सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आयोजनामा योग विज्ञान शिविर सम्पन्न | DIG GANESH CHAND
Автор: Sudurpaschim Province Police
Загружено: 2025-02-28
Просмотров: 96
आज मिति २०८१/११/१६ गते बिहान ०६:०० बजे देखि ०८:०० सम्म धनगढी, कैलालीको हलमा योग विज्ञान शिविर आयोजना गरिएको थियो । पुर्व प्रहरी अतिरिक्त महानरीक्षक रामदत्त जोशी ज्यूको संयोजनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी द्वारा आयोजित पतञ्जलि योगपिठ नेपालका प्रशिक्षक पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रिय प्रभारी लवदेव मिश्रज्यूको योग प्रशिक्षक समुह द्वारा योग सम्वन्धि प्रशिक्षण प्रदान गरिएको थियो ।
उक्त योग शिविरमा यस सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दज्यू, प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लज्यू, प्रहरी उपरीक्षक नवराज कार्कीज्यू लगायत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र अन्तरगतमा कार्यरत सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: