Barpak Gorkha || Documentry || Barpak sulikot Rm gorkha
Автор: Street Nepal
Загружено: 2023-08-07
Просмотров: 18447
२०७२ सालको भूकम्प अघि र पछिको बारपाक ||
०७२ वैशाख १२ गतेको भूकम्पले बारपाकको मौलिक संरचना तहसनहस भयो।
बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले त्यहाँका काठ, ढुंगा र माटोले बनेको एकैनाशको घरहरू भत्किए।
भूकम्पको ८ वर्ष बितिसक्दा बारपाकले नयाँ स्वरूप पाएको छ। भूकम्पले गाउँको पुरानो सुन्दरता लुटे पनि संस्कृति र रहनसहन लुटेको छैन। बारपाक यतिबेला नयाँ स्वरूपमा बेहुलीजस्तै सुन्दर देखिएको छ।
बारपाकमा महा-भूकम्पको अध्ययन केन्द्र भूकम्प स्मृति पार्क निर्माण भएका छन्। वरिपरि हरियाली डाँडाकाँडा र बीचमा बाक्लो बस्तीले बारपाकको सुन्दरता फर्काएको भान हुन्छ।
बारपाक लाहुरेहरूको गाउँ हो। यहाँका युवा भारतीय र बेलायती सेनामा कार्यरत छन्। बुद्ध हिमालको काखमा रहेको यो गाउँ दुई हजार तीन सय मिटर उचाइमा छ। भिसी गजे घलेको गाउँ भएकोले पनि बारपाक लाहुरेहरूको गाउँले परिचित भयो। भिसी घले भिक्टोरिया क्रस पाउने पहिलो नेपाली हुन्।
बारपाकमा विकासका पूर्वाधारको विस्तार भइरहेका छन्। यहाँ २०४८ सालदेखि नै बिजुली छ। स्थानीय युवा वीरबहादुर घलेले स्थानीय खोलाबाटै बिजुली उत्पादन गरेर गाउँ झिलिमिली बनाएका थिए। कच्ची भने पनि बारपाकसम्म सडक पुगेको छ। घरघरै खानेपानीको पहुँच पुग्दै छ।
सुलिकोट गाउँपालिकाको १ र २ वडा समेटेको बारपाकमा पुनः पर्यटकीय गतिविधि बढ्न थालेको छ। होमस्टे र सुविधा सम्पन्न होटल लजहरू खुलेका छन्। दैनिक आन्तरिक र बाह्य पर्यकको संख्या बढिरहेको छ।
निर्देशन
नवीनबाबु गुरुङ
लेखन
सविना श्रेष्ठ
स्वरांकन
अनिता गुरुङ्ग
छायांकन तथा सम्पादन
नवीनबाबु गुरुङ
निर्माण
स्ट्रिटनेपाल प्राली
विषेश धन्यवाद
विष्णुप्रसाद भट्ट
अध्यक्ष , बारपाक सुलिकोट गाउँपालिका
तुल्सिराम आचार्य
प्रमुख प्रशासकीय अधिकृत
धन बहादुर घले
अध्यक्ष वडा १
पुर्ण बहादुर गुरुङ
अध्यक्ष ,वडा २
गंगा बहादुर घले
लेखापाल,बारपाक सुलिकोट गाउँपालिका
जित कुमारी घले
वडा सचिव १ र २
सुकराज गुरुङ
बारपाक मित्रता समाज
ट्राभल हेम
किशोर राना
झलक भ्ल्ग
र
सम्पूर्ण बरपाकबासी
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: