Nepali Reels-23 | बर्मामा नेपाली जगाउने रक्की थापा - मान्छे मर्छ, किर्ति मर्दैन By Ramesh Khadka
Автор: Nepali Reels
Загружено: 2025-10-25
Просмотров: 553
रक्की थापालाई नजानेका मानिसहरु बर्मामा कमै छन् ।
बर्मामा रहेका लाखौं नेपालीहरुलाई गीत संगीतबाट जोड्न वहाँले ठूलो भूमिका खेल्नु भएको छ ।
गीतहरु गाउन र सिक्न वहाँ पटकपटक नेपाल पनि आउनु भयो ।
नेपाल, नेपाली भाषा र संस्कृतिको उन्नति र विकासमा रक्की थापाको लामो योगदानलाई बर्माका नेपालीहरु सँधै सँधै सम्झन्छन् ।
बर्मामा कति नेपालीहरु छन भनेर तथ्यांक निकाल्ने कार्य पनि सबैभन्दा पहिले वहाँले नै गर्नु भएको थियो ।
केही वर्षअघि वहाँको निधन भइसकेको छ । तर समाजलाई योगदान गरेका मानिसहरुको जीवन त्यत्तिकै सकिंदैन ।
रक्की थापाले रचना गरेका र गाएका गीतहरुले गर्दा वहाँलाई बर्माको समाजले मनमा राखिरहेको छ ।
बर्मा र बर्मामा रहेका नेपालीहरुको कुरा गर्दा रक्की थापा सँधै जोडिनुहुन्छ ।
बर्मामा रहेका नेपालीहरु नेपाललाई मुलूक भन्थे ।
बर्मामा उतारचढाव भएको बेला नेपाल सरकारको पहलमा धेरै नेपालीहरु फर्के । नेपाल फर्कन उहाँले गीत समेत बनाउनुभयो । तर वहाँ आफैलाइृ भने फर्कने संयोग मिलेन ।
नेपाल घुम्दा दोलखा चरिकोटमा घर भएको कुरा बताएपछि जिरीसम्म १० दिन हिंडेर गएको बेला रचना गरेको गीत पनि वहाँले सुनाउनुभयो ।
आङ सान सुकीले सुरु गरेको बर्माको प्रजातान्त्रिक आन्दोलनमा पनि वहाँ सहभागी हुनुभयो ।
विदेशमा पुगेका नेपालीहरुका कथा वहाँका गीतहरुमा भेट्टाईन्छन् ।
बर्माको कल भन्ने ठाउँमा बस्नुभएका रक्कीलाई केही वर्षअघि हामीले यसरी सुभकामना दिएका थियौं ।
तर ,नियतिले वहाँलाई हामीबाट टाढा लगेको छ ।
वहाँले नेपाली भाषा र संस्कृतिका लागि दिएको योगदान भने जीवितै छ ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: