बालसाहित्यकार शान्तदास मानन्धर - Shantadas Manandhar | Rambabu subedi | Suprim Malla | Children Song
Автор: Rambabu Subedi
Загружено: 2024-03-14
Просмотров: 20406
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू विद्यालयका कार्यक्रमहरू अत्याधिक रुचाएका छन् | ती बालगीतहरू विद्यालयमा गाइन्छन् , नचाइन्छन् । गीतकार रामबाबु सुवेदीले स्वर्गीय शान्तदासज्यू प्रति समर्पित गरि यो सिर्जना रचना गर्नुभएको हो ।
गीतः बालसाहित्यकार शान्तदास मानन्धर
गीतकार
रामबाबु सुवेदी
सङ्गीतकार / सङ्गीत संयोजक
सुविन सेन्चुरी
गायक
सुप्रिम मल्ल
कोरस गायन
रफेला महर्जन
सुप्रिमा थापा
आरभ कार्की
आरभ आचार्य
मिक्सिङ / माष्टरिङ
रवि सुनार
स्टुडियो
ओटु स्टुडियो, सामाखुसी, काठमाडौं
विशेष आभार
रामेश श्रेष्ठ : वरिष्ठ गायक तथा सङ्गीतकार
गौरी प्रधान : संस्थापक अध्यक्ष, सिविन नेपाल
भक्तराज भण्डारी : संस्थापक प्रिन्सिपल, एभरेष्ट इङ्लिस स्कूल, भक्तपुर
पवित्र बज्राचार्य :अध्यक्ष, नेवाःदेय् दबू, काठमाडौं
रानीशोभा महर्जन : प्रसिद्ध गायिका
केदार श्रेष्ठ : रङ्गकर्मी / फिल्ममेकर
भिडियो प्रायोजक
थानेश्वर गिरी
पार्वती क्षेत्री
भिडियो संयोजन
मचाराजा महर्जन : वडा अध्यक्ष, काठमाडौं महानगरपालिका, वडा नं.१३
नारायण महर्जन : अध्यक्ष, राराहिल मेमोरियल स्कूल, कीर्तिपुर
जगत महर्जन : प्रिन्सिपल, राराहिल मेमोरियल स्कूल, कीर्तिपुर
बालकलाकारहरू
डेनिशा महर्जन
सक्षम महर्जन
फ्लोरेन्स के.सी.
लिशा महर्जन
स्मृति श्रेष्ठ
करिना जी.सी.
जीबिका क्षेत्री
रचना के.सी.
सुवृती सुवेदी
रिमिशा सुनुवार
बिनिशा भुसाल
शर्मिला के.सी.
अम्बिका खड्का
प्रसंशा लामा
एन्जिला पाण्डे
सफल महर्जन
बिराज यादब
सोमराज सिंह
आयान पन्थ
निर्माता
रामबाबु सुवेदी
निर्देशक
आचार्य गोपाल
कोरियोग्राफर
सृष्टिकला बज्राचार्य
छायाङ्कन / सम्पादन
दिवश धिताल
ड्रोन
टार्जन लिम्बू
क्यामरा सहायक
सुदीप नेपाल
सहायक निर्देशक
आशुका अर्याल
दृश्य निर्माण
दृश्य – लय सिनेमा प्रा.लि.
पोस्ट प्रडक्सन
वन्डेड लायोन प्रडकसन प्रा.लि.
विशेष धन्यवाद
ज्योति महर्जन : एकाउन्टेन्ट, राराहिल मेमोरियल स्कूल, कीर्तिपुर
स्वेता श्रेष्ठ :आर्ट शिक्षिका, राराहिल मेमोरियल स्कूल, कीर्तिपुर
मथुरा महर्जन : सङ्गीत शिक्षक, राराहिल मेमोरियल स्कूल, कीर्तिपुर
सुनील महर्जन : शिक्षक, राराहिल मेमोरियल स्कूल, कीर्तिपुर
तारा बानियाँ : शिक्षिका, राराहिल मेमोरियल स्कूल, कीर्तिपुर
सम्पूर्ण राराहिल मेमोरियल स्कूल परिवार
कृतज्ञता
सुनीलकुमार पौड्याल : अध्यक्ष, देवकोटा – लु सुन प्रज्ञाप्रतिष्ठान, काठमाडौं
कृष्णप्रसाद प्रसाईं : कोषाध्यक्ष, देवकोटा – लु सुन प्रज्ञाप्रतिष्ठान, काठमाडौं
रामचन्द्र तिमोथी : अध्यक्ष, एकता प्रकाशन, थापाथली, काठमाडौं
सुनीता अमात्य : सिइओ, कथालय इङ्क, काठमाडौं
आभार
नेपाल बालसाहित्य समाज
बालवाङ्मय तथा अनुसन्धान केन्द्र, काठमाडौं
सिविन नेपाल
बालसाहित्य प्रतिष्ठान, काठमाडौं, नेपाल
दिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, काठमाडौं
कथावाचक समाज, नेपाल
किताब – चरो, नेपाल
एभरेस्ट इङ्लिस स्कूल, भक्तपुर
जुगल स्कूल, ललितपुर
फ्युचरस्टार इङ्लिस स्कूल, काठमाडौं
धन्यवाद
अम्बिका मानन्धर
प्रणयराज मानन्धर
अरूण मानन्धर
रमण मानन्धर
विना महर्जन
दीपा मानन्धर
रामकृष्ण डंगोल
रूपा मानन्धर
पुष्पा मानन्धर
देवकुमार बराल
उजला मानन्धर
राजेश मानन्धर
विनयराज मानन्धर
जुनु मानन्धर
अणु मानन्धर
सर्वाधिकार (Copyrights) © रामबाबु सुवेदी २०२४
------------------------------------------------------------------------------------------------------
गीतकार रामबाबु सुवेदीको परिचय :
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
#RambabuSubedi #SuprimMalla #AcharyaGopal #SubinCentury
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: