श्रीगणेश स्तुति (Shree Ganesh Stuti) | New Nepali Cinematic Bhajan | Niranjan Adhikari
Автор: Niranjan Adhikari
Загружено: 2026-01-13
Просмотров: 169
ॐ गं गणपतये नमः 🙏
भगवान श्री गणेशको चरणमा समर्पित मेरो नयाँ रचना "श्रीगणेश स्तुति" यहाँहरू माझ प्रस्तुत गर्दैछु। यो केवल एक गीत मात्र होइन, विघ्नहर्ता भगवान गणेशप्रतिको मेरो भक्तिभाव र आस्थाको अभिव्यक्ति हो।
#newnepalisong #nepalipoetry #aimusic यस पटक, मैले परम्परागत शब्द रचनालाई आधुनिक प्रविधि (AI Music) सँग जोडेर एक भव्य (Cinematic) र आध्यात्मिक अनुभव दिने प्रयास गरेको छु।
"हे जय गणनायक" बाट सुरु हुने यो स्तुतिले यहाँहरूको मनमा शान्ति र सकारात्मक ऊर्जा भर्नेछ भन्ने आशा लिएको छु।
यदि यो भजनले यहाँहरूको मन छोयो भने कृपया भिडियोलाई Like, Share र Comment गर्न नभुल्नुहोला।
🎶 Audio Credits:
• शब्द / रचना (Lyrics/Composition): निरन्जन अधिकारी (Niranjan Adhikari)
• संगीत (Music): AI Composition (Epic Cinematic Style)
📌 Connect with me:
• YouTube: @Npadhikari1
📜 Lyrics (शब्द रचना)
हे जय गणनायक ! हे निर्विघ्नकारी !
हे गजानन, हे प्रभू ! हे विघ्नविनाशक !
हे एकदन्त !, हे लम्बोदर ! हे शुभकर्ता !
हे सिद्धिविनायक ! हे बुद्धिका दाता !
हे सकल जगतका, प्रथम पूज्य देवता !
गजमुख तिम्रो छ प्रभो, अति तेजस्वी,
विशाल कानले सुन्छौ, सबैको पुकार,
सूँड लामो त्यो तिम्रो, बर्सन्छ कृपाधारा,
मुसक तिम्रो साथी सानो वाहन प्यारो।
चारै भुजामा तिम्रो प्रभु जीवनका पाठ,
अंकुशले—मनमा लगाउनु भन्छ लगाम,
पाश त्यो—मोहमाया बन्धन काट्ने डोरी,
मोदक—साधनाको दिन्छ मीठो मिठास,
वरदमुद्रामा छ—निर्भयताको अभयदान।
तिम्रो छायाँमा बस्छिन् सधैं,
ऋृद्धि-सिद्धि शुभकामिनी,
हातमा मोदक शोभा दिन्छ सदा,
आनन्द बर्साउँछ अमृत रश्मी।
शिरमा तिम्रो, झल्किन्छ चन्द्र
छरेर ज्ञानको, शीतल प्रकाश।
विघ्नहरू भाग्छन्, टाढाटाढा,
जब पर्छ तिम्रो, करुणा दृष्टि।
जय जय गणपति ! जय जय जय गणपति !
जय जय जय जय जय गणपति !
जय जय जय जय जय हे विनायक !
हे हेरम्ब ! हे वक्रतुण्ड ! हे महाकाय !
हे शुभ–लाभदाता ! हे दयामय !
हे बुद्धिको दीप ! हे विवेकका स्वामी !
हे मंगलकर्ता ! हे सर्वसाक्षी !
आरम्भ हौ तिमी, अन्त्य तिमी हौ,
तिमी नै प्रत्येक त्यो कर्मको द्वार,
तिम्रो नामले नै खुल्छ जीवन,
तिम्रो स्मरणले टर्छ अन्धकार।
जय जय गणपति...
जय जय हे विनायक...
#ShreeGaneshStuti #NiranjanAdhikari #NepaliBhajan #GaneshBhajan #NewNepaliSong #DevotionalSong #Spiritual #GanapatiBappaMorya #CinematicMusic #SanoPaila #NepaliPoetry #niranjanadhikari #nepalisong #nepaliliterature
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: