Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

गुवाहाटी : असममा कामी, दमाई र सार्कीलाई अनुसूचित जातिमा सूचीकृत गर्न माग दोहोर्याए

Автор: Veer Gorkha Web TV

Загружено: 2025-11-25

Просмотров: 1794

Описание:

गुवाहाटी, असम : असमका गोर्खा समुदायका कामी, दमाई र सार्की जातिलाई अनुसूचित जाति (SC) मान्यता दिनुपर्ने दशकौंदेखिको माग पुनः बलियो रूपमा उठेको छ। आज यस सरकारको असम विधानसभा को अंतिम शीतकालीन अधिवेशनको पहिलो दिन, अखिल असम गोर्खा अनुसूचित जाति माग समिति (AAGSCDC) ले पुनः असम सरकारले संविधानिक न्याय दिलाउन कदम चाल्न आग्रह गर्दै औपचारिक रूपमा ज्ञापनपत्र बुझाएको छ। समितिले भारतीया कामी उन्नयन परिषद (BKUP), अखिल असम गोर्खा विश्वकर्मा समाज, अखिल असम गोर्खा दमाई समाज र अखिल असम गोर्खा सार्की समाज लगायत चार प्रमुख जातीय संगठनहरूको संयुक्त पहलमा यो नयाँ ज्ञापनपत्र पुनः बुझाइएको जनाएको छ।

अखिल असम गोर्खा एससी माग समितिका अध्यक्ष चनबीर सोनारले सशाल VIP रोडस्थित धरना स्थलबाट भने,
“भारतीय संविधानको धारा ३४१(२) अनुसार सन् १९५६ मा कामी, दमाई र सार्की समुदायलाई अनुसूचित जातिका रूपमा मान्यता दिइएको थियो। आज पनि पश्चिम बंगाल र सिक्किममा उनीहरू अनुसूचित जातिमा सूचीबद्ध छन। तर असममा भने उनीहरू आजसम्म सूचीकृत हुन सकेका छैनन, जसका कारण उनीहरू सात दशकभन्दा बढी समयदेखि संवैधानिक र सामाजिक रूपमा पछाडि परेका छन।”

उनका अनुसार, यस अस्वीकारले पुस्तौँदेखि समुदायलाई छेकिएको छ र उनीहरू आज पनि “दोस्रो दर्जाका नागरिक” जस्तै व्यवहारको सामना गर्दै आएका छन।

भारतीय कामी उन्नयन परिषद, असम राज्य समितिका उपाध्यक्ष गोबिन विश्वकर्माले भने, “यो माग नयाँ होइन। पहिलो ज्ञापनपत्र हामीले २०२१ मा तत्कालिन मुख्यमन्त्री श्री सर्बानन्द सोनोवाललाई बुझाएका थियौँ। त्यसपछि वर्तमान सरकार बनेपछि, २१ मार्च २०२२ मा फेरि विस्तृत ज्ञापनपत्र वर्तमान मुख्यमन्त्री डा. हेमन्त बिस्वा शर्मालाई बुझाइयो, जसलाई पछि जनजाति कल्याण विभागमा पठाइएको थियो।” उनका अनुसार राज्य र केन्द्रमा पटक–पटक माग राखिए पनि आजसम्म कुनै ठोस निर्णय भएको छैन।

समितिका महासचिव कृष्ण सुन्दासले दुःख व्यक्त गर्दै भने,
“अन्य ऐतिहासिक रूपमा उत्पीडित समुदायहरू संविधानिक सुरक्षा पाएपछि विभिन्न क्षेत्रमा प्रगति गरिरहेका छन्, तर कामी, दमाई र सार्की गोर्खा समुदाय असममा अझै पनि पछाडि छोडिएको छ।”

सुन्दासले सरकारलाई ऐतिहासिक अन्याय सुधार्न, संविधानको धारा ३४१(२) अन्तर्गत पहिले नै गरिएको सूचीकरण मान्यता दिन र अन्य विलम्ब नगरी अनुसूचित जातिको मान्यता दिने प्रक्रिया अगाडि बढाउन अपील गरे।

ई संस्थाका नेतृत्वहरूका अनुसार अनुसूचित जातिको मान्यतामा प्राप्त अधिकारले हजारौँ कामी, दमाई र सार्की समुदायका सदस्यहरूले सौहार्दपूर्ण जीवन, समान अवसर, सम्मान र विकासको बाटो पाउनेछन।

यस मागलाई भारतीय गोर्खा परिसंघ (BGP) ले पूर्ण समर्थन जनाउँदै निरन्तर सहयोग जारी राख्ने घोषणा गरेको छ। उक्त कार्यक्रमको समर्थन स्वरूप भा गो प असम राज्य समितिका अध्यक्ष अमर अधिकारी र महासचिव नन्द किराती देवान पनि उपस्थित भएर समर्थन घोसना गरे। समितिको तर्फ बाट भारतीय संविधानको प्रति दिएर सम्मान जनाए। त्यस्तै, अखिल असम गोर्खा विद्यार्थी संघ (AAGSU) का सभापति सुनिल छेत्री, असम गोर्खा सम्मेलनका उप सभापति दिलू शर्मा लगायतका समुदाय नेतृत्वधारीहरू पनि उपस्थित रहे। गोर्खा स्वायत्त परिषद् माग समितिका अध्यक्ष हर्क बहादुर छेत्रीले सामाजिक सञ्जालमार्फत समर्थन जनाएका थिए। मंगलबारको प्रदर्शनमा कामी, दमाई र सार्की समुदायका पाँच सयभन्दा बढी मानिसहरू लोकतान्त्रिक तरिकाले आफ्नो माग राख्न गुवाहाटीमा भेला भएका थिए।

गुवाहाटी : असममा कामी, दमाई र सार्कीलाई अनुसूचित जातिमा सूचीकृत गर्न माग दोहोर्याए

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

ओली-खल्तीमा एमाले सूचि ? नख्खुमा रवी, मैदानमा कुलमान । POWER NEWS ।

ओली-खल्तीमा एमाले सूचि ? नख्खुमा रवी, मैदानमा कुलमान । POWER NEWS ।

Issak Taari -

Issak Taari - "I" 2015 South Dubbed Full Movie With English Subtitle - Vikram, Amy Jackson - 4K

Arunachal Rubber Man Ojing Aje: The Pioneer Who Sparked Arunachal’s Rubber Farming Movement

Arunachal Rubber Man Ojing Aje: The Pioneer Who Sparked Arunachal’s Rubber Farming Movement

ब्रिगेडियर प्रयोग सुब्बा की अगुवाई में भारत-ब्रिटेन की सेनाओं संयुक्त सैन्य अभ्यास ‘अजेय वॉरियर-25’

ब्रिगेडियर प्रयोग सुब्बा की अगुवाई में भारत-ब्रिटेन की सेनाओं संयुक्त सैन्य अभ्यास ‘अजेय वॉरियर-25’

खलंगा मेला : देखिए समृद्ध गोर्खाली समुदाय के ऐतिहासिक परम्परा-उत्साह का अद्भुत समागम वाला अनुभव

खलंगा मेला : देखिए समृद्ध गोर्खाली समुदाय के ऐतिहासिक परम्परा-उत्साह का अद्भुत समागम वाला अनुभव

The Full Story of Bodoland | Bodoland Issue Explained | Why a Separate Identity in Assam?

The Full Story of Bodoland | Bodoland Issue Explained | Why a Separate Identity in Assam?

हम गोरखा हैं, नेपाली नहीं । हामी गोर्खा हौं, नेपाली होइनौं । -भारतीय गोरखा

हम गोरखा हैं, नेपाली नहीं । हामी गोर्खा हौं, नेपाली होइनौं । -भारतीय गोरखा

20 बर्षे सुन्दरी बोलेरो ड्राइभर भिरको टुप्पोमा,lady king on the hill chheki Sherpa

20 बर्षे सुन्दरी बोलेरो ड्राइभर भिरको टुप्पोमा,lady king on the hill chheki Sherpa

Russia Reviews US Peace Proposals After Moscow Talks

Russia Reviews US Peace Proposals After Moscow Talks

देहरादून के 5/9 GORKHA RIFLES परिवार ने धूमधाम से मनाया PHILLORA BATTLE HONOUR DAY, देखिए VIDEO खबर

देहरादून के 5/9 GORKHA RIFLES परिवार ने धूमधाम से मनाया PHILLORA BATTLE HONOUR DAY, देखिए VIDEO खबर

नेपाली चेलिको Bangladesh मा यस्तो घर Bhagya Neupane Bangladesh Tour Part-2

नेपाली चेलिको Bangladesh मा यस्तो घर Bhagya Neupane Bangladesh Tour Part-2

Assam के Nellie में Violence क्यों हुआ? Tewary Commission Report | Himanta Biswa on Bangladeshis

Assam के Nellie में Violence क्यों हुआ? Tewary Commission Report | Himanta Biswa on Bangladeshis

सुमनाले खुलाईन रबि छोड्नुको कारण - भन्छिन कुलमान रबि र बालेन एक बनाउछु गरिन कुलमानको पार्टी प्रवेश

सुमनाले खुलाईन रबि छोड्नुको कारण - भन्छिन कुलमान रबि र बालेन एक बनाउछु गरिन कुलमानको पार्टी प्रवेश

देहरादून : श्रीकृष्णामृत प्रबोधिनी नेपाली श्लोकानुवाद श्रीमद्भगवत् गीता पुस्तक का सामूहिक गीता वाचन

देहरादून : श्रीकृष्णामृत प्रबोधिनी नेपाली श्लोकानुवाद श्रीमद्भगवत् गीता पुस्तक का सामूहिक गीता वाचन

„Chiny przegrają ten wyścig. Ale stworzymy latające samochody” | Hyuang Yu

„Chiny przegrają ten wyścig. Ale stworzymy latające samochody” | Hyuang Yu

КРЕМЛЬ ОГРАБИЛИ! Европа ОТДАЕТ МИЛЛИАРДЫ УКРАИНЕ! У Набиуллиной ШОК — Денег БОЛЬШЕ НЕТ!

КРЕМЛЬ ОГРАБИЛИ! Европа ОТДАЕТ МИЛЛИАРДЫ УКРАИНЕ! У Набиуллиной ШОК — Денег БОЛЬШЕ НЕТ!

Nagaland Separate Country Demand Explained: ENPO vs NSCN-IM Full Details 2025 Update | Anjali mam

Nagaland Separate Country Demand Explained: ENPO vs NSCN-IM Full Details 2025 Update | Anjali mam

⚡

⚡ "КРАСНАЯ ЛИНИЯ" Украины и ЕС не сломлена! Территории НЕ ОТДАДУТ!

⚡ Радикальное РЕШЕНИЕ! Брюссель должен отдать Украине активы РФ

⚡ Радикальное РЕШЕНИЕ! Брюссель должен отдать Украине активы РФ

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | live nepali news update

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | live nepali news update

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]