तेल्मे दाजुभाईहरुको आर्गुम्(पै)कार्यक्रमको तेश्रो दिन||छ्याडु नाच्दै - GURUNG CULTURAL ARGUM-DAY 3
Автор: Tagaaro Entertainment
Загружено: 2025-07-05
Просмотров: 138
तेल्मे दाजुभाईहरुको आर्गुम्(पै)कार्यक्रमको तेश्रो दिन||छ्याडु नाच्दै - GURUNG CULTURAL ARGUM-DAY 3
नमस्कार छ्याँजालो, सम्पूर्ण, आफन्तजन, चेलिबेटी जवै तक्राली मावाली, खेगी गुरु, पच्यु, क्ल्हाप्री, भान्जा भान्जी लगायत ईष्टमित्र हरुमा स्याङजा जिल्ला वालिङ नगरपालिका १२ काहुले गाउँका तेल्में भाई खलकको आज मिति २०८१ पौष २० देखि २०८१ पौष २४ गते सम्म सञ्चालन हुन गइरहेको चौथो पित्री कार्य (पै) अर्घुंमा पाल्नुहुने सम्पूर्णमा हार्दिक हार्दिक स्वागत गर्दछौ ।
पछिल्लो पृष्ठभूमिलाई नियालेर हेर्दा गुरुङ (तमु) समुदायहरुको संस्कार रिति रिवाज अनुसार मानिसको मृत्यु पश्चात, तत्काल वा केही समयपछि व्याक्तिगत अथवा सामुहिक रुपमा पित्रीकार्य अर्घुं (पै) गर्ने गरिन्छ । कुुनै बेला (रहे) पितृको संख्या थोरै वा एक, दुई वटा हुंदै गरिन्छ भने कुनै वेला, पित्रीको संख्या धेरै संख्या पुगी सक्दा पनि अर्घुं (पै) गर्ने अवसर हुदैन । त्यो समय परिस्थिती र दाजुभाईको सल्लाह अनुसार नै हुन्छ । भन्नुपर्दा गुरुङ, तमुहरुले गर्ने पित्रीकार्य आर्घुं (पै) गर्दा आर्थिकको धेरै आवश्यक पर्दछ । साधारणत ९÷१० लाखदेखि उच्च स्तरको ३०÷३५ लाख सम्म खर्च हुने गर्दछ । सोही कुरालाई मध्येनजर गर्दै तेंल्मे दाजुभाई भाई खलकको सल्लाह अनुसार धेरै वर्ष पछि आजको पित्रीकार्य आर्घुं (पै) सञ्चालन गर्न गइरहेको हो ।
आज हुन गइरहेको यो पित्रीकार्य आर्घुं (पै) हाम्रो भाइखलकको चौंथो पित्रीकार्य हो । यसभन्दा अगाडी तीन वटा पित्रीकार्य सम्पन्न भइसकेको छ ।
पहिलो र दोश्रो पित्रीकार्य आर्घुंको बारे खासै विस्तृत रेकर्ड नरहेको भएतापनि तेश्रो पित्रीकार्यको भने हामीसंग रेकर्ड उपलब्ध रहेकोे छ । तेस्रो पित्रीकार्य आर्घुं (पै) ३६ घरधुरी तेंलमे भाइखलकद्धारा सञ्चालित ३०४८ पौष ११ गतेदेखि २०४८ पौष १५ गते सम्म आयोजना गरिएको र कुल पित्रीहरुको संख्या ५९ जना जसमा खे ( पुरुष पित्री ३२ जना मा महिला पित्री २७ जना रहेको रेकर्ड रहेको छ । लगभग ३३ सालको अन्तरालपछि आजको दिनमा हामी दाजुभाइको संख्या ७० घरधुरी पुगेका छ । र आज गर्न गइरहेको पित्रीकार्य पै आघुृृमा जम्मा पित्रीको संख्या ८१ जना रहेको छ ।
जसमा खे पुरुष पित्री ४४ र महिला पित्री ३७ रहेको छ । आज २०४८ सालदेखि २०८१ सम्म लगभग ३३ बर्षको लामो अन्तराल पछि गर्न गइरहेको पित्रीकार्य आर्घु पै भव्य र सभ्य रुपमा सम्पन्न गर्न गइरहेको हुंदा सम्पुर्ण,ईष्टमित्र आफन्तजन महानुभावहरुलाई साथ सहयोगको लागी र्हार्दिक अनुरोध गर्दछौ । धन्यवाद ।
छ्याजलो, जै मुलवाशी मंगोल, जै कुल पित्री ।
नौ थुम तमु समाजको पृष्ठ भुमि
नेपालका पश्चिम भेगमा अवस्थित तमुहरु द्धारा तत्कालीन नौ थुम वा गाउँ मिलेर गठन गरिएको एउटा संस्था हो नौ थुम तमु समाज ।
यो संस्थामा स्याङजा, पर्वत र गुल्मीका केही गाउँहरु समावेश छ । नौ थुम भित्र (गुरुङ) तमुहरुको संस्था न्यायपालिकाको रुपमा पनि चिनिन्छ ।
यस समुदाय भित्र बढ्दो विवाह, ढोगभेट को संस्कार (छया) अनि घट्दोमा मृत्यु संस्कार र (पै) आर्घुंको संस्कार (छया) मा महत्वपूर्ण भुमिका छ । प्रत्येक (छया) संस्कार, संस्कृतमा नीति नियममा आफ्नै तरिकाले लेखा जोखा गरि नियन्त्रण गर्ने गरिन्छ ।
त्यस्तै तमु (गुरुङ) हरुको पितृ कार्य (पै) आर्घुं पनिको आफ्नै भुमिका छ । पै (आर्घु) को शुरुको दिन संस्थाको पदाधिकारीहरु र सम्पूर्ण सदस्यहरु उपस्थित हुन्छन ।
उक्त दिन दिन हेराउने कार्य गरिन्छ । त्यस दिन दाजुभाई, चेलिबेटी, भान्जाभान्जी, मावली, तक्राली, मुस्याती र खेगी पच्यु, क्याप्री उपस्थित भइ म्होसी त्हें शुरु गरिन्छ । त्यस बखत अर्घुंको दिन हुने कार्यक्रमको बारेमा संस्कार र नीतिनियम विपरित काम नगर्न संस्थाले सुझाव दिने गर्दछ । (पै) अर्घुंमा नौ थुमले राखेको नियमको पालना गर्ने र नियम विपरित काम गर्छ या गर्दैन सबै रेखदेखको जिम्मा पनि नौ थुमका सदस्यहरुले लिने गर्दछ र नैतिक भौतिक रुपमा पै (अर्घुं) मा जरुरत वा सक्दो सहयोग पनि यो संस्थाले गर्ने गर्दछ । शुरु देखि अन्तिम दिन सम्मको गतिविधीबारे नौथुमको भेलाको दिनमा लेखाजोखाबारे छलफल गर्ने गर्दछ । त्यस्तै प्रकार राम्रो गरेको भए धन्यवाद नराम्रो गरेको भए दण्डीत समत गरेको हुन्छ । नौ थुम तमु समाजको भुमिकाको पनि अर्घुं (पै) गर्ने दाजुभाई द्धारा धन्यवाद दिने गरिन्छ ।
Don't forget to like, share & subscribe our channel ..
"Tagaaro Entertainment is a dynamic media company dedicated to producing innovative and engaging content across various platforms."
TAGAARO ENTERTAINMENT Is All About | CULTURE RELATED VIDEOS | PROGRAM DANCE VIDEOS | LIVE CONCERT| LIVE PROGRAM | ORGINALS/COVERS VIDEOS | GAME VIDEOS | ADVERTISEMENT | DOCUMENTRY And Many More...
To stay updated please CLICK HERE to SUBSCRIBE: / @tagaaroentertainment3584
Plz. Feel Free To Join Our Channel & If You Have Anything To Say Abt Our CHANNEL Please Let Us Know.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: