विद्यार्थी किन सिक्न चाहँदैनन्?
Автор: Krishna EduRise Nepal
Загружено: 2025-11-26
Просмотров: 17
आजको समयमा धेरै विद्यार्थी सिक्न चाहँदैनन् भन्ने कुरा सामान्य जस्तै देखिए पनि, यसको पछाडि गहिरा कारणहरू लुकेका हुन्छन्। सिकाइमा रुचि घट्नु केवल विद्यार्थीको कमजोरी होइन, वातावरण, परिवार, विद्यालय, समाज र अहिलेको प्रविधिजन्य परिवेश सबैको प्रभाव हो।
पहिलो कुरा, सिकाइ रमाइलो नबनेपछि विद्यार्थीको मन त्यसतर्फ तानिँदैन। केवल सिदा–सहज तरिकाले पढाउने, पाठ्यपुस्तककै घेरोमा विद्यार्थीलाई थुन्ने गर्दा उनीहरूले सिकाइलाई बोझको रूपमा अनुभव गर्छन्।
अर्को महत्वपूर्ण कारण मोबाइल र डिजिटल विचलन हो। इन्टरनेटले मनोरञ्जनलाई तत्काल, छिटो र सजिलो बनाएपछि किताबका अक्षरहरू फिका देखिन थालेका छन्।
विद्यार्थीले सिकेको कुरा जीवनमा कहाँ प्रयोग हुन्छ? भन्ने स्पष्टता नपाउँदा सिक्ने चाहना घट्छ। जब ज्ञान उपयोगी देखिँदैन, उनीहरूले त्यसमा समय लगाउन चासो देखाउँदैनन्।
घरपरिवारले बारम्बार तुलना, दबाब र अपेक्षा राख्दा विद्यार्थीको आत्मबल कमजोर हुन्छ। निरन्तर आलोचना र दवाबले सिकाइमा रुचि मर्न जान्छ।
विद्यालयमा पनि कहिलेकाहीँ सहयोग, प्रोत्साहन र आत्मीयता कम हुन्छ, जसले विद्यार्थीलाई खुलेर सिक्न बाधा पुर्याउँछ। गल्ती गर्न नपाइने संस्कृति हुँदा उनीहरू प्रश्न गर्न डराउँछन्, अनि सिक्ने उत्साह हराउँछ।
त्यस्तै, रुचि अनुसार सिकाइको अवसर नहुनु, सबै विद्यार्थीलाई एउटै ढाँचामा बाँध्नु, अत्यधिक परीक्षामुखी शिक्षा, पारिवारिक आर्थिक तनाव, स्वास्थ्य समस्या, अनुशासनका चुनौती तथा सामाजिक दबाबहरू पनि सिकाइबाट विद्यार्थी टाढिनुको कारण बन्छन्।
अन्त्यमा, विद्यार्थी वास्तवमै सिक्न चाहँदैनन् भन्ने होइन, उनले सिक्न चाहन सक्ने वातावरण, विधि र प्रेरणा धेरै ठाउँमा कमजोर छ। सिकाइलाई जीवनसँग जोडिदिने, रमाइलो बनाइदिने, जिज्ञासा जगाइदिने र आत्मिय सहयोग प्रदान गर्ने हो भने उनीहरू स्वाभाविक रूपमा सिकाइतर्फ फर्कन्छन्।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: