माता त्रिपुरा सुन्दरीको ईतिहास History of Mata Tiripurasundari
Автор: Hausiya Tv
Загружено: 2024-12-13
Просмотров: 179
नेपाल एक सुन्दर मुलुक हो ।जहाँ विभिन्न सास्कृतिक ,धार्मीक ,ऐतिहासिक तथा प्राकृतिक सम्पदा रहेका छन्।जस मध्ये वैतडी जिल्लामा अवस्थित माता त्रिपुरासुन्दरीको मन्दिर पनि एक धार्मिक आस्थाको केन्द्र हो ।यहाँको सुन्दरताले सवैको मन आफुतिर आकर्षित गरेकै हुन्छ।यति मात्रै नभएर हिन्दु धर्मालम्वीहरुको पुजनिय धाम पनि हो ।नेपालका 100 राष्ट्रय सम्पदा भित्र पर्ने माता रणशैनि तथा त्रिपुरासुन्दरीको दिव्यधाम@MaaTirpurasundari
#nepal
#nationalheritage
#heritage
#tirpurasundar
#matarani
#baitadi
#shakti
#durgapuja
#matabhagwati
#maa
श्री त्रिपुरासुन्दरी भगवती मन्दिर सन्क्षिप्त चिनारी
श्री त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ८ पुजारागाऊमा अवस्थित छ ।माता त्रिपुरासुन्दरी भगवतीको मन्दिर नेपालको सुदुरपश्चिमको एक प्रख्यात मन्दिर हो । सुदूरपश्चिम प्रदेशकै प्रमुख सात देवीहरु मध्ये एक त्रिपुरासुन्दरी मन्दिर जिल्ला सदरमुकाम बैतडीदेखि पश्चिम ४ कि.मी.काे दुरीमा पर्दछ । उक्त मन्दिर देशको सय पर्यटकीय गन्तब्य स्थलको सुचिमा रहेको छ । यो मन्दिर बैतडी जिल्लाको प्रमुख धार्मिक स्थल भएकाले यहाँ नेपाल भरिका साथसाथै छिमेकी देश भारतको उत्तराखण्ड राज्य, पिथौरागढ जिल्लाबाट समेत भक्तजनहरूको घुँइचो हुने गर्दछ । यहाँ दर्शन गरेपछि मनले सोचेको पूरा हुने, सुख शान्ति प्राप्त हुने जन विश्वास रहि आएको छ । त्रिपुरासुन्दरी मन्दिर अदभुत वास्तुकलाको लागि परिचित छ। मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ र रातो रंगको संगमरमरको टाइलले सजाइएको छ। छाना ताम्रपत्रले छाईएकाे छ । रातो रंग देवी दुर्गाको प्रतीक पनि मानिन्छ जुन आदि पराशक्ति, युद्धकी देवी, आशाको प्रतीकको रूपमा समेत चिनिन्छ।उत्तर दक्षिण भएर करिब ३०० मिटर लामो र ३० मिटर जति चौडा भएको चाैरको मध्य भागमा त्रिपुरासुन्दरी मन्दिर अवस्थित रहेको छ। सधै हरियाली रहने उक्त मन्दिरको परिसरमा विभिन्न खालका मूर्ति राखिएका छन् भने मन्दिर वरपर भक्तजनहरूले आ-आफ्नो अभिष्ट सिद्धिका लागि घण्टीहरू चढाएको देखिन्छ। मन्दिर प्राङ्गणमा विशाल ऐतिहासिक काठे झुला (हिङलाे) राखिएको छ।
त्रिपुरासुन्दरीको उत्पत्ति प्रादुर्भाव कसरी भयो भन्ने किंवदन्ती अनुसार दक्ष प्रजापतिबाट गरिएको अपमान सहन नसकेर सतीदेवीले यज्ञकुण्डमा देहत्याग गरेपछि भगवान् शिवले उनको शरीर बोकेर उत्तराखण्डका अनेक उच्च पर्वतहरूमा भौंतारिने क्रममा सतीदेवीका अंग पतन हुँदै जान थाले। उनका अंग जहाँ जहाँ पतन भए त्यहीँ त्यहीँ शक्तिपीठ स्थापना हुन थाले। त्रिपुरासुन्दरी मन्दिर भएको ठाउँमा पनि कुनै अंग विशेष पतन भएको मानिन्छ। त्रिपुरासुन्दरीलाई रणसैनी पनि भनिन्छ। पौराणिक कथा अनुसार देवासुर संग्राममा भगवती दुर्गाले देवताहरूको पक्ष लिएकी र उक्त संग्राममा देवता विजयी भएको प्रसङ्ग अनुसार रणमा सैन्यको काम गरेकीले उक्त भगवतीको नाम रणसैन्याबाट अपभ्रंश भई बैतडेली भाषामा ‘रणसैनी’ हुन गएको मानिन्छ।
अर्को जनश्रुति अनुसार त्रिपुरासुन्दरीको उत्पत्तिलाई लिएर ऐतिहासिक कालमा भारतकाे कुमाउँ चम्पावतका क्षत्रिय जातका मौनी हालको त्रिपुरा सुन्दरी मन्दिर वरपर आएर बसोबास गर्न थाले। नयाँ बस्ती भएकोले उक्त जमीनमा आशातीत उब्जाउ नभएका कारण पटक-पटक बाहिरबाट खाद्यान्न आपूर्ति गर्नु पर्दथ्यो। यसै क्रममा सारङ्ग नाम गरेका एकजना मौनी अन्नको खोजीमा बैतडीको अर्को क्षेत्र तल्लो सोराड तिर लागे। रोडीदेवल भन्ने गाउँमा पुगी एक रैण्या जौ किनी भारी बोकेर घरतर्फ फर्के। फर्कने क्रममा बाटोमा (अहिले मन्दिर भएको क्षेत्र)दिसा लागेछ।भारी बिसाएर दिसा गरिसकेर पुनः भारी बोक्नै लाग्दा ‘तिमी अशुद्ध छौ, तल नजिकै मालुको झील निर पानी छ, शुद्ध भएर आउ ,भन्ने आकाशवाणी भयाे । त्यहाँ अन्य बेला पानीको निकै समस्या हुने ठाउँमा त्यस दिन भने साँच्चिकै पानी भेटिएछ। मौनी आफु शुद्ध भएर फेरी भारी उठाउन खोज्दा ‘तिमी मलाई यहीँ छाडेर घर जाऊ' गाउँका मुखिया र गाउँले सबै जनालाई यहाँ बोलाएर ल्याऊ, तिम्रो घरमा अन्नका भकारी अन्नले भरी भराऊ छन , गोठमा गाई ब्याएको छ ' भनेर फेरि अर्को आकाशवाणी भयो । यति टाढा बाट बोकेर ल्याएको अन्न घर नजिक पुगेको अवस्थामा छोडेर जानु पर्दा साह्रै निरास भएर रित्तो हात घर पुगे। रित्तै घर आएको देख्दा उनकी पत्नी ले किन रित्तो हात आउनु भएको भनि प्रश्न गर्दा , गोठमा गएर हेर त भनि श्रीमतीलाई भनेर आफु भित्र अनाज राख्ने भकारी हेर्न जाँदा भकारी अनाजले भरिएको र गोठमा बाँझो गाई ब्याएको देख्दा खुसीको सिमा नै रहेन। सो घटना बारे गाउँका मुखिया सहित सबै जनालाई सविस्तार सुनाए र भारी छोडेको ठाउँ तिर जाऊँ भन्दा गाउँलेले कुनै प्रेतात्मा हुनसक्ने ठानेर वास्तै गरेनन् । मौनी पुनः आफुले भारी छोडेर गएको स्थानमा गएर कोई पनि आउन मानेनन समेत भन्न नपाउँदै भारीवाट ‘तिमी एक पटक फेरि पनि मुखिया र गाउँलेलाई सम्झाऊ, त्यसपछि पनि नआएमा म उसलाई दण्ड दिन्छु।’ भनेर आकाशवाणी भयो । तर पनि मुखिया गाउँले कोई गएनन् र सजाय स्वरूप मुखियाका २२ वटा भैंसी र एक राँगो नजिकैको भिरबाट लडेर मरे । त्यस्तो दुर्दशा भोगेपछि भने मुखिया र गाउँले हस्याङफस्याङ गर्दै क्षमा माग्न भारी बिसाएको ठाउँमा गइ जौ को भारी समक्ष क्षमा मागे । मौनीले बोकेर ल्याएको जौको भारी खोलेर हेर्दा त्यसमा भगवतीको मूर्ति भेटियो । बैतडेली भाषामा पाँच पाथीको परिमाणलाई रैण्या भनिन्छ भने पाँच पाथी जौको भारीमा लुकेर अर्थात् सुतेर आएकीले त्रिपुरासुन्दरीको नाम रैणसयनी वा रणसैनी रहन गएको हो भन्ने जन विश्वास छ। जौ को भारी शिलामा परिणत भएको स्थानमा मन्दिर निर्माण गरिएको छ भने भगवतीको वास्तविक मूर्ति भण्डारमा (भणारमा) राखिन्छ।
भिडियो :श्री महेश चन्द ज्यू
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: