व्यवस्था गरी राखेको हुन्छ । महर्जन गुठीका थकाली र नाईकेहरु मिली कहिँ घाउ खट नभएको राँगो छान्ने काम गर्छन् र थकाली आजुले मञ्जुर गरेको राँगोलाई गुठीमा लगी राख्ने गर्छन् । यसै दिन भेलुः अर्थात् भैरव भनेर पूजा गरी घ्याम्पोमा बाक्लो जाँड भेलुः पकाउने गर्छन् । यो भेलुः चार दिनमै पाक्छ । यसै थिंल्लाथ्व षष्ठीका दिन भोलि सप्तमीदेखि जात्रा पर्वलाई चाहिने सामान व्यवस्था गर्न गुठीमा गुठियारहरु भेला भई आवश्यक काम कुरा गर्छन् । सप्तमीको दिनलाई ‘छ्वेला भू’ भन्दछन् । खाजा खान मासु पोलेको हुन्छ, पोलेको मासुलाई छ्वेला र सबै मिली लाइन बसी खानेलाई ‘भू छुइगु’ भन्दछन् । यसैलाई छ्वेला भू भनिएको हो । छ्वेला भूको दिनदेखि आवश्यक काम गर्न महर्जनहरुको गुठीबाट चौबीस जना चिरीपाहरुलाई काममा खटाएको हुन्छ । यस दिन बेलुकी महर्जनहरुको गुठीले मण्ड म्य् राँगोका साथ दिउखेलको बालकुमारीमा पूजा र हवन् गरी मण्ड म्य् बली चढाउँछन् । मण्ड म्य् बली दिने चलनको पनि एउटा किम्बदन्ती रहेको छ । पहिले पाँगा देउखेलको बालकुमारी परिसरमा मशान थियो । एक समय पाँगामा दिन दहादै मानिसहरु गायव हुन थालेछ र यो कसरी भयो भनेर ज्योतिषीलाई देखाउँदा बालकुमारीको वरिपरि रहेका गणहरुले जीउँदो मान्छेको रगत पिउने गरेको थाहा पाए । अनि क्षमा पूजा गरेर वर्षको एक दिन सप्तमीको दिन जीउँदो राँगाको तातो रगत खुवाउने कवुल गरेर यो मण्ड म्य् बली दिन थालेपछि मान्छे हराउन बन्द भयो । त्यसबेलादेखि अहिलेसम्म थिंल्लाथ्व सप्तमीको दिन मण्ड म्य् बली दिने परम्परा रही आएको छ । यसै राँगा बली दिनेलाई ‘मण्ड म्य् स्यागु’ भन्दछन् । यसरी बली दिएका जीउँदै राँगाको रगत थापेर बालकुमारी मन्दिर परिसरमा रहेका गण देवताहरुलाई चढाइन्छ । जसमा गंगाको मूर्तिलाई सेतो कपडाले छोपेको हुन्छ त्यसपछि राँगाको कलेजो झिकेर एउटा घैंटोमा राखिन्छ जसलाई ‘हि क्वँ’ अर्थात् रगतको घ्याम्पो भनिन्छ । त्यस्तै थ्वक्वँ (जाँडको घ्याम्पो) पनि राखेर बालकुमारीको पुजा गरिन्छ ।यसरी पूजा सकेपछि उक्त मण्ड म्य्को मासु गुठीहरुले भाग लगाई लाने गर्दछन् । त्यही प्रसाद भित्र्याएदेखि गुठीमा जात्रा पर्व सुरु हुन्छ । बालकुमारीको पूजा सकिएपछि पाँगा लाछीमा बालकुमारी र विष्णुदेवीको लागि खट राखिएको हुन्छ । श्रेष्ठहरुको गुठीले आवश्यक ह्वन पूजा गरी मन्दिरबाट देवता खटमा ल्याई विराजमान गराउँछन् । त्यसै बेलुकी खट सहितको बालकुमारी दिउखेलमा लान्छन् । विष्णुदेवीको खटलाई भने भोलिपल्ट साँझमा मात्र लाछीबाट भाजँगाल विष्णुदेवी मन्दिरमा पु¥याइन्छ । त्यहाँ श्रेष्ठ गुठीले ह्वन पूजा गरी प्रसाद खुवाउने गर्दछन् । यस दिनलाई ‘मु या’ भन्दछन् । पाँगादेखि बाहिर भाजँगाल, चोभार, इटागोल, आदिका बासीले यस दिन पूजा आजा गरी पाहुना बोलाई जात्रा मनाउने गर्दछन् । नवमीको दिन मुख्य जात्रा ‘सिन्हया’ भन्दछन् । पाँगाको द्यःचपा (देवता राख्ने ठाउँ)मा विहान सवेरै दिउखेल र भाजँगालबाट देवता सहितको खट ल्याई राखेको हुन्छ । यस दिन विहान प्रत्येक घरबाट पूजा आउने गर्दछन् । सरकारी पूजा गरी प्रसाद सिन्दुर लगाई दिएको हुन्छ । यसैले यस दिनलाई ‘सिन्ह जात्रा’ अर्थात् सिन्दुर जात्रा भन्दछन् । यो पूजा सकेपछि दुवै खट उठाई धिमे बाजा, काँहाँ बाजा र नासिं बाजा बजाई गाउँ परिक्रमा गराइन्छ । प्रत्येक घरले खट आफ्नो घर अगाडि पुगेपछि पूजा गर्ने गर्छन् । करिव साँझ ५÷६ बजे लाछीमा देवताको खट पुगेको हुन्छ त्यसपछि पुनः देवीहरुलाई मन्दिरमै लगी विराजमान गराउँछन् ।

KALIKA MAII KI JAY / NAIKAP JATRA / NHEGA JATRA

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

बखुमदः/ बखुमलः/ न्हय्‌गां जात्रा ११४६  बोसिगाउँ भैरब

बखुमदः/ बखुमलः/ न्हय्‌गां जात्रा ११४६ बोसिगाउँ भैरब

Saat Gaule Jatra 2081 ( Nhega Jatra 1145) #nhegajatra#satungaljatra

Saat Gaule Jatra 2081 ( Nhega Jatra 1145) #nhegajatra#satungaljatra

ओलीबिरुद्ध ईश्वर समूहको युवा भेलाः ओलीलाई हराउने नेताहरुको दावी,विधि स्थापित गर्ने emale

ओलीबिरुद्ध ईश्वर समूहको युवा भेलाः ओलीलाई हराउने नेताहरुको दावी,विधि स्थापित गर्ने emale

KP OLI पहिला पक्राउ पर्छन् कि संसद पुनःस्थापना पहिला हुन्छ ? DR. VIJYA MISHRA को अचम्मको खुलासा

KP OLI पहिला पक्राउ पर्छन् कि संसद पुनःस्थापना पहिला हुन्छ ? DR. VIJYA MISHRA को अचम्मको खुलासा

सात गाउले जात्रा 2082 || saatgaule jatra 2025 || saat gaule jatra 2082

सात गाउले जात्रा 2082 || saatgaule jatra 2025 || saat gaule jatra 2082

Pharping Bajrayogin Jatra//Bajrayogini Jatra-2082// फर्पिङ बज्रयोगि जात्रा // फर्पिङ काठमाण्डौ

Pharping Bajrayogin Jatra//Bajrayogini Jatra-2082// फर्पिङ बज्रयोगि जात्रा // फर्पिङ काठमाण्डौ

हर्क साम्पाङप्रतिको क्रेजलाई मदन भण्डारीसँग तलना गरे वरिष्ठ चिकित्सकले,रवि र कुलमानबारे यस्तो खुलासा

हर्क साम्पाङप्रतिको क्रेजलाई मदन भण्डारीसँग तलना गरे वरिष्ठ चिकित्सकले,रवि र कुलमानबारे यस्तो खुलासा

Kp Oli र सम्पादकहरुको रोचक घोचक सवाल जवाफ , चल्यो नोकझोक देखियो दम को भन्दा को कम ? Otv nepal

Kp Oli र सम्पादकहरुको रोचक घोचक सवाल जवाफ , चल्यो नोकझोक देखियो दम को भन्दा को कम ? Otv nepal

Shreekrishna janmastami jatra NAIKAP KATHMANDU LAKHE DANCE👹👹👹👹👹

Shreekrishna janmastami jatra NAIKAP KATHMANDU LAKHE DANCE👹👹👹👹👹

Harka Sampang नेतृत्व श्रम संस्कृति पार्टीको उपाध्यक्ष बनेपछि Dr. Mitra Pariyar ले किन यस्तो भने।

Harka Sampang नेतृत्व श्रम संस्कृति पार्टीको उपाध्यक्ष बनेपछि Dr. Mitra Pariyar ले किन यस्तो भने।

ङ्या लाकेगु जात्रा #thenewars #wow #puntaydiaries #nepaltravel #culture #god #festival #nepal #wow

ङ्या लाकेगु जात्रा #thenewars #wow #puntaydiaries #nepaltravel #culture #god #festival #nepal #wow

Last day of Saat Gaule Jatra (Nhye Ga: Jatra)

Last day of Saat Gaule Jatra (Nhye Ga: Jatra)

ऋषि धमलाले थर्काए केपी ओलीलाई:रबिलाई थुनेर के पाउनु भो बोल्नुस ओली जी बोल्नुस #rishidhamala #kpoli

ऋषि धमलाले थर्काए केपी ओलीलाई:रबिलाई थुनेर के पाउनु भो बोल्नुस ओली जी बोल्नुस #rishidhamala #kpoli

ढकी जात्रा, सतुंग: ११४६(न्ह्यगां जात्रा) #hamrosanskriti

ढकी जात्रा, सतुंग: ११४६(न्ह्यगां जात्रा) #hamrosanskriti

Krishna Janmastami 2080 (Sinra Lakhe)

Krishna Janmastami 2080 (Sinra Lakhe)

Kirtipur Indrayani Jatra Nhega #thenewars #culture #jatra #kirtipur #festival #religion #history

Kirtipur Indrayani Jatra Nhega #thenewars #culture #jatra #kirtipur #festival #religion #history

Harisiddhi Jatra ll हरिसिद्धि जात्रा ll 2081

Harisiddhi Jatra ll हरिसिद्धि जात्रा ll 2081

Naikap Jatra | SaatGaule Jatra | Chandragiri | Kathmandu | Nepal |  #newariculture

Naikap Jatra | SaatGaule Jatra | Chandragiri | Kathmandu | Nepal | #newariculture

NAYA DHUNKO NEWARI BAJA 🎺🎷📯SAHIT SAAT GAULE JATRA KATHMANDU NAIKAP | KATHMANDU VLOG | YogeshVlogNp

NAYA DHUNKO NEWARI BAJA 🎺🎷📯SAHIT SAAT GAULE JATRA KATHMANDU NAIKAP | KATHMANDU VLOG | YogeshVlogNp

Harisiddhi jatra in panauti | 12 बर्षे पनौती मेला | पनौतीमा हरिसिद्धि भवानीको नाच | 2078 / 12 / 29

Harisiddhi jatra in panauti | 12 बर्षे पनौती मेला | पनौतीमा हरिसिद्धि भवानीको नाच | 2078 / 12 / 29

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]