मध्यमार्गका कारण फैलिरहेको बौद्ध दर्शन
Автор: Binu Pokhrel
Загружено: 2025-04-19
Просмотров: 16890
GUEST: Prof.Dr Surendraman Bajracharya
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
भिडियो भित्र :
प्रियजन नमस्कार
दर्शन श्रृङ्खला हेर्ने क्रममा आज हामी बौद्ध दर्शनमा आइपुगेका छौं । जीवनलाई त्याग गरेर चलाउ, मैले जे गरें त्यो मेरै कर्मको आधारमा तय भएको हो, ईश्वरतत्व छ जसका कारण यो ब्रह्माण्ड चलेकोछ, सिंङ्गै पृथ्वी एक घर हो, र हरेक जीव ईश्वरको अंश हो जस्तो दर्शनमा भएको वेदको व्याख्यामा समाज चलिरहेको बेला त्यो बेला गरिने यज्ञ, मुर्ति पूजाको विरोध र भगवान् छन् भन्ने प्रश्न नै नगर्न भन्दै जन्म भएको थियो बौद्ध, जैन र चारवारक दर्शन । जसलाई नास्तिक दर्शन पनि भनिन्छ ।
तर आजसम्म आइपुग्दा आज बुद्ध स्वयंलाई मान्छे भगवान्को रुपमा मान्छन्, बुद्धकै मुर्ति आज संसारमा सबैभन्दा धेरै विक्रि हुन्छ भने जैन पनि फरक ठाउँमा देखिदैन । तर चारवाक दर्शन भने विल्कुलै फरक या पुर्णतया नास्तिक भएकाले होला उसैगरी आउन सकेन । हुनत युवा जगत् आफुलाई चारवाक वादी मान्न्ुहुन्छ तर चारवाक व्याख्याकार यतिबेला हुनुहुथ्यो भने आजको विज्ञानले प्रमाणित गरेका अणु परमाणु मान्नुहुन्थेन, हाम्रो मन हुन्छ भनेर पनि मान्नुहुन्थेन । किनकि चारवाक दर्शन प्रतक्ष्य देखेका कुरा बाहेकका कुरालाई प्रमाण मान्नुहुन्न । परमाणु देखिदैन, मन देखिदैन ।
हो यिनै तीन दर्शन अब हामी हेर्न जादैछौं । जसमा यो इपिसोडमा हामी बौद्ध दर्शन हेरेका छौं ।
हामी सबै जानकार छौ कि बौद्ध दर्शन भगवान् बुद्धले प्रतिपादन गर्नुभएको थियो । गौतम बुद्ध आज भन्दा २५०० वर्ष अघि नेपालको लुम्विनीमा राज परिवारमा जन्मिनुभएको थियो । भनिएको छ ३५ वर्षको उमेरमा बोधी हुनुभएको बुद्ध त्यो पछि ४० वर्ष बाँच्नुभयो र बाँचुन्जेल पाएको ज्ञान बाँढेर विताउनुभयो ।
तर त्यो बेला बुद्धको उति चासो भएन जब बुद्धको महापरिनिर्माण भएको ३०० वर्ष कट्यो तब एउटा सम्मेलन भयो बुद्धमान्नेहरुको । जसको नाम थियो प्रथम सगिंती । जसले उनका बचनहरु संकलन ग¥यो र विनय पिटक र सुक्त पिटक नाम दिएर दुइृ पुस्तक तयार ग¥यो । फेरि बुद्धको जुन विचार थियो त्यो यसमा आएन भन्ने भयो र भारतको बैसालीमा बुद्धको मृत्यु भएको सय वर्षपछि फेरि अर्को समिती बस्यो । जसले अभिधम्म पिटक नामको अर्को पुस्तक तयार ग¥यो ।
तर त्यो बेलासम्म बुद्धका विचार मान्न्ेहरु दुई धारमा बाढिएका थिए । जसमा मुलभागको नाम थियो थेरवाद र दोस्रो बन्यो महासाघिक अभियान । आज हामीले सुन्ने हिनयान र महायान पनि यिनै दुई धार हुन् । हिनयान या सानो बाटो बुद्धको विचारसँग धेरै नजिक छ भने महायान बुद्धको विचारभन्दा धेरै ढाटा छ । हुँदा हुँदा आज बौद्ध सम्प्रदायको ३० भन्दा धेरै सम्प्रदाय छन् र शैव मार्गीहरुको त्रन्त्र देखि पचंमकार पनि आज बौद्ध सम्प्रदायमा चल्छ ।
जे होस् जसरी जन्मिएको थियो उस्तै नरहे पनि बौद्ध दर्शन आज संसारको चौथो ठूलो धर्मका रुपमा विकसित छ ।
तर नि बौद्ध दर्शनमा के ज्ञान छ र आज संसारमा यसको चर्चा छ ? अनि यस्तो ज्ञान भएका पुस्तक चै कुन् कुन् हुन् ? अहिंसाको कुरामा जोड दिने बौद्ध दर्शनमा कसरी परिर्वतन आयो ? जस्ता प्रश्नको जवाफ खोजेका छौं हामीले यस अंकमा ।
त्यसैले आउँनुस् आज त संसारकै नेतृत्व गरिरहेका, धनाड्य, अनि वैज्ञानिकहरु नै बौद्ध मार्गी हुँ भन्न रुचाउने तहको बनेको बौद्ध दर्शबारे सम्पुर्ण ज्ञान लिऔं ।
किनकि आज हामीलाई यो विषेश संवादमा लिएर जान आज हामीस्ँग हुनुहुन्छ लामो समय त्रिभुवन युनिर्भसिटीमा बौद्ध दर्शन प्राध्यापन गराउनुभएको प्रा डा सुरेन्द्र मान बज्रचार्य । जो लुम्बिनि युनिर्भसिटीको प्रागिक परिसद् सदस्य । जो लोटस रिसर्च सेन्टर या बौद्ध धर्म सम्बन्धि अध्ययन गर्ने शंस्थाको अध्यक्ष पनि हुनुहुन्छ ।
हुँ आतुर हुनुहुन्छ हैन बौद्ध दर्शन बुझ्न ? उसोभए ढिलो नगरी संवादमा जोडिनुस् न त ।
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 http://www.Binupokhrel.org
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 [email protected]
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: