सोध्ने आँट छैन
Автор: Nepali Christian Songs & Lyrics
Загружено: 2026-01-01
Просмотров: 6
हो हो हो
सोध्ने आँट छैन, कति गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नु भो
वाहाँ कलबारी को बाटो, धर्मराउँदै कतिचोटी लड्नुभो
सोध्ने आँट छैन, कति गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नु भो
वाहाँ कलबारी को बाटो, धर्मराउँदै कतिचोटी लड्नुभो
त्यो डाँडाको चर्को घाममा, एउटै कुरो माग्नु भो
सारै तिर्खा लाग्यो थोरै पानी देउ न
हेर घाँटी सुक्यो केही पिउन देउन
सारै तिर्खा लाग्यो थोरै पानी देउ न
हेर घाँटी सुक्यो केही पिउन देउन
आफ्नो सब पराया भए, साथीसंगी टाढा गए,
संगै साथै हिँड्नेहरु तपाईलाई नचिन्ने भए
आफ्नो सब पराया भए, साथीसंगी टाढा गए,
संगै साथै हिँड्नेहरु तपाईलाई नचिन्ने भए
जुन हातलाई रोटी दियौ, त्यै हातले ढुंगा हाने
जुन हातलाई रोटी दियौ, त्यै हातले ढुंगा हाने
र पनि भन्न छोडेनौ, माफै भो साथी तिमीलाई
मुख खोली बाचाँ तोडेनौं, मायाले हेरेऊ मलाई
र पनि भन्न छोडेनौ, माफै भो साथी तिमीलाई
मुख खोली बाचाँ तोडेनौं, मायाले हेरेऊ मलाई
झुक्दैछ यो शिर त्यो क्रुसको अघि, बग्दैछ हेर रगतको नदि
झुक्दैछ यो शिर त्यो क्रुसको अघि, बग्दैछ हेर रगतको नदि
पृथ्वी र स्वर्ग थर्काउदै चर्को आवाज गुञ्जीयो
पिता हेर्नु हवस् सबै पूरा भयो,
मैले जितेको छु, मृत्यू आरी गयो
पिता हेर्नु हवस् सबै पूरा भयो,
मैले जितेको छु, मृत्यू आरी गयो
हो हो हो
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: